नेपाल विद्यार्थी संघको केन्द्रिय तदर्थ समितिमा १० जना डाक्टर

स्वास्थ्यसमाचार/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार ७१० जनालाई नेविसंघ केन्द्रीय तदर्थ समिति सदस्यमा मनोनीत गरेका छन्।

२०७८ फागुन ९ मा दुजाङ शेर्पाको नेतृत्वमा गठित नेविसंघ केन्द्रीय तदर्थ समितिमा ७१० जना सदस्य मनोनीत गरेका हुन्। नेविसंघ ७११ सदस्यीय समितिमा १० जना डाक्टरले स्थान पाएका छन्।

जसमा कैलाली निवासी डा नरेश भट्ट, ललितपुर निवासी डा सन्तोष उपाध्याय, सुनसरी निवासी डा सुप्रुद्यन यादव, धनुषा निवासी डा ज्योति साह रौतहट र निवासी डा रितेश चिमौरीया नेविसंघ केन्द्रीय सदस्य बनेका छन्।

काभ्रे निवासी डा वीरेन्द्र तिमिल्सिना, स्याङ्जा निवासी डा सागर काफ्ले, बागलुङ निवासी डा सुलभ आचार्य र रुपन्देही निवासी डा गङ्गा चौधरी पनि नेविसंघ केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।

कैलालीका डा भट्ट काठमाडौँ विश्वविद्यालय मेडिकल साइन्सेसका नेविसंघ इकाई र स्ववियुका पूर्व अध्यक्ष हुन्। उनले चिकित्सा शिक्षा शास्त्र सङ्घर्ष समिति संयोजक तथा प्रवक्ताका रुपमा अतिरिक्त शुल्कविरुद्धको आन्दोलनको नेतृत्व गरेका थिए। अन्य केन्द्रीय सदस्य पनि मेडिकल क्षेत्रबाटै केन्द्रीय सदस्यमा आएको बुझिएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :