गौतमबुद्ध मुटुअस्पतालको तेश्रो अधिबेशन पुस १० गते, गृहमन्त्री खाँडले उदघाटन गर्ने

स्वास्थ्यसमाचार /गौतमबुद्ध सामयुदायिक स्वास्थ्य संस्थाको नवौ वार्षिक साधारण सभा,तेश्रो अधिबेशन तथा गौतमबुद्ध मुटु अस्पतालको नवौ स्थापना दिवस पौष १० गते हुने भएको छ ।

गौतमबुद्ध सामयुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार भोली पुस १० गते तिलोत्तमा नगरपालिका वडा नं ६ को १० नंम्बरमा गौतम बुद्धसामुदायीक मुटु अस्पताल निर्माण स्थलमा हुने वताए ।गौतमबुद्ध सामयुदायिक स्वास्थ्य संस्थाको नवौ वार्षिक साधारण सभा तथा तेश्रो अधिबेशन नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडले उदघाटन गर्ने अध्यक्ष आलमले बताए।

रुपन्देही उद्योग संघले ०६२ सालमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको जम्मा तीन रुपैयाँ मूल्यको टिकट बिक्रीबाट प्राप्त हुने रकम संकलन गरेर शुरु गरेको बुटबलको सामयुदायिक मुटु अस्पताल अहिले सुविधासम्पन्न मुटु अस्पताल हुनपुगेको छ । सर्वसाधरणले हृदयघातबाट अकालमै ज्यान गुमाएको खबरसँगै बुटबलका उद्योगीहरुको पहलमा २०७० साल पुस १० गते औपचारिक रुपमै सामुदायिक मुटु अस्पताल सुरु भएको थियो ।

रुपन्देही उद्योग संघका तत्कालीन अध्यक्ष एजाज आलम नेतृत्वको उद्योगीहरूको पहलमा बुटवलमा मुटु अस्पताल सुरु भएसंगै अहिले तिलोत्तमा नगरपालिका वडा नं ६मा आफनै सुबिधा सम्पन्न भबन बन्दै रहेको छ। अस्पताल सञ्चालन गर्ने प्रदर्शनीको टिकटले नगुगेर उद्योगीहरुले बृहत सांकृतिक कार्यक्रम बाट १ करोड १० लाख आर्थिक संकलन भएको अध्यक्ष एजाज आलमले बताउँछन् । सांस्कृतिक कार्यक्रम उद्योगीहरुलाई अस्पताल सञ्चालन गर्न कोशेढुंगा भएको आलमले बताए ।

२०७० साल पौष १० गते ९ सिसियुसहित २४ वेडको अस्पताल सुरु भएपछि यसक्षेत्र सहित २५ जिल्लाका मुटु तथा मृगौला रोगका बिरामीलाई उपचारमा सहज भएको छ ।अस्पतालका निर्देशक डा. शमीर गौतमले भने– ‘बिरामीको चाप अत्याधिक रहेको छ त्यसअनुसार अस्पताले पनि सेवा बिस्तार गदैँ आएको छ । पहिले मुटु मात्र थियो अहिले मुटु र मृगौलाको उपचार सेवा दिएका छौँ ।’

अहिले १७ वटा मेसिनबाट मृगौलाका रोगीलाई डायलाइसिस सेवा दिएको डा. गौतमले बताए ।रुपन्देही उद्योग संघ संरक्षक रहेको अस्पतालले आर्थिक श्रोतसँग सदस्यता विस्तार अभियान गरेको छ ।

अस्पताललाई रोटरी रोट्रयाक लगायतका क्लबहरुले पनि सहयोग गरेका छन् अस्पतालमा रोटरी फाउन्डेसन, रोटरी डिष्ट्रिक ३२९२ रोटरी क्लब अफ बुटवल साउथ लगायतका क्लबको भूमिका महत्वपुर्ण रहेको अस्पतालका अध्यक्ष आलमले बताए ।काठमाडौबाहिरको एक मात्र सामुदायिक अस्पताल रहेको मुटु अस्पतालमा बिरामीको चाप दैनिक बढ्दो रहेको छ ।

सम्बन्धित शिर्षक :