लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तरङ्ग फार्मेसी सेवा सुरु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले फार्मेसी सेवालाई थप विस्तार गरेको छ । अस्पतालले यसअघि रहेको दुई वटा फार्मेसी सेवासँगै आजदेखि नयाँ अन्तरङ्ग फार्मेसीको शुरुवात गरेको हो । एक समारोहका बीच लुम्बिनी प्रदेशिक अस्पताल विकास समिति अध्यक्ष सूर्य बहादुर भट्टराईले फार्मेसीको उद्घाटन गरे । यससँगै अब अस्पतालमा आउने बिरामीले निजी औषधी पसलमा गएर महँगोमा औषधि किन्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले अस्पतालमा आउने बिरामीलाई स्तरीय र सहज सेवा प्रदानका लागि अस्पतालले संकल्प गरेको बताए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा .राजेन्द्र खनालले अस्पतालको आम्दानी स्रोत अहिले विमा र फार्मेसी बनेको बताए ।…

दुवै मात्रा कोरोना खोप लिएकामा जटिल समस्या नगण्य

काठमाडौँ — कोभिड–१९ विरुद्घका दुवै मात्रा खोप लिएका ‘स्वस्थ व्यक्ति’ कसैको पनि हालसम्म संक्रमणबाट मृत्यु नभएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार दुवै मात्रा खोप लिएकामध्ये धेरै कमलाई संक्रमणको लक्षण देखिएको छ र उनीहरूमा जटिल समस्या पाइएको छैन । दुवै मात्रा खोप लिएका व्यक्तिहरूमा मुलुकभित्र छुट्टै विस्तृत अध्ययन भने गरिएको छैन । त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्तकुमार दासका अनुसार दुवै मात्रा खोप लिएका ७४ वर्षीय एक पुरुषको शिक्षण अस्पतालमा मृत्यु भए पनि उनी रगतको क्यान्सर ९लिम्फोमा० का बिरामी थिए । ‘पहिलेदेखि नै कोमर्बिडिटीका कारण…

प्रतिमा–निमा प्रतिष्ठान द्धारा लुम्बिनीका १३ अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

स्वास्थ्यसमाचार/कोरोनाको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले रुपन्देहीको एक गैरसरकारी संस्थाले लुम्बिनी प्रदेशका १३ वटा सरकारी अस्पताललाई साढे दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । भैरहवामा रहेको प्रतिमा–निमा स्मृति प्रतिष्ठानले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवाको भीम अस्पताल तथा लुम्बिनी प्रदेशका अन्य ११ जिल्ला अस्पताललाई कोभिड संक्रमणविरुद्धको उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गर्न थालेको हो । प्रतिष्ठानले अक्सिजन कन्सन्ट्रेटर ९० थान, अक्सिजन सिलिण्डर ११५ थान, मेडिकल टेन्ट ५ थान, बाइब्याप मेसिन ५ थान, आईसीयू बेड ५ थान, पीपीई सेट २ हजार २०० थान प्रदान गर्ने भएको छ ।…

बिदेशी भुमिबाट गुल्मी कारागारका बन्दीहरुलाई स्वास्थ्य सामाग्री सहयोग

स्वास्थ्यसमाचार गुल्मी /गुल्मी कारागारमा रहेका कैदिहरुलाई खेलकुद र स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ । गुल्मेली समाज जापानका सदस्य इस्मा गाउँपालिका -६ अमरपुर निवासी हाल रोजगारीको सिलसिलामा जापानमा कार्यरत रामचन्द्र कुँवरले स्वर्गीय ममतामयी माता पशुपति कुँवरको सम्झनामा  कारागारका बन्दीहरुलाई कोरोना भाइरसको सङक्रमणबाट  कैदिहरु पनि अछुतो रहन नसकेको यो समयमा आवस्यक पर्ने ५०० पिस सर्जिकल मास्क,५ लिटर सेनिटाइजर लगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेपाल पत्रकार महासंग गुल्मीका उपाध्यक्ष रेशम कुँवरले बताएका छन । त्यस्तै, कैदिहरुपनि स्वस्थ  र निरोगि बन्न सकुन भन्ने हेतुका साथ व्याटमिन्टन ४ पिस, लुडो खेल सेट ४ , चेस…

सैनामैनाको नीति कार्यक्रम :स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा

स्वास्थ्यसमाचार /रुपन्देहीको सैनामैना नगरपालिकाले स्वास्थ्य सुविधाको विस्तार तथा स्तरोन्नतीलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८/८९ का लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रम कोभिड नियन्त्रण, उपचार तथा स्वास्थ्य सेवाको विस्तार र विकासमा केन्द्रित रहेको छ । शनिबार सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, पूर्वाधार विकास, जनशक्ति व्यवस्था र सेवाको समतामूलक पहुँच एवं गुणस्तर वृद्धिसँगै स्वास्थ्य क्षेत्रको पुनःसंरचना गरिने बताए । नगर प्रमुख कार्कीले आगामी वर्षभित्र नगरवासिहरुलाई खोप लगाउन आवश्यक प्रबन्ध मिलाईने उल्लेख गरे । यसैगरी पर्रोहा…

