रिटायर्ड नर्स कमला बनिन रोटरी क्लब अफ बुटवल डाउन टाउनको अध्यक्ष

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालवाट रिटायर्ड भएको केहि महिनामा रोटरी क्लब अफ बुटवल डाउन टाउनको अध्यक्ष कमला हमालले निबाचित भएकी छन।

क्लबको २२ औ तथा दोस्रो महिला अध्यक्षका रुपमा वर्ष २०२३/२०२४ का नवनिर्वाचित अध्यक्ष कमला हमालले निर्बाचित भएकी हुन। लुम्बिनी प्रादेशिक अस्पतालमा ४ दशक लामो नर्स सेवा दिएकी उनी रुपन्देहीका सामाजिक संघसंस्थामा आवद्ध छिन् ।

बुधबार कार्यक्रमको एक समारोहका बीच रोटरी ईन्टरनेशनल ३२९२ का डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद ध्वजुले वर्ष २०२३/२०२४ का नवनिर्वाचित अध्यक्ष कमला हमाललाई पदस्थापन गराए ।

कार्यक्रमको उदघाटन गर्दै डिष्ट्रिक गभर्नर राजेन्द्रप्रसाद ध्वजुले रोटरीको मुलमन्त्र स्वार्थभन्दा माथि सेवाको भावनालाई सबै रोटरीयनहरुले पालना गर्न सुझाव दिए । विश्वबाट नै पोलियो उन्मुलन जस्तो महत्वपूर्ण अभियानमा सफल भएको रोटरीको गौरबमय ईतिहास रहेको उनले बताए ।

नेपालमा सामाजिक हितमा लाग्न उत्प्रेरणा जगाउने क्लबको महत्वपूर्ण योगदान रहेको उनले दाबी गरे । यसैबीच वर्ष २०२२/२०२३ का अध्यक्ष भरत रानाले वर्ष २०२३÷२०२४ का अध्यक्ष कमला हमाललाई पद हस्तान्तरण गरे ।

सम्बन्धित शिर्षक :