सीटीईभीटीद्धारा नर्सिङ, एचए र फार्मेसीको बढाएको शुल्क फिर्ता

स्वास्थ्यसमाचार/प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसीको बढाएको अध्ययन शुल्क लागु नगर्ने भएको छ ।

परिषद्ले सरोकारवालाहरुसँगको छलफलपछि मात्र शुल्क समायोजन गर्ने निर्णय भएकाले हाललाई शुल्क समायोजन सम्बन्धी यस अघिको निर्णय स्थगित गरिएको सीटीईभीटीले सूचना निकालेर जानकारी दिएको छ ।

सीटीईभीटी शुल्क वृद्धि गरेपछि विद्यार्थी संगठनहरुले विरोध गरेका थिए ।सीटीईभीटीले असार २९ गते ९गत शुक्रबार सूचना प्रकाशित गरि नर्सिङ तर्फ एक लाख ४९ हजार २३० रुपैँया, एचए तर्फ १ लाख १९ हजार रुपैयाँ र फार्मेसी तर्फ साढे ८६ हजार रुपैयाँ बढेको जानकारी दिएको थियो ।

नयाँ शुल्क अनुसार तीन वर्षे प्रमाणपत्र तह नर्सिङका लागि अब ६ लाख २४ हजार २ सय ३० रुपैयाँ शुल्क तोकिएको थियो ।अन्य कार्यक्रमका लागि शैक्षिक सत्र २०७१ र७२ मा तोकिएकै अधिकतम शुल्कनै कायम गरिएको सीटीईभीटीले यसअघिनै जारी गरेको सूचनामा उल्लेख गरेको थियो ।

यसैबीच चिकित्सा शिक्षा आयोगले सीटीईभीटीलाई प्रमाणपत्र तहका स्वास्थ्य तर्फका भर्ना प्रक्रिया रोक्न पत्र काटेको थियो। आयोगले कलेजहरुको सिट निर्धारणदेखि नवीकरण लगायतका विषयमा निर्णय नै हुन बाँकी रहेको अवस्थामा भर्ना प्रक्रिया अगाडि बढाउन नमिल्ने भन्दै प्रकिया रोक्न पत्र पठाएको हो।

सम्बन्धित शिर्षक :