लुम्बिनीमा स्वयंसेविकालाई सेवानिवृत भएपछि ५० हजारले सम्मान गर्ने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानका लागि उहाँहरु सेवानिवृत भएपछि ५० हजारले सम्मान गर्ने नयाँ कार्यक्रम ल्याएको बताएका छन।

भैरहवा भएको एक कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री खनालले स्वास्थ्यको सबै क्षेत्रमा स्वयंसेविकाका स्वयंसेविकाको महत्वपुर्ण भुमिका रहन्छ त्यसका लागी सरकारले सम्मान गर्ने नयाँ कार्यक्रम ल्याएको बताएका हुन।

महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानका लागि उहाँहरु सेवानिवृत भएपछि सम्मानपत्र र रु. ५० हजारका साथ सम्मान गर्ने लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको वताए ।

महिला स्वास्थ्य स्वयंसेविका लिला खड्काले महिला स्वास्थ्य स्वयंसेविकाको सरकारले उच्च मूल्यांकन गर्नुपर्ने बताइन् ।

सम्बन्धित शिर्षक :