रुपन्देहीमा १ सय ५१को पीसीआर गर्दा १९ जनामा कोरोना पुष्टि

स्वास्थ्यसमाचार/ रुपन्देहीमा सक्रिय कोरोना संक्रमितको संख्या लगातार ओरालो लागेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्याङ्कमा रुपन्देहीमा बिहीबारसम्म पाँच सय ४५ जना सक्रिय संक्रमित रहेका छन् । दुई हप्ता अघिसम्म दुई हजारभन्दा धेरै रहेका सक्रिय संक्रमितको संख्या लगाता घटिरहेको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार जिल्लामा थपिने संक्रमितको संख्या पनि घट्दो छ । पछिल्लो २४ घण्टामा जिल्लामा १९ जना संक्रमित थपिएको बताए। । एक सय ५१ जनाको आरटी पीसीआर परिक्षण गर्दा १९ जनामा पोजिटिभ देखिएको कार्यालयले जनाएको छ । हिजो बुधबार जिल्लमा २२ जना…

आम्दामा कोभिड लक्षित सेवा विस्तार गर्न उपमहानगरद्वारा ५० लाख

स्वास्थ्यसमाचार/ कोभिड–१९ को महामारीका नयाँ र खतरनाक लहरलाई लक्षित गर्दै जनस्वास्थ्यका क्षेत्रमा प्रभावकारी पूर्वतयारी थाल्न बुटवल उपमहानगरले पहल थालेको छ । स्वास्थ्य विज्ञहरुले महामारीका नयाँ नयाँ भेरिएन्ट आउन सक्ने र त्यसले जनस्वास्थ्यमा गम्भीर असर पु¥याउने बताइरहेका बेलामा बुटवलले महामारीको पूर्वतयारीलाई प्राथमिकता दिएको हो । महामारीमा बालबालिका र सुत्केरीका लागि लक्षित गरेर उपचारका सबै प्रबन्ध मिलाउन तथा पूर्वतयारीलाई प्रभावकारी बनाउन सबै पक्षसंग समन्वय एवम् सहकार्य भइरहेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले वताए । बुटवल उपमहानगरपालिका मातहत रहेको सिद्धार्थ बाल तथा महिला अस्पताललाई बाल तथा प्रसुतीको विशिष्टकृत सिटी अस्पतालकै रुपमा रुपान्तरण गर्नेगरि पहल…

रुपन्देहीका होटल व्यवसायीले सरकारसंग मागे कोरोना बिरुद्धको खोप

स्वास्थ्यसमाचार/ कोभिडको संक्रमणमा परेकाहरुलाई व्यवस्थापन गर्न आवश्यकता पर्दा होटलहरुलाई आइसोलेन र क्वारेन्टाइका लागि उपलब्ध गराएका होटल व्यवसायीहरु पनि कोभिडको फन्ट लाईनमा रहेकाले उनिहरुलाई कोरोना विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन सरकारसंग माग गरेका छन । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठलाई विहिवार भेटी होटल व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन । सरकारले कोरोना संक्रमण रोकथामको लागि खोप नै सबै भन्दा उपयुक्त विधीका रुपमा लिएको र खोपको उपलब्धता नभयकाले समस्या हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले…

तिलोत्तमा नगरपालिकाले कोरोना खोप अनुदान कार्यक्रम सञ्चालन गर्ने

स्वास्थ्यसमाचार /नगरबासीका लागि कोभिड–१९विरुद्धको खोपको पहुँचमा पुर्याउने कार्यक्रम सहित तिलोत्तमा नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।नगरप्रमुख बासुदेव घिमिरेले बुधबार नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरबासीका लागि खोप उपलब्ध गराउन कुटनीतिक पहल भैसकेको बताए । नगरपालिकाले कोरोना खोप अनुदान कार्यक्रम सञ्चालन गर्ने गरी कार्यक्रम बनाएको छ । प्राथमिक स्वास्थ्य सेवा मात्र रहेका स्वास्थ्य चौकीहरुलाई न्यूनतम पूर्वाधार, उपकरण, जनशक्ति तथा प्रविधियुक्त बनाइ विश्वसनीय सेवा सहितको आकर्षक स्वास्थ्य केन्द्रको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै, स्वास्थ्य चौकीहरुमा चिकित्सक सहितको सेवा प्रदान गर्ने विगतको कार्यलाई थप स्वास्थ्य…

तिलोत्तमाको नीति तथा कार्यक्रम: स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा

-स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता -कोरोनाबाट निधन भएका व्यक्तिका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था -अतिविपन्न ५० परिवारलाई घर बनाउन प्रतिपरिवार दुई लाख अनुदान -“ग” वर्गको अपाङ्गता भएकालाई ६ हजार सामाजिक सुरक्षाभत्ता -जीर्ण पक्की सडकको मर्मतलाई प्राथमिकता -असोजभित्र व्यवसाय कर तिर्दा तीन महिनाको कर छुट -चालु वर्षकैं करको दररेटलाई नै आगामी आर्थिक वर्षमा निरन्तरता -कोरोना प्रभावित युवालाई सस्तो ब्याजदरमा ऋण दिइने स्वास्थ्यसमाचार /रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।नगर प्रमुख बासुदेव घिमिरेले बुधबार दशौं नगरसभाको पहिलो बैठकमा ‘समृद्ध नगर: खुशी…