नेपालमा एकै दिन थप २४ जनामा ओमिक्रोन पुष्टि:अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन

स्वास्थ्यसमाचार/ नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन २४ जनामा पुष्टि भएको छ । दुईसय ५० जनामा परीक्षण गर्दा उनीहरुमा उक्त भेरियेन्ट सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही पुस महिनामा एक हजार १४६ जनामा गरिएको परीक्षणमा २५० जनामा एस–जिन नेगेटिभ भेटिएको हो । ती नेगेटिभ देखिएकाका २४ नमूनाको जिन स्क्रिनिङ गर्दा सबैमा सङ्क्रमण पुष्टि भएको हो । ओमिक्रोन भेरिएन्टको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्न मन्त्रालयले निर्देशन समेत दिएको छ । “ओमिक्रोनले गर्दा…

गौतमबुद्ध मुटु अस्पतालमा पदस्थापन :स्वास्थ्य क्षेत्रमा गरेका योगदानको प्रशंसा

स्वास्थ्यसमाचार/  गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको विहिबार पदस्थापन भएको छ । आगामी कार्याकालका लागि एजाज आलमको अध्यक्षतामा चयन भएको कार्यसमितिलाई एक कार्यक्रमका बीच पदस्थापन गरिएको हो । गएको पुष १० गते सम्पन्न अधिवेशनले आलमको नेतृत्वमा समिति चयन गरेको थियो । अस्पतालका सहयोगी संस्था रोटरी क्लब अफ बुटवल, रोटरी क्लब अफ बुटवल डाउन टाउन र रोटरी क्लब अफ बुटवल साउथबाट एकएक जना र अध्यक्ष आफैले मनोनित गर्नुभएका दुईजना सदस्यलाई समेत पदस्थापन गराइएको छ । निर्वाचन समितिका निर्वाचन आयुक्त दिनेश पाण्डेको संचालनमा भएको पदस्थापन कार्यक्रममा…

जनस्वास्थ्यसंघको निर्बाचन :स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनका लागि काम गर्न पुर्व स्वास्थ्मन्त्री थापाकोआग्रह

स्वास्थ्यसमाचार/ पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनका लागि काम गर्न जनस्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन्।नेपाल जनस्वास्थ्य संघको पेशागत समूहको अन्तरक्रिया कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री थापाले नीति निर्माण तहमा नेतृत्वलाई बुझाउन र लबिइङका लागि जनस्वास्थ्य संघको महत्वूर्ण भूमिका रहेको बताए। उनले भने, ‘नीति बनाउने तहमा नबुझेकाहरुलाई बुझाउने र स्वास्थ्य क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि जनस्वास्थ्य संघको महत्वपूर्ण भूमिका हुन्छ। स्वास्थ्य क्षेत्रको विकासका लागि काम गर्न मेरो आग्रह छ।’नेपाल जनस्वास्थ्य संघ केन्द्रीय कार्यसमितिको निर्वाचन यही पौष २४ गते हुँदैछ। निर्वाचनमा उम्मेदवारहरुले उठाएका प्रतिवद्धताहरु पुरा गर्न थापाको आग्रह छ। कार्यक्रममा निर्वाचनका उम्मेदवारहरुले…

पाल्पा अस्पतालका ९ कर्मचारीमा कोरोना, आकस्मिकबाहेकका सेवा बन्द

जिल्ला अस्पताल पाल्पा ९पाल्पा अस्पताल०मा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो । निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए ।अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्णरूपमा बन्द गरिएको जनाएको छ । मेसुसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पारामेडिक्स र एक ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको हो । उनीहरु सबै आइसोलेशन बस्नुपरेकाले सेवा बन्द गरिएको पाण्डेयले बताए…

सनराइज वैक र सिद्धार्थनगर सिटि हस्पिटल बिच कपाल प्रत्यारोपण ऋण संझौता

स्वास्थ्यसमाचार/ भैरहवा स्थित सनराइज वैक र सिद्धार्थनगर सिटि हस्पिटल बीच क्रेडिट कार्ड सुविधा बाट कपाल प्रत्यारोपणको लागि ऋण सम्झौता भएको छ पौष १९ गते सिद्धार्थनगर सिटि हस्पिटलमा भएको कार्यक्रममा हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेल, डर्माटोलोजिष्ट डा.चन्द्र मोहन शाह र बैकका शाखा प्रमुख हरिहर सुवेदी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बिगत ६ महिना देखि अत्याधुनिक मेसिनयुक्त,उच्च लगानीमा निर्मित १०० बेडको यस हस्पिटलले नियमित रुपमा कपाल प्रत्यारोपण सेवा प्रदान गरिरहेको छ । संभवत राजधानि भन्दा बाहिर छिटो छरितो कपाल प्रत्यारोपण सेवा प्रदान गर्न सक्ने पहिलो हस्पिटल सिद्धार्थनगर सिटी हस्पिटल हो…

