नेपालकै पहिलो मायादेवीमा वातानुकुलित खोप केन्द्र संञ्चालन

स्वास्थ्यसमाचार/ रुपन्देहीको मायादेवी गाउँपालिकाले वडा नम्बर ८ बसडिलवामा वातावरण अनुकुल कक्ष (एसी) सहितको खोप केन्द्र सुरु गरेको छ । एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष धु्रव नारायण चौधरीले उक्त खोप केन्द्रको शुभारम्भ गरेका छन् । उनले गाउँपालिकाको सबै वडाहरुमा आधारभुत स्वास्थ्य सेवा केन्द्र, खोप केन्द्र, गाउँघर क्लिनिक सञ्चालनमा रहेको बताए ।स्थानीय तहको खोपकेन्द्र बातानुकुल बनाइएको यो नेपालकै पहिलो केन्द्र रहेको मायादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले बताए । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले खोप केन्द्र समयसापेक्ष बनाइनु राम्रो भन्दै थप सेवा सुविधासंगै अझै पनि कोरोना भाइरसको जोखिम कायमै…

लुम्बिनी प्रदेशमा कोरोना विरुद्धको ३९ हजार डोज खोप आउने

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशको लागि कोभिड १९ विरुद्धको ३९ हजार ४ सय ९५ डोज खोप सोमबार आउने भएको छ। भारतले नेपाललाई दिएको १० लाख डोज खोप मध्येबाट साढे ३९ हजार डोज लुम्बिनी प्रदेशको लागि छुट्याइएको हो। खोप कार्यान्वयनको सम्बन्धमा संघिय सरकारको स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्यसँग सम्बन्धीत नियकाय हरुका बिचमा भर्चुअल माध्यमबाट छलफल भएको थियो। छलफलमा स्वास्थ्य मन्त्री भानुभक्त ढकाल सहित मन्त्रालयका सचिव, विभागका महानिर्देशक प्रदेश सरकारका सामाजिक विकासमन्त्री, प्रमुख सचिव, मन्त्रालय का सचिव, स्वास्थ्य निर्देशनालयका अधिकारीहरु सहभागी थिए।छलफलका क्रममा काठमाण्डौबाट…

गुल्मीका चन्द्रकोट र मालिकामा नागरिक आरोग्य सेवा केन्द्र उदघाटन

स्वास्थ्यसमाचार /गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र उदघाटन गरिएको छ। गाउँपालिका अध्यक्ष दोण खत्रीले एक कार्यक्रमका बिच गाउँपालिकामा आरोग्य सेवा केन्द्र उदघाटन गरेका हुन। उदघाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खत्रीले गाउँपालिकामा उदघाटन गरि संञ्चालनमा आएको नागरिक आरोग्य सेवा केन्दलाई आबश्यक सबै सहयोग गर्ने बताए। औषधी आबश्यक कर्मचारी लगायका सबै क्षेत्रमा सहयोग हुन्छ स्वास्थ्य केन्द्रमा खटिने स्वास्थ्यकर्मिले पनि उपचार र औषधीमा कमि नहुने तरीकाले सेवा गर्नु पर्ने बताए । अध्यक्ष खत्रीले गुणस्तरीय स्वास्थ्य सेवा दिन स्वास्थ्यकर्मिलाई आग्रह समेत गरे । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अर्चना शुक्लाको अध्यक्षतामा…

कोरोना भ्याक्सिनबारे जान्न आवश्यक सबै कुरा :खोप आखिर के हो ?

बीबीसी/कोरोना महामारी फैलिन सुरु भएको एक वर्षपछि कयौँ मुलुकमा यसविरुद्धको खोप अभियान थालिएको छ । नेपालमा पनि माघ १४ देखि खोप अभियान सुरु गरिने बताइएको छ ।खोप अभियान सुरु गरिने अवस्थामा पनि कतिपयमा खोप लगाउन हिचकिचाहट र शंका हुने गरेको छ । त्यसै यहाँ कोरोना खोपबारे केही जान्नेपर्ने कुरा प्रस्तुत गरिएको छ । खोप आखिर के हो ? कुनै पनि खोपले तपाईँको शरीरमा प्रवेश गर्ने भाइरससँग लड्ने क्षमता विकास गराउँछ । खोपमा कुनै जीव वा निष्क्रिय  हुन्छ, जसकारण मानिस बिरामी पर्न सक्छ । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई भाइरसको पहिचान गरी…

कोभिड प्रयोगशाला गुल्मीमा कार्यरत १० कर्मचारी पारिश्रमिकबाट वञ्चित

स्वास्थ्यसमाचार/ गुल्मीका स्थानीय तहको समन्वयमा कोभिड-१९ परीक्षण प्रयोगशाला तम्घासमा सञ्चालन भइरहेको छ । प्रयोगशाला सञ्चालन भएको पनि ४ महिनाभन्दा बढी भयो । ३१ जेठ २०७७ मा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोभिड-१९ प्रयोगशाला र आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रयोगशालामा गुल्मी अस्पतालमार्फत १० जना स्वास्थ्यकर्मी र कर्मचारी भर्ना गरिएको छ । तर, आफूले निर्णय गरेको रकम केही स्थानीय तहले अझै दिएका छैनन् । सोही कारण प्रयोगशालाका १० कर्मचारी पारिश्रमिकबाट वञ्चित भएका हुन् । कोभिड-१९ परीक्षण प्रयोगशाला तम्घासमा कार्यरत कर्मचारी ४ महिनादेखि पारिश्रमिकविहीन भएका छन्…

