लुम्बिनी प्रादेशिक अस्पतालबुटबलमा थप ४ वटा सेवाको शुभारम्भ

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले थप ४ वटा सेवाको बुधबारदेखि शुभारम्भ गरेको छ । अस्पतालमा थप १० वटा डायलासिस वेड, ट्रमा वार्ड, भिजिटिङ पास तथा कोभिड इमेरजेन्सी सेवा शुभारम्भ गरेको हो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले एक कार्यक्रमका बीच अस्पतालमा थप सेवाको शुभारम्भ गर्दै प्रदेशकै केन्द्रको रुपमा विकास गर्ने सरकारको लक्ष्य पूरा हुने तर्फ गएको उल्लेख गरे ।

कम जनशक्तिलाई शक्ति र सीमित श्रोतसाधनले पनि कुसल व्यवस्थापन र इच्छाशक्ति हुने हो भने स्वास्थ्य सुविधालाई प्रभावकारी बनाउन सकिने उदाहरण पेस भएको उल्लेख गरे ।लुम्बिनी प्रदेशमा स्वास्थ्य जनशक्तिको समस्या रहेको बताउँदै उनले प्रदेश लोक सेवा आयोको मुद्दा टुङ्गिन नसक्दा जनशक्ति व्यवस्थापनमा समस्या भइरहेको उल्लेख गरे ।

मन्त्रालयका सचिव बिकास देवकोटा लुम्बनी प्रदेशकै मूखपत्रको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताललाई सोही अनुसार सेवा सुविधा उपलब्ध गराउने कुरामा ध्यान दिन आग्रह गरे । अस्पताल बिकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले अस्पताललाई प्रदेशकै गौरबका रुपमा बिकास गर्ने लक्ष्य प्रस्तुत गरे ।

सबैको सहयोग र सहकार्यमा स्वास्थ्य सुविधाका लागि अस्पताललाई भरोसाको केन्द्र बनाउनु पर्नेमा जोड दिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. इन्द्र ढकाल सेवाग्राहीलाई छिटो छरिटो सुविधाका लागि ट्रमा सेन्टर सञ्चालन गरिएको बताए । उपचारका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्यका लागि ट्रमा सेन्टर स्थापना भएको उनले बताए । यसैगरी डायलासिसका लागि काठमाण्डौ जानू पर्ने बाध्यताको अन्त्यका लागि १० वेडको डायलासिस सेवा सुरु गरिएको बताए ।

भिजिङ सवाले भिडभाड कम गर्नुका साथै उपचारमा समेत सहज हुने विश्वास व्यक्त गर्नुका साथै उपचारको दायरालाई बढाउन सहयोग गर्ने अपेक्षा गरे ।अस्पतालमा आफू मेसु भएर आएको ८० दिन भित्रका उपलब्धिहरु सुनाउँदै उनले छिट्टै अनलाइन टिकटिङ र टेलि मेडिसिन सेवा सञ्चालन गरिने उल्लेख गरेका छन् । अस्पतालमा अनलाईन टिकटिङ लागू भएसँगै सेवाग्राहीले घरमै बसेर टिकट काट्न पाउनुका साथै घण्टौ लाईनमा बस्नु पर्ने अवस्थाको अन्त्य गर्ने उल्लेख गरे । यसैगरी भिडभाडलाई समेत कम गर्ने बताए ।

टेलि मेडिसिन सेवाले घरमै बसेर चिकित्सकको मरामर्स पाउन सकिने उल्लेख गरे । अस्पतालले केही दिन अघि सुरु गरेको १० वेडको पेयीङ वार्डलाई अब २२ बेडमा पुर्याउने योजना बनाएको छ । नर्सिङ इन्चार्ज ज्योती पौडेलले अस्पतालमा सेवाहरु थप हुँदै गर्दा खुसीसँगै स्तरीय सुविधाको चुनौती पनि थपिएको बताइन ।अस्पतालमा विशेषज्ञ स्वास्थ्य सुविधा थप भइरहेका बेलामा सोही अनुसारको जनशक्ति निर्माणमा दरबन्दी अभाबले असर गरिरहेको उल्लेख गरिन ।