सिद्धार्थ सिटी हस्पिटलमा पौष २२वाट निः शुल्क निःसन्तान शिविर

स्वास्थ्यसमाचार/ सिद्धार्थनगर सिटी हस्पिटल भैरहवाले हस्पिटलको सेवा बिस्तार गर्दै बिरामीहरुलाई निरन्तर स्वास्थ्य सेवा दिइरहेकोछ । हस्पिटलले विभिन्न सेवा सुविधा निरन्तर रुपमा दिदै आएकोमा यही पौष २२ गते बिहिबार काठमाण्डौ तथा विदेशमा लामो अनुभव प्राप्त डाक्टर द्धारा निःसन्तान दम्पतिका लागि स्वास्थ्य शिविर आयोजना गरिएको हस्पिटलका मेडिकल डाइरेक्टर प्रोफेसर डा. जावेद अहमद खानले वताए । यस अस्पतालमा स्वास्थ्य शिविरमा वर्षौ देखि सन्तान नभएर चिन्तित भईरहेका निः सन्तान दम्पतिहरुको लागि बावु आमा बन्ने अवसर प्रदान गर्दछ । महिलाहरुमा रहेका विभिन्न किसिमका स्त्री रोगहरुको सफल उपचार पनि गरिने हस्पिटल स्रोतले बताएको छ । वरिष्ठ…

लक्षित वर्गका लागि सुरु गरिएको बुस्टर डोज अभियान स्थगित

स्वास्थ्यसमाचार/ सरकारले मंगलबार सुरु गरेको बुस्टर डोज खोप अभियान स्थगित गरिएको छ । सरकारले ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई बुस्टर डोज खोप अभियान सुरु गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी थप छलफल गरी फेरि अभियान सञ्चालन गरिने भन्दै हालका लागि अभियान स्थगित गरिएको बताएको छ। सरकारले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई मंगलबारदेखि थप एक मात्रा खोप दिने भनी सोमबार सूचना जारी गरेको थियो । तर त्यसै सूचनाअनुसार खोप केन्द्रमा पुगेका जेष्ठ नागरिक र दीर्घरोगीले खोप पाएका थिएनन् ।

न्युनतम सेवा मापदण्ड सुधारमा प्युठान अस्पताल लुम्बिनी प्रदेशको तेस्रो स्थानमा

स्वास्थ्यसमाचार/प्युठान अस्पताल न्युनतम सेवा मापदण्डका सुचकको आधारमा लुम्बिनी प्रदेशको तेस्रो स्थानमा परेको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले आयोजना गरेको प्रदेशमा अस्पतालहरुको न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा प्रस्तुत तथ्यांकले यस्तो देखाएको हो। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको मुल्यांकनमा अघिल्लो आर्थिक वर्षमा ५९ प्रतिशत रहेकोमा यस बर्ष बढेर ७४ प्रतिशत रहेको तथ्यांकले देखाएको छ। लुम्बिनी प्रदेशका १२ जिल्लाहरुमध्ये हालसम्म सर्वेक्षण गरिएका ९ वटा जिल्लाका विभिन्न सुचकहरुमा सुधार गर्दै प्युठान तेस्रो स्थानमा परेको हो। गुल्मी, पाल्पा र कपिलबस्तुको भने न्युनतम सेवा मापदण्डहरु सर्वेक्षण गर्न अझै बाँकी छ। स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण…

वरिष्ठ फिजिशियन डा नन्दु पाठकलाई व्यापार संघको सम्मान

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा नन्दु पाठकलाई स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको छ । रुपन्देही व्यापार संघले आफ्नो २० औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा डा पाठकलाई समान गरिएको हो । पूर्व मन्त्री छविलाल विश्वकर्मा तथा संघका अध्यक्ष यमलाल लोहनीले संयुक्त रुपमा पाठकलाई कोभिड महामारी तथा अन्य समयमा समेत स्वास्थ्य उपचार तथा सेवामा अनवरत खटिरहेको भन्दै उनलाई सम्मान स्वरुप प्रमाणपत्रसहित दोसल्ला ओढाइएको गरेका हुन् ।

तालिमेलाई औषधी बेच्न दिने सरकारको तैयारी, फर्मासिष्टहरूको विरोध

स्वास्थ्यसमाचार/ नेपाल फार्मेसी संघले दक्ष जनशक्ति हुदा हुदै तालिमको भरमा औषधि बेच्न नदिने बताएका छन्। जनस्वास्थ्य माथि खेलवाड हुने भन्दै संघले तालिमको भरमा कुनै पनि व्यक्तिलाई औषधि बेच्न नदिने बताएका छन्। औषधि व्यवस्था विभागले तालिम दिएर औषधि बेच्न पाउने विवादास्पद विषयलाई औषधि सल्लाहकार समितको बैठकमा एजेण्डा पेश गर्ने तयारी गरेको छ। नेपाल फार्मेसी संघको नेतृत्वमा गएको टोलिले शुक्रबार औषधी व्यवस्था विभागका महानिर्देशकलाई भेटेर यस विषयमा ध्यानाकर्षण समेत गराएको छ। विभागको उक्त तयारी कुनै पनि हालमा पुरा हुन नदिने संघका अध्यक्ष अमृत खनालले बताए। उनले भने, ‘यस किसिमको प्रस्ताव बैठकमा आउनु…