डेंगी संक्रमित बढे संगै पाल्पामा रोकथाम र नियन्त्रण अभियान सुरु

स्वास्थ्यसमाचार /डेंगी संक्रमितको संख्या बढदै गएपछि पाल्पामा रोकथाम र नियन्त्रण अभियान सुरु गरिएको छ। डेंगी संक्रमित बढदै गएपछि स्थानिय तानसेन नगरपालिकाका जनप्रतिनिधिहरु सरोकार बालसंग छलफल गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यलय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले पछिल्लो डेढ महिनायता डेंगी संक्रमण बढ्दै गएको र पाल्पामा पनि एक महिलाको डेंगी संक्रमणबाट मृत्यु भएकोले रोकथाम र नियन्त्रण अभियान सुरु गर्नेको लागी स्थानिय जनप्रतिनिधी र सरोकारबालाहरु संग छलफल गरिएको बताउनु भयो।

डा गिरीले भन्नुभयो डेंगीबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्ने गरेमा डेंगीबाट बच्न सकिने बताउनु भयो।

डा गिरीका अनुसार पाल्पामा ५ बर्षको अबधिमा २०१८मा सुन्य २०१९मा ४७ २०२०मा सुन्य २०२१मा १४ जना २०२२मा २३३ र २०२३को सुरुमा नै ५५ जना बिरामी फेला परेको र २ जनाको मृत्यु भएको बताउनु भयो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार लुम्बिनी प्रदेशमा डेंगी संक्रमितको २ सय बढी पुगेको छ ।

सम्बन्धित शिर्षक :