सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा चौधरी को विदाई

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सामाजीक बिकास मन्त्रालयबाट सेवा निवृत हुुनु भएका सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा उमाशंकर प्रसाद चौधरी को विदाई गरिएको छ । विदाईकार्यक्रममा बोलदै सामाजिक विकास मन्त्री सुदर्शन वराल ले डा चौधरीले मन्त्रालय स्थापनादेखि हाल सम्म कर्तव्यनिष्ट भई गर्नु भएको कार्य अनुकरणीय भएको बताउनुहुदै निवृत जीवन सफल र सुखमय बनोस भनी शुभकामना व्यक्त गरे । लुम्विनी प्रदेश सभा सदस्य पुरनमान वज्राचार्य ले स्वास्थ्य सेवामा डा चौधरीले पु¥याएको योगदान प्रसंसनीय भएको वताए । मन्त्रालयका सचिव माहादेव पन्थ, स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद कुमार गिरी, सामाजिक विकास महाशाखा प्रमुख सारदा…

तिलोत्तमा नगरपालिकामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’ सुरु

स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकाले मातृशिशु स्वास्थ्य प्रवद्र्धनको लागि ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’ सञ्चालन गरेको छ । नगरपालिकाले गत वर्षबाट सुरु गरेको कार्यक्रमलाई थप प्रभावकारी बनाउन परिमार्जनसहित चालू आर्थिक वर्षमा निरन्तरता दिएको हो । परिमार्जित कार्यक्रमअनुसार गर्भावस्थामा नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलालाई विभिन्न ‘उपहार’ दिने व्यवस्था मिलाइएको छ । जसअनुसार गर्भवती महिलाले ४ महिनामा स्वास्थ्य जाँच गराउँदा सुपानेट झुलसहित सन्देशमुलक क्यालेण्डर, ६ महिनामा पोषण सेट, ८ महिनामा सरसफाई सेट र ९ महिनामा मसला सेट प्राप्त गर्नेछन् । यस्तै नगरका बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलाले शिशु–स्याहार सेट…

स्वास्थ्य अनुसन्धान परिषद्ले भन्यो–रेम्डेसिभिर कोभिड उपचारका लागि ठिक

स्वास्थ्यसमाचार /देशभर कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या बढेसँगै अस्पतालहरुमा गम्भीर बिरामीको बढेको चाप छ । तर, संक्रमण फैलिएको लामो समय बितिसक्दा यसको उपचार पद्धति पत्ता लागको छैन भने जसका कारण विश्व नै चिन्तित बनेको अवस्था छ । यस्तो अवस्थामा कोभिड—१९ का गम्भीर बिरामीलाई क्लिनिकल ट्रायलको रुपमा रेम्डेसिभिर औषधि र प्जाज्मा थेरापी विधिबाट उपचार गरिँदै आएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा क्लिनिकल ट्रायलको रुपमा प्रयोग गरिएको रेम्डेसिभिर औषधि र प्लाज्मा थेरापीमार्फत उपचार गर्दा ४ दशमलव ८ प्रतिशतलाई मात्रै साइड इफेक्ट भएको पाइएको बताएको छ । कोभिड–१९ संक्रमितको उपचारका लागि रेम्डेसिभिरलाई…

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताउनुभयो । उहाँले सबै अस्पताललाई संक्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको जानकारी दिदैं केही अस्पतालले अझैं निःशुल्क उपचार नगरेको जनगुनासो आएकाले त्यस्ता अस्पताललाई नियमानुसार शोध भर्ना रकम उपलब्ध गराइने वताए । कोभिड–१९ को उपचारवापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश–२०७७ परिमार्जन गरी मन्त्रालयले कोभिड–१९ उपचारका लागि सूचीकृत अस्पताललाई कोभिड–१९ को लक्षण भएका वा चिह्न देखिएका…

जनस्वास्थ्य प्रोटोकल पालना गर्दै तिलोत्तमाका विद्यालय मंसिर ७ बाट खुल्ने

स्वास्थ्यसमाचार /जनस्वास्थ्य प्रोटोकल पालना गर्दै यहीँ मंसिर ७ गतेबाट तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु खुल्ने भएका छन् ।कोरोना महामारीको कारण गत चैतदेखि बन्द रहेका विद्यालयहरु विद्यार्थीलाई भौतिक रुपमैं कक्षाकोठामा शिक्षणसिकाई क्रियाकलापमा सहभागी गराउने गरी खुल्ने भएका हुन् । संघीय सरकारले तय गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचाअनुसार जनस्वास्थ्य प्रोटोकल मापदण्ड अवलम्बन गरी विद्यार्थीको पठनपाठन सुचारु गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले वताए । उनले नगर शिक्षा समितिको विस्तारित बैठकमा छलफल भई नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार पारित गरेको मापदण्डमा रहेर विद्यालय खुल्ने भएका हुन् । तोकिएको…

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोना मुक्त, अस्पतालबाट डिस्चार्ज

स्वास्थ्यसमाचार /कोरोना भाइरसको संक्रमण देखिएका पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज भएका छन्। लामो समयदेखि विभिन्न रोगसँग जुध्दै आएका केसीमा केही एक हप्ताअघि कोरोना संक्रमण देखिएको थियो। निमोनिया समेत देखिएका केसीको मेडिसिटी अस्पतालमा उपचार भएको थियो। मंगलबार भने केसी संक्रमण मुक्त भएर डिस्चार्ज भएका हुन्।केसी डिस्चार्ज भएपनि उनलाई पूर्ण रुपमा रिकभर हुन अझै केही समय लाग्ने बताइएको छ। केसीको उपचार खर्चका लागि पार्टीले सार्वजनिक अपिल गरेपछि सरकारले उनको उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो।

मायादेवी गाउँपालिकामा खुल्यो आधारभूत स्वास्थ्य केन्द्र

स्वास्थ्यसमाचार/ रुपन्देहीको मायादेवी गाउँपालिकाले को पिपरहवामा आधारभुत स्वास्थ्य केन्द्रको गाउँपालिका अध्यक्ष धुर्ब नारायण चौधरीले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष धुर्ब नारायण चौधरीले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा दिन स्वास्थ्य संस्था खोलीएको बताउदै पालिकाले जनाताको स्वास्थ्यलाई उच्च प्राथामिकता राखेको काम अघि बढाएको बताए। उनले गाउँपालिकाका सबै वडामा सरकारको निति अनुसार स्वास्थ्य चौकी बनाउने वताउदै अहिले गाउँपालिकाको वडा नं २ पिपरहवामा आधारभुत स्वास्थ्य केन्द्रको सुरु गरिएको बताए । वडा नं ४का अध्यक्ष राम नारायण थारुको अध्यक्षमा भएको कार्यक्रममा कमरीया स्वास्थ्य चौकी प्रमुख प्रमुनी चौधरीले समाजसेवी रामप्रसाद लोध लगायले बोल्दै जनताको…

उत्कृष्ट कार्य सम्पादनमा जिल्ला स्वास्थ्य कार्यालय प्युठान प्रथम

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका १२ वटा स्वास्थ्य कार्यालयहरु मध्य आर्थिक बर्ष २०७६/७७ मा उत्कृष्ट कार्य सम्पादन गरि प्युठान प्रथम भएको छ । त्यस्तै उत्कृष्ट कार्य सम्पादनमा गुल्मी दोश्रो, रुपन्देही तेश्रो र स्वास्थ्य कार्यालय नवलपरासी चौथो स्थानमा रहेका छन् । स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठीमा सो मुल्याकन गरिएको हो । लुम्बिनी प्रदेश सामाजीक बिकास मन्त्री शुदर्शन बरालले स्वास्थ्य प्युठानका स्वास्थ्य प्रमुख बिशाल सुबेदीलाई सम्मान पत्रले सम्मान गरे । कार्यक्रममा स्वास्थ्य निर्देशक डा. बिनोद कुमार गिरी समाजीक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमा शंकर चौधरी १२ जिल्लाका जनस्वास्थ्य प्रमुख लगायतको…

स्वयंसेवी पैदा गर्न लायन्सको भूमिका महत्वपूर्ण मन्त्री बराल

स्वास्थ्यसमाचार/  लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीको आयोजनामा सामाजिक विकासमा लायन्सको योगदान तथा लायन्स प्रशिक्षण कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । क्लबका सदस्यहरुलाई लायन्सको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको क्लबका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले बताए । कार्यक्रमको लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे । कार्यक्रममा बोल्दै मन्त्री बरालले स्वयंसेवी पैदा गर्न लायन्सको भूमिका महत्वपूर्ण रहेको बताए । उनले समाज व्यक्तिवादी हुँदै गएको बेला लायन्सले सामाजिक कार्यहरुलाई तीव्रता दिएर स्वयंसेवी भावना पैदा गरेको बताए । लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीद्वारा आयोजित सामाजिक विकासमा लायन्सको योगदान तथा…

तिलोत्तमाका १२ सामुदायिक विद्यालयमा नर्सिङ्ग सेवा कार्यक्रम सुरु

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यालय नर्सिङ्ग सेवा कार्यक्रम सुरु भएको छ । सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय : एक नर्स’ कार्यक्रमलाई तिलोत्तमा नगरपालिकाले १२ जना स्टाफ नर्स नियुक्त गरेर अघि बढाएको हो । विद्यालयमा बालबालिकाको उपस्थिति नियमित गराउन र उनीहरूको नियमित स्वास्थ्य जाँचका लागि सुरु गरिएको कार्यक्रमअनुसार तिलोत्तमामा पहिलो चरणमा १२ सामुदायिक विद्यालय छनौट भएका छन् । नगरपालिकाले शान्ति, पशुपति, शिवपुर, जनभावना, टिकुलिगढ, जनहित, गौतमबुद्ध, जनता, जनज्योती, शंकरनगर दुर्गादत्त, जनजागृति र बरौलिया माविलाई पहिलो चरणमा विद्यालय नसिङ्ग कार्यक्रम सञ्चालनको लागि छनौट गरेको हो । बाँकी सामुदायिक विद्यालयका लागि पनि…