लुम्बिनी प्रादेशिक अस्पताललाई महिला फुटसल प्रतियोगिताको उपाधि

स्वास्थ्यसमाचार/ दोस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता–२०७८ को उपाधि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जितेको छ । शनिबार सम्पन्न प्रतियोगितामा ११ समूहलाई पछि पार्दै अस्पतालले उपाधि जितेको हो ।

महिलाहरुद्वारा सञ्चालित रेडियो मुक्तिको आयोजनामा महिला शसक्तिकरण र एकताका लागि आयोजित प्रतियोगिताका विजेताले उपाधिसँगै नगद रु १० हजा र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसैगरी बुटवल उपमहानगर प्रतियोगिताको उपविजेता बन्न सफल भएको छ । उपविजेतासँगै उपमहानगरले नगद रु ५ हजार प्राप्त गरेको प्रतियोगिता संयोजक अमृता अनमोलले जानकारी गराइन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता,अनुशासित खेलाडीलाई पनि नगदसहित सम्मान गरिएको उनले बताइन् ।

प्रतियोगितामा एकल महिला,सञ्चारकर्मी,कृषक समूह,स्वास्थ्यकर्मी ,व्यवसायी महिाल,किशोरी लगाएत १२ समूहको सहभागिता रहेको थियो।प्रतियोगिता रेडियो मुक्तिकी अध्यक्ष खेमकुमारी पोख्रेल दिपुको अध्यक्षता,बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यता र स्टेशन म्यानेजर कल्पना तिवारीको सञ्चालनमा भएको थियो ।

त्यसैगरी प्रतियोगितामा निरज गुरुङले रेफ्रि र दीपक न्यौपानेले खेल सञ्चालक तथा उद्घोषकको भूमिका निर्वाह गरेका थिए ।

सम्बन्धित शिर्षक :