लुम्बिनी प्रादेशिक अस्पताललाई महिला फुटसल प्रतियोगिताको उपाधि

स्वास्थ्यसमाचार/ दोस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता–२०७८ को उपाधि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जितेको छ । शनिबार सम्पन्न प्रतियोगितामा ११ समूहलाई पछि पार्दै अस्पतालले उपाधि जितेको हो । महिलाहरुद्वारा सञ्चालित रेडियो मुक्तिको आयोजनामा महिला शसक्तिकरण र एकताका लागि आयोजित प्रतियोगिताका विजेताले उपाधिसँगै नगद रु १० हजा र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी बुटवल उपमहानगर प्रतियोगिताको उपविजेता बन्न सफल भएको छ । उपविजेतासँगै उपमहानगरले नगद रु ५ हजार प्राप्त गरेको प्रतियोगिता संयोजक अमृता अनमोलले जानकारी गराइन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता,अनुशासित खेलाडीलाई पनि नगदसहित सम्मान गरिएको उनले बताइन् । प्रतियोगितामा…

सरकारी तथा सामुदायिक अस्पतालको प्रवर्द्धन गर्न सरकारअग्रसर: गृहमन्त्री खाँड

स्वास्थ्यसमाचार /स्वास्थ्यक्षेत्रमा सरकारी अस्पताल कमजोर हुदा जनताले निजि अस्पतालमा महङ्गो उपचार लिन बाध्य भएकोले सरकार सरकारी तथा सामुदायिक अस्पतालहरुको प्रवर्द्धन गर्न अग्रसर रहेको गृहमन्त्री वालकृष्ण खाँडले बताए। गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन उद्घाटन गर्दै मानिसले जीवन लम्बाउन भएको सम्पत्ति सबै बिक्री गरेर भएपनी निजि अस्पतालमा उपचार गर्न बाध्य छन्, जसले गर्दा उपचार पछि अस्पतालबाट फर्किदा घरजग्गा सबै सकिने अवस्थामा पुगेका छन् खाणले भने। उनले बिज्ञान र प्रविधिको बिकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल गरेपनी गरिबिको संख्या भने बढेको वताए । उनले गौतमबुद्ध सामुदायिक अस्पतालको लागि…

गौतमबुद्ध मुटुअस्पतालमा निर्विरोध नेतृत्व :अध्यक्षमा एजाज आलम

स्वास्थ्यसमाचार/ गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको संचालक संस्था गौतमबुद्ध सामयुदायिक स्वास्थ्य संस्थामा पुनः एजाज आलमको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ। यद्यपी संस्थाको नवौं वार्षिक साधारणसभा तथा तेश्रो अधिवेशन सनिवार मात्रै हुने भएकोले औपचारिक रुपमा घोषणा भने भईनसकेको निर्वाचन समितीले जनाएको छ।संस्थाको विधानमा अध्यक्ष बाहेक अरु पदाधिकारी कार्यसमितीको पहिलो बैठकले चयन गर्ने व्यवस्था गरिए बमोजिम अहिले अध्यक्ष र कार्यसमिती सदस्य मात्रै निर्विरोध निर्वाचित भएका हुन्। जसअनुसार कार्यसमिती सदस्यहरुमा सम्मानित सदस्यबाट होमराज बस्याल र रामप्रसाद बस्याल, विशिष्ट सदस्यबाट बाबुराम बोहोरा र राजेन्द्र सिंह गुरुङ तथा संस्थागत सदस्यबाट उपेन्द्र कुमार अग्रवाल निर्वाचित…

पछिल्लो २४ घण्टामा २६० नयाँ संक्रमित ३४९ कोरोनामुक्त, १ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा देशभर २६० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार २३७ पीसीआर र २३ एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो। २४ घण्टामा ११ हजार ८९८ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा पीसीआर परीक्षण ८ हजार ६० र एन्टिजेन परीक्षण ३ हजार ८३८ भएको छ।पछिल्लो २४ घण्टामा ३४९ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८ छ ।स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २६…

गौतमबुद्ध मुटुअस्पतालको तेश्रो अधिबेशन पुस १० गते, गृहमन्त्री खाँडले उदघाटन गर्ने

स्वास्थ्यसमाचार /गौतमबुद्ध सामयुदायिक स्वास्थ्य संस्थाको नवौ वार्षिक साधारण सभा,तेश्रो अधिबेशन तथा गौतमबुद्ध मुटु अस्पतालको नवौ स्थापना दिवस पौष १० गते हुने भएको छ । गौतमबुद्ध सामयुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार भोली पुस १० गते तिलोत्तमा नगरपालिका वडा नं ६ को १० नंम्बरमा गौतम बुद्धसामुदायीक मुटु अस्पताल निर्माण स्थलमा हुने वताए ।गौतमबुद्ध सामयुदायिक स्वास्थ्य संस्थाको नवौ वार्षिक साधारण सभा तथा तेश्रो अधिबेशन नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडले उदघाटन गर्ने अध्यक्ष आलमले बताए। रुपन्देही उद्योग संघले ०६२ सालमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको जम्मा तीन रुपैयाँ मूल्यको टिकट बिक्रीबाट प्राप्त हुने रकम…

लुम्बिनी प्रादेशिक अस्पतालमा युनियनको कार्यसमिति बिस्तार :अध्यक्षमा पन्थी

स्वास्थ्यसमाचार /नेपाल कर्मचारी युनियन संघ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भएको भेलाले कार्यसमिति र सल्लाहकार समिति चयन गरेको छ। युनियनका केन्द्रिय सचिव गणेश भण्डारीको प्रमुख आतिथ्यतामा भएको भेलाले दया सागर पन्थी कोे अध्यक्षतामा ११ सदस्यीय कार्य समिति र ७ सदस्यीय सल्लाहकार समिति सर्वसहमत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्ष नेत्रलाला पान्डे, बिजय ध्वज बस्नेत सचिब भगबती पान्डे सहसचिब, सिता भटट्राई कोषाध्यक्ष र सदस्यहरु सुरेन्द्र राज पन्त ,भिमप्रसाद ज्ञाबली,हरीन्यौपाने, राकेस पासवान,भरत जंग केसी तारा न्यौपाने रहेका छन। भने समितिको सल्लाहकार सुकई प्रसाद चौधरी भागीरथ राना सागर गौतम, गिता ज्ञाबली, बबिता बजिमय…

लुम्बिनी प्रादेशिक अस्पतालबुटबलमा थप ४ वटा सेवाको शुभारम्भ

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले थप ४ वटा सेवाको बुधबारदेखि शुभारम्भ गरेको छ । अस्पतालमा थप १० वटा डायलासिस वेड, ट्रमा वार्ड, भिजिटिङ पास तथा कोभिड इमेरजेन्सी सेवा शुभारम्भ गरेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले एक कार्यक्रमका बीच अस्पतालमा थप सेवाको शुभारम्भ गर्दै प्रदेशकै केन्द्रको रुपमा विकास गर्ने सरकारको लक्ष्य पूरा हुने तर्फ गएको उल्लेख गरे । कम जनशक्तिलाई शक्ति र सीमित श्रोतसाधनले पनि कुसल व्यवस्थापन र इच्छाशक्ति हुने हो भने स्वास्थ्य सुविधालाई प्रभावकारी बनाउन सकिने उदाहरण पेस भएको उल्लेख गरे ।लुम्बिनी प्रदेशमा स्वास्थ्य…

औद्योगिक व्यापार मेलामा मास्क र स्यानिटाइजर अनिवार्य गर्न सुझाव

स्वास्थ्यसमाचार/ बुटबलमा यहि पुसको ८ गतेदेखि ‘चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी, व्यापार मेला तथा पर्यटन महोत्सवमा कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षालाई ध्यान दिन र यसबारे सचेतनाका कार्यक्रम संञ्चालन गर्न सुझाव दिएका छन । मेलाको सुरक्षा व्यवस्थापनबारे मेला सचिवालयमा बसेको बैठकमा सुरक्षा निकायका प्रमुखहरुले स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर मेला सञ्चालन गर्न सुझाव दिएका हुन । उनीहरुले त्यस्तै सवारी आवागमन सहज गर्न ट्राफिक व्यवस्थापन, प्राथमिक उपचार कक्ष, आपतकालीन कक्ष, सूचना केन्द्र, एम्बुलेन्स र दमकल र पर्याप्त स्वयंसेवक पनि तयारी हालतमा राख्न सुरक्षा निकायका प्रमुखहरुले सुझाव दिए् । बैठकमा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी…

बुटवलमा स्वास्थ्य अनुसन्धान परिषद्को प्रदेश कार्यालय स्थापना

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लुम्बिनी प्रदेश इकाई कार्यालय बुटवलमा सञ्चालनमा आएको छ । परिषद्ले गर्ने स्वास्थ्य अनुसन्धानका कामलाई सरल बनाउनको लागि सात वटै प्रदेशमा कार्यालय स्थापना गर्ने योजना अनुसार बुटवलको शिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा इकाई कार्यालय स्थापना गरिएको हो । प्रदेश कार्यालय स्थापनाको अवसरमा सोमबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा परिषदका कार्यकारी निर्देशक डा. प्रदिप ज्ञवालीले अन्तर्राष्ट्रिय मापदण्डमा स्वतन्त्र अनुसन्धानको काम गर्दै आएको परिषदले सातै प्रदेशमा कार्यालय स्थापना गर्ने क्रममा बुटवलमा इकाई कार्यालय स्थापना गरिएको वताए । ज्ञवालीका अनुसार कार्यालयले संघीय सरकारको प्रामिकतालाई प्रदेश सरकारको प्राथमिकतासंग जोड्नेगरी…

लुम्बिनीका ९ जिल्लामा भोलीदेखी विद्यार्थीलाई मोडर्ना खोप लगाईने

स्वास्थ्यसमाचार/सरकारले भोलिदेखि लुम्बिनी प्रदेशका ९ जिल्लाका १२वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले वताईन । लुम्बिनी प्रदेशको रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया रहेका छन् ।यस्तै मन्त्रालयले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप लुम्बिनी प्रदेशका ३ जिल्ला रुपन्देही वाके र दाडमा संञ्चालन भएको र अहिले दोश्रोमात्र लगाउने क्रम जारी रहेको स्वास्थ्यजनसंख्या मन्त्रालयले जनाएको छ ।