पछिल्लो २४ घण्टामा २६० नयाँ संक्रमित ३४९ कोरोनामुक्त, १ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा देशभर २६० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार २३७ पीसीआर र २३ एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा ११ हजार ८९८ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा पीसीआर परीक्षण ८ हजार ६० र एन्टिजेन परीक्षण ३ हजार ८३८ भएको छ।पछिल्लो २४ घण्टामा ३४९ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८ छ ।स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २६ हजार ९०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणबाट ९६ हजार ११५ जनामा संक्रमण पुष्टि भएको छ।

हालसम्म ८ लाख १० हजार २७१ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५८२ पुगेको छ ।२४ घण्टामा ३ लाख २९ हजार ३७१ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक :