शुद्धोधन गाउँपालिकामा शून्य वडा ‘होम डेलिभरी’ वडा घोषणा तयारी

स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिकाको कार्यालय मानपकडीमा शुन्य होम डेलिभरी वडा घोषणा तयारी भएको छ। आज गाउँपालिकामा यसै बारे छलफल भएको भएको हो।

गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालको अध्यक्षतामा उपाध्यक्ष शान्ता देवि ज्ञवाली वडा नं ४ का वडा अध्यक्ष केशवप्रसाद अधिकारी, फेयरमेड फाउण्डेशन नेपालका तुलसीराम खनाल,मन्जु पाण्डे, खुमकला गिरी,इन्द्रेणी ग्रामीण विकास केन्द्रका परियोजना अधिकृत किरणश्रेष्ठ, स्वास्थ्यकर्मी लगायतको उपस्थितिमा भएको शून्य होम डेलिभरीको बारेमा बैठकमा चौध वटा बुदाको छलफलमा भएको थियो।

शुन्य होम डेलिभरी कृर्याकलाप सञ्ंचालन कार्यक्रममा गरिएको छलफलमा गाउँ कार्यपालिका सदस्यहरुसंग छलफल गरि निकासन निकाल्ने,स्वास्थ्यकर्मीहरुको ओरिएन्टेशन कार्यक्रम संचालन तथा योजना निर्माण गर्ने,आमा समुहमा छलफल गर्ने,घरभेट अभियान संचालन गर्ने,वडा नं १ मा रु १० हजार बरावरको आकस्मिक कोष स्थापना गर्ने,छलफलमा भएको थियो।

शून्य होम डेलिभरी अभियनको स्वास्थ्य संस्था स्तरीय तथा पालिका स्तरीय समिक्षा बैठक गर्ने,स्वास्थ्य सस्था मार्फत सम्बन्धित वडाहरुमा सहयोगात्मक सुपरिवेक्षण गर्ने,गाउँ पालिका मार्फत सम्बन्धित वडाहरुमा सहयोगात्मक सुपरिवेक्षण गर्ने,स्वास्थ्य संस्था तथा बर्थिङ्ग सेन्टरहरुलाई समाग्री व्वस्थापन तथा संचार खर्चको व्यवस्था गर्ने,बारे  छलफल भयको थियो ।

येस्तै  फर्म तथा फम्याटहरु छपाई गर्ने,आ.व को अन्त्यमा घरभेट सर्वेक्षण तथा वडा भेरिफिकेशन गर्ने र स्थानिय स्तरका जन समुदायहरुलाई आधारभूत स्वास्थ्य सेवा सम्मानजनक हिसावले निरन्तर उपलब्ध गराउनको लागी तथा स्थानिय सरकार जनता सामु भएको प्रत्याभूती दिलाउनको लागी पहल गर्नुपर्नेलगायत विभिन्न बुदामा छलफल गरिएको थियोे।

शुन्य घर प्रसुति वडा घोषणा तयारी कार्यक्रमको सहजिकरण शुद्धोधन स्वास्थ्य शाखा प्रमुख समिति भण्डारीले गरेका थिए।

सम्बन्धित शिर्षक :