कोरोनाको खोप अभियान माघ १४ वाट सुरु हुन्छः प्रधानमन्त्री ओली

स्वास्थ्यसमाचार /प्रधानमन्त्री केपी  ओलीले माघ १४ गतेदेखि कोभिड- १९ विरुद्दको खोप अभियान सुभारम्भ गरिने बताएका छन्।   सशस्त्र प्रहरीको २०औं स्थापना दिवसमा सम्बोधन गर्दै पहिलो चरणमा कोरोना भाइरस नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, सफाइकर्मी, सुरक्षाकर्मीहरुलाई खोप लगाउने  लक्षित समुहमा राखेको बताए। उनले कोभिड- १९मा सशस्त्र प्रहरीले ज्यानको बाजि राखेर खेलेको भूमिका प्रशंसनीय रहेको बताए। उक्त समयमा उनले स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, सफाइकर्मी पनि धन्यवादको पात्र भएको उल्लेख गरे। उनले भने,‘कोभिड१९ को सन्दर्भमा हामी कोभिडलाई हटाउने टर्निङ प्वाइन्टमा पुगेका छौं। सम्भवतः १४ गतेबाट खोप लगाउन सुरु गर्नेछौं।’उनले करिब ४ लाख ५० हजार…

भारतले दिएकाे कोरोनाविरुद्धको खोप ४ लाख ५० हजारलाई पुग्ने

काठमाडौं । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार बिहान नेपाल ल्याइएको छ। जुन खोपले सातै प्रदेशका ४ लाख ५० हजार जनालाई पुग्ने अनुमान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १० लाख डोज खोप भण्डारण गरिएको जानकारी दिए। यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. गौतमले अनुदानमा उपलब्ध भएको खोप ५ लाख जनालाई पुग्ने अपेक्षा गरिए पनि केही खेर जान सक्ने बताए। ‘अलिअलि खेर जान पनि सक्छ। खेर गएको अवस्थामा ४…

चिसोबाट जोगिन सामाजिक विकास मन्त्री वरालको आग्रह

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले चिसोबाट सावधानी अपनाउन आग्रह गरेका छन। एक अपिल जारी गर्दै मन्त्री बरालले चिसोले शरीरमा केही समस्या देखीए नजिकको स्वास्थ्य संस्थामा जान समेत भनेका छन्। उनले चिसोबाट बच्न न्यानो कपडा लगाउन, अनावश्यक रुपमा घरबाहिर नबस्न समेत आग्रह छन्। ‘चिसोबाट बच्न न्यानो कपडा लगाउन, तातो र पोषणयुक्त खानेकुरा खान, अनावश्यक रुपमा घरबाहिर नबस्न, घर भित्र हिटर, दाउरा, कोइला बाल्दा सावधानी अपनाउन र कुनै स्वास्थ्य समस्या देखा परेमा नजिकको स्वास्थ्य संस्थामा गइ सेवा लिन विशेष अनुरोध गर्न चहान्छु। उनले भने। मन्त्री बरालले चिसो र सितलहरबाट प्रभावित…

भारतबाट आज १० लाख डोज कोरोना विरुद्धको खोप आउदै

स्वास्थ्यसमाचार /भारतले नेपाललाई अनुदानमा दिने कोरोना विरुद्धको खोपको पहिलो खेप आउने भएको छ । काठमान्डौमा नेपाल र भारतले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा भारतले नेपाललाई कोरोना विरुद्धको खोपको १० लाख अनुदानमा उपलब्ध गराउने बताएको थियो । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्ड नामक खोप भारतले नेपाललाई अनुदान दिन लागेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको पहिलो खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरिने छ । विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप…

लुम्बिनी प्रादेशिक अस्पतालमा दम तथा व्रोकाईटीसको निशुल्क उपचार हुने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा बिपन्न नागरिकको लागी दम तथा व्रोकाईटीस रोगको निशुल्क उपचार हुने भएको छ।उक्त सेवाको आज एक कार्यक्रमका बिच लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले सेवाको उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै डा खनालले बिपन्न नागरिककोलागी यो सेवाले राहत दिने बताए।उनले अस्पतालमा यो सेवा सुरुभएपछि ५० हजार बराबरको निशुल्क उपचार पाउने बताए । खनालले भने लुम्बिनी प्रादेशिक अस्पताल सामाजीक सेवा मार्फत बिभिन्न लक्षित बर्गलाई निशुल्क सेवा दिदै आएको र अब थप यो सेवा सुरु भएपछि राहत हुने बताए । प्रादेशिक अस्पताल सामाजीक सेवा ईकाई प्रमुख नेत्र…