अस्पतालमा स्थायी दरबन्दीभन्दा करारका स्टाफनर्सहरुको संख्या बढी रहेको र उनीहरुको क्षमतामा बिकास भए पनि सरुवा भई जाने आउने प्रक्रियाले दक्ष जनशक्तिको अभाव हुने उल्लेख गरिन् ।कार्यक्रम संञ्चालन शाखा अधिकृत सुरेश भन्डारीले गरेलुम्बिनी प्रादेशिक अस्पताल बुटवलले थप ४ वटा सेवाको बुधबारदेखि शुभारम्भ गरेको छ । अस्पतालमा थप १० वटा डायलासिस वेड, ट्रमा वार्ड, भिजिटिङ पास तथा कोभिड इमेरजेन्सी सेवा शुभारम्भ गरेको हो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले एक कार्यक्रमका बीच अस्पतालमा थप सेवाको शुभारम्भ गर्दै प्रदेशकै केन्द्रको रुपमा विकास गर्ने सरकारको लक्ष्य पूरा हुने तर्फ गएको उल्लेख गरे । कम जनशक्तिलाई शक्ति र सीमित श्रोतसाधनले पनि कुसल व्यवस्थापन र इच्छाशक्ति हुने हो भने स्वास्थ्य सुविधालाई प्रभावकारी बनाउन सकिने उदाहरण पेस भएको उल्लेख गरे ।लुम्बिनी प्रदेशमा स्वास्थ्य जनशक्तिको समस्या रहेको बताउँदै उनले प्रदेश लोक सेवा आयोको मुद्दा टुङ्गिन नसक्दा जनशक्ति व्यवस्थापनमा समस्या भइरहेको उल्लेख गरे ।

मन्त्रालयका सचिव बिकास देवकोटा लुम्बनी प्रदेशकै मूखपत्रको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताललाई सोही अनुसार सेवा सुविधा उपलब्ध गराउने कुरामा ध्यान दिन आग्रह गरे । अस्पताल बिकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले अस्पताललाई प्रदेशकै गौरबका रुपमा बिकास गर्ने लक्ष्य प्रस्तुत गरे ।
सबैको सहयोग र सहकार्यमा स्वास्थ्य सुविधाका लागि अस्पताललाई भरोसाको केन्द्र बनाउनु पर्नेमा जोड दिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. इन्द्र ढकाल सेवाग्राहीलाई छिटो छरिटो सुविधाका लागि ट्रमा सेन्टर सञ्चालन गरिएको बताए ।

उपचारका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्यका लागि ट्रमा सेन्टर स्थापना भएको उनले बताए । यसैगरी डायलासिसका लागि काठमाण्डौ जानू पर्ने बाध्यताको अन्त्यका लागि १० वेडको डायलासिस सेवा सुरु गरिएको बताए ।

भिजिङ सवाले भिडभाड कम गर्नुका साथै उपचारमा समेत सहज हुने विश्वास व्यक्त गर्नुका साथै उपचारको दायरालाई बढाउन सहयोग गर्ने अपेक्षा गरे ।अस्पतालमा आफू मेसु भएर आएको ८० दिन भित्रका उपलब्धिहरु सुनाउँदै उनले छिट्टै अनलाइन टिकटिङ र टेलि मेडिसिन सेवा सञ्चालन गरिने उल्लेख गरेका छन् । अस्पतालमा अनलाईन टिकटिङ लागू भएसँगै सेवाग्राहीले घरमै बसेर टिकट काट्न पाउनुका साथै घण्टौ लाईनमा बस्नु पर्ने अवस्थाको अन्त्य गर्ने उल्लेख गरे । यसैगरी भिडभाडलाई समेत कम गर्ने बताए ।

टेलि मेडिसिन सेवाले घरमै बसेर चिकित्सकको मरामर्स पाउन सकिने उल्लेख गरे । अस्पतालले केही दिन अघि सुरु गरेको १० वेडको पेयीङ वार्डलाई अब २२ बेडमा पुर्याउने योजना बनाएको छ । नर्सिङ इन्चार्ज ज्योती पौडेलले अस्पतालमा सेवाहरु थप हुँदै गर्दा खुसीसँगै स्तरीय सुविधाको चुनौती पनि थपिएको बताइन ।अस्पतालमा विशेषज्ञ स्वास्थ्य सुविधा थप भइरहेका बेलामा सोही अनुसारको जनशक्ति निर्माणमा दरबन्दी अभाबले असर गरिरहेको उल्लेख गरिन ।

अस्पतालमा स्थायी दरबन्दीभन्दा करारका स्टाफनर्सहरुको संख्या बढी रहेको र उनीहरुको क्षमतामा बिकास भए पनि सरुवा भई जाने आउने प्रक्रियाले दक्ष जनशक्तिको अभाव हुने उल्लेख गरिन् ।कार्यक्रम संञ्चालन शाखा अधिकृत सुरेश भन्डारीले गरे

सम्बन्धित शिर्षक :