लुम्बिनीमा विपद् सम्बन्धि तालिम : प्रतिकार्यमा जुट्न नगरप्रमुख मुसलमानको आग्रह

स्वास्थ्यसमाचार/रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा विपद् जोखिम न्यनिकरण तथा जलवायु परिर्वतन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपालको आयोजनामा भएको ३ दिने तालिममा बोल्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानले विपद् जतिबेला पनि आउन सक्ने भएकाले यसको पुर्वतयारी गर्नुपर्ने बताउनुभयो ।

सामान्यता बाढि,आगोलागी,पहिरो,भुकम्प,चट्टान आदि पर्ने हुँदा सो घटनाबाट बच्नका लागी सावधानी अपनाउने र उद्धारका लागी तयार अवस्थामा बस्नुपर्ने कुरामा बढि जोड मेयर मुसलमानले दिनुभयो ।

विपद्ले भय निम्ताउने बताउँदै यसको रोकथाम र उद्धारका लागी प्रतिकार्य तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।विपद्ले मानवीय तथा भौतिक क्षति भैरहेको समाचार अखवरमा आईरहेको बताउँदै लुम्बिनीमा जोखिम हुनबाट बच्नका लागी प्रतिकार्य सचेतनामुलक तालिमले महत्वपुर्ण भुमिका खेलेको उल्लेख गर्नुभयो ।

विपद् परेको बेला उद्धारका लागी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई उद्धार सामाग्री समेत प्रदान गर्दै आएको र यो तालिमबाट सिकेका कुरालाई व्यवहारमा उर्तान्पर्ने मेयर मुसलमानले औँल्याउदै आगामी दिनमा समेत नगरपालिकाले विपद्जन्य कार्यक्रम गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका केही वडाअध्यक्ष,नगरपालिकाका विपद् शाखा प्रमुख शेषराम यादव लगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित शिर्षक :