रुकुम चौरजहारीमा सर्पको टोकाइबाट २१ वर्षकी सुत्केरीको मृत्यु

स्वास्थ्यसमाचार/ रुकुम पश्चिममा सर्पको टोकाइबाट २१ वर्षकी सुत्केरी मृत्यु भएको छ। चौरजहारी नगरपालिका वडा नम्बर १३ बस्ने बिनिता बिस्टको मृत्यु सर्पको टोकाइबाट भएको हो।

मंगलबार दिउँसो घर नजिकै बारीमा घाँस काट्ने क्रममा बिष्टलाई सर्पले टोकेको र उनले बुधबार बिहान २ बजे घरमै शिशुको जन्म दिएकी थिइन् ।
यद्यपी शिशुको जन्म समयअगावै भएको थियो । सुत्केरी हुने समय कार्तिकमा थियो । अत्याधिक रक्तस्राव भएपछि उनलाई उपचारको लागि चौरजहारी अस्पताल लगिएको थियो ।

सर्पको विष शरीरमा फैलिएको र सुत्केरीमा देखिने जटिलताका कारण रक्तस्राव हुँदा उपचारका क्रममा बिष्टको आज बिहान साढे ६ बजे मृत्यु भएको चौरजहारी अस्पतालका प्रशासक डिल बहादुर गिरीले जानकारी दिनु भयो । नवजात शिशुको चौरजहारी अस्पतालको आईसीयुमा राखेर उपचार भैरहेको छ।

शिशुको शरिरमा पनि सर्पको विष फैलिएकोले एन्टिस्नेक भेनम सुरु गर्न लागिएको चिकित्सकको भनाई छ । बेलैमा उपचार नपाउदा रुकुम पश्चिममा वर्षेनी सर्पदंसका बिरामीहरुले ज्यान गुमाउन परिरहेको छ ।

सम्बन्धित शिर्षक :