समायोजन भएका कर्मचारीलाई साविक बमोजिम हाजिर गराउनु : सामान्य प्रशासन मन्त्राल

स्वस्थ समाचार/सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन भएका कर्मचारीहरुलाई साविक बमोजिम हाजिर गराई व्यवस्थापन गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

विभिन्न स्थानीय तहमा समायोजन तथा समायोजन मिलान भई कार्यरत रहेका केही कर्मचारीहरुलाई कतिपय स्थानीय तहले विभिन्न बहानामा फिर्ता पठाएपछि सामान्य प्रशासन मन्त्रालयले उक्त कार्य कानूनी व्यवस्था प्रतिकूल रहेको भन्दै साबिक बमोजिम हाजिर गराई व्यवस्थापन गर्न स्थानीय निकायलाई अनुरोध गरेको छ ।

‘प्रचलित कानूनी व्यवस्था बमोजिम समायोजन भएका कर्मचारीहरुलाई उक्त कानूनी व्यवस्था प्रतिकूल हुने गरी फिर्ता गर्न नमिल्ने भएकोले निजहरुलाई साविक बमोजिम हाजिर गराई व्यवस्थापन गर्नु हुन यस मन्त्रालयको मिति २०८०।०४।०२ को निर्णयानुसार अनुरोध छ ।’ परिपत्रमा भनिएको छ ।

स्वास्थ्यमा पनि समायोजन भएर गएका कर्मचारीहरुलाई फिर्ता पठाएको छ ।यसैबीच उच्च अदालत पाटनले चिकित्सक स्वास्थ्यकर्मीहरूको कामकाज व्यवस्थापन सम्बन्धमा स्वास्थ्स्य तथा जनसंख्या मन्त्रालयको निर्देशन कार्यान्वयन नगर्न माग गर्दै स्वास्थ्यकर्मीहरुद्धारा दायर रिटलाई अग्राधिकारमा राखेको छ ।

मन्त्रालयले गत २५ माघमा सात प्रदेश तथा सबै स्थानीय तह र आफू मातहतका सबै निकायलाई सम्वोधन गर्दै लेखेको पत्रले आफूहरुमाथि अन्याय भएको भन्दै स्वास्थ्यकर्मी आशिष तिमल्सेनाले ३१ असारमा उच्च अदालत पाटनमा रिट दायर गर्नुभएको थियो ।

सोही रिटमाथि मंगलबार हिजो प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश श्यामजी प्रधानको एकल ईजलासले मुद्धालाई अग्राधिकारमा राख्ने निर्णय गरेको हो ।

 

सम्बन्धित शिर्षक :