नेपालमा ३२ प्रतिशत बालबालिका दीर्घरुपमा कुपोषित

स्वास्थ्यसमाचार/बहुआयामिक गरिबी, प्राकृतिक तथा मानवीय विपत्ती र कोभिड–१९ जस्ता महामारीका कारणले आर्थिक क्षेत्रमा आएको शिथिलता र कमजोर पूर्वाधारको अवस्थाले नेपालको कुपोषण न्यूनीकरण गर्ने कार्यमा अवरोध पुगेको निष्कर्ष निकालिएको छ । बहुक्षेत्रीय पोषण योजना दोस्रो र अन्य पोषण तथा खाद्य सुरक्षासम्बन्धी कार्यक्रमको विस्तारमा आवश्यक सूचना तथा तथ्याङ्क उपलब्ध गराउन सन् २०२० मा राष्ट्रिय योजना आयोगले सुरु गरेको पोषणको कमी पूर्तिसम्बन्धी अध्ययनमा सो निष्कर्ष निकालिएको होे । विश्व खाद्य कार्यक्रमको सहयोगमा गरिएको यस अध्ययनले पोषणलाई खाद्य प्रणालीको दृष्टिकोणबाट हेर्दै पोषिलो खाद्य पदार्थको उपलब्धता र उपभोगका लागि आर्थिकलगायत अन्य केकस्ता बाधा छन् भन्ने…

उपचार नपाई अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अब हुन्नः स्वास्थ्यमन्त्री खतिवडा

नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ। अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ। कुल जनसङ्ख्याको ५० प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्रा सरकारले सबै नागरिकलाई ‘बुष्टर डोज’ लगाउने तयारी गरेको छ। अहिले कुल जनसङ्ख्याको ३९ प्रतिशतलाई पहिलो र ३१ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइसकिएको छ । ‘बुष्टर डोज’ र ओमिक्रोन महामारी नियन्त्रणमा सरकार अहिले भइरहेको प्रयासबारे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग राससले लिएकाे अन्तर्वार्ताको सारांशः नेपालीलाई कोरोनाविरुद्ध ‘बुष्टर डोज’ आवश्यक छ कि छैन ? अतिरिक्त खोपले नै पुग्दैन…

२१ लाख डोज जोनसन खोप विदेश जाने र यसअघि छुटेकालाई दिइने

स्वास्थ्यसमाचार/सरकारले कोरोना विरुद्धको खोप जोन्सन एन्ड जोन्सन विदेश जाने व्यक्तिहरुलाई प्राथमिकतामा राखेर लगाउने भएको छ।यो खोप एक डोज मात्र लगाए पुग्छ भने अन्य खोपहरु दुई डोज लगाउनुपर्छ।कतिपय देशहरुले बाहिरबाट आउने नागरिकका लागि जोन्सन खोप नै अनिवार्य गरेका छन्। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार जोन्सन खोप विदेश जाने व्यक्तिहरुलाई दिइने र बाँकि खोप अन्य व्यक्तिहरुलाई लगाइने छ।उनले भने,‘बिहीबार आएको २१ लाख ७६ हजार डोज खोप विदेश जाने व्यक्तिहरुलाई मात्र खपत हुँदैन। बाँकि खोप १८ वर्ष उमेर पुगेका अन्य व्यक्तिहरुलाई पनि दिइन्छ। त्यसका…

पुस ४ गतेदेखि विद्यालयमा नै कोरोनाविरुद्धको खोप : स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाउने बताएका छन्। उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्र राखेर खोप लगाइने बताए। उनका अनुसार यही पुस ४ गतेदेखि बालबालिकालाई खोप लगाइने छ। सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि मोडेर्ना खोप ल्याएको छ। उनले बुस्टर डोज लगाउनका लागि सरकारले नीतिगत र व्यवहारिक रुपमा तयारी गरिसकेको जानकारी दिए। ‘महामारी फैलिँदै गयो भने बुस्टर डोज आवश्यक रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि बुस्टर डोज लगाउने…

५० प्रतिशतले पूर्ण मात्राको खोप लगाएपछि बुस्टर डोज

स्वास्थ्यसमाचार/सरकारले लक्षित जनसंख्याको ५० प्रतिशतले पूर्ण मात्राको खोप लगाएपछि बुस्टर डोज दिने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको कोभिड १९ को भर्चुअल प्रेस ब्रिफिङमा बोल्दै राष्ट्रिय खोप सल्लाहकार समितिका विज्ञ प्राडा रमेशकान्त अधिकारीले भने–‘जबसम्म लक्षित जनसंख्याको ५० प्रतिशतभन्दा बढीलाई आवश्यक दुई मात्राको खोप पुर्‍याउन सकिँदैन तबसम्म बुस्टर दिन सकिँदैन ।’ उनका अनुसार हालसम्म विश्व स्वास्थ्य संगठनले ुबुस्टर डोजुका लागि पहिला जुन खोप लगाएको हो त्यही लगाउनुपर्ने सिफारिस गरेको छ ।समितका सदस्य डा गणेशकुमार राईले खोपको उपलब्धता बढेको खण्डमा र भण्डारण गर्न सकिएमा बुस्टर डोज छिट्दै दिइने बताए…

लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या मन्त्रालय दाङमा उद्घाटन

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको मुख्य कार्यालय उद्घाटनसँगै सेवा सुरु भएको छ । बुधबार राप्ती उपत्यकाको सिसहनियामा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्र जित थारूले उद्घाटन गरेसँगै मन्त्रालयको नियमित सेवा सुरु भएको छ ।मन्त्रालयले पूर्ण रूपले राप्ती उपत्यकाबाट काम सुरु गरेको जानकारी गराउँदै मन्त्री थारूले अव छिटोभन्दा छिटो अन्य मन्त्रालयले पनि स्थाई राजधानीबाटै सेवा सुरु गर्ने बताए । मन्त्री थारूले प्रदेश सरकारको निर्णय अनुसार सबैको सहयोगमा राजधानीको सफलतासँगै राजधानी कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताए । संघ सरकार र प्रदेश सरकारको नीति अनुसार सबै पालिकामा…

बुटबलको औद्योगिक प्रदर्शनीमा निःशुल्क दन्त शिविर र रक्तदान हुने

स्वास्थ्यसमाचार/ आगामी पुस ८ गतेदेखि बुटवलको देवीनगरमा सञ्चालन हुने चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलामा निःशुल्क दन्त शिविर र रक्तदान गरिने भएको छ । उद्योग ब्यापार संघ बुटवलको आयोजनामा पुस २० गतेसम्म मेला हुन लागेको हो । मेलामा आउने दर्शकलाई निःशुल्क सेवा दिने उद्देश्यले दन्त शिविर र बुटवलमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको मेलाका प्रवक्ता विष्णुप्रसाद पाण्डेले जानकारी दिए । यस्तै मेलामा सांस्कृतिक कार्यक्रम अन्तर्गत डान्स आइडल, मम्मी डान्स, विद्यालयस्तरीय नृत्य र दोहोरी गीत प्रतियोगिता सञ्चालन हुने सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले जानकारी दिए…

बेलायतमा नयाँभेरियन्ट ओमिक्रोनबाट पहिलो व्यक्तिको मृत्यु

स्वास्थ्यसमाचार/बेलायतमा ओमिक्रोन भेरियन्टबाट एक जनाको मृत्यु भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार ओमिक्रोन भेरियन्टबाट एक जनाको मृत्यु भएको पुष्टि गर्नुभएको हो । यसअघि बेलायती स्वास्थ्य सचिव साजिद जाविदले ओमिक्रोनका १० जना अस्पतालमा रहेको बताउनु भएको छ । अस्पतालमा भर्ना भएकाहरुको मृत्युदर बढ्ने सक्ने चेतावनी दिनु भएको थियो । युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार उनीहरुको उमेर १८ देखि ८५ बीचमा रहेको छ । बेलायती स्वास्थ्य सचिवले ओमिक्रोन भेरियन्ट असाधारण दरमा फैलिरहेको पनि चेतावनी दिनु भएको छ । सङ्क्रमणहरू प्रत्येक दुईदेखि तीन दिनमा दोब्बर हुँदै गइरहेको छ । यसको फैलावटको…

कोरोना बीमामा देखिएको समस्या समाधानको बिषयमा गृहकार्य भइरहेको छ :अर्थमन्त्री शर्मा

स्वास्थ्यसमाचार.अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको भुक्तानी सम्बन्धी समस्या समाधानका लागि गृहकार्य भइरहेको बताएका छन् । सोमबार बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कोरोना बीमामा देखिएको समस्याबारे गृहकार्य भइरहेको बताएका हुन् । उनले बीमाबाट अर्बौंको दायित्व सिर्जना भएको र समस्या समाधान गर्न गृहकार्य भइरहेको जानकारी दिदै यसलाई चाँडै निचोडमा पुर्याउने बताए । त्यस्तै शर्माले बीमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन आवश्यक रहेको पनि बताए । बीमा क्षेत्रको दायरा वृद्धि भइरहेको बेला यसलाई नियमन गर्ने ऐनसमेत सोहीअनुरूप विकसित गराउँदै लैजानुपर्ने बताउनुभएको हो । ‘बीमा क्षेत्रको आवश्यकता र व्यवसाय…

होमियोप्याथिक डा राजेश प्रधानाङ्गको कोरोना संक्रमणबाट मृत्यु

स्वास्थ्यसमाचार/ होमियोप्याथिक डा राजेश प्रधानाङ्गको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दुई साताअघि कोरोना संक्रमण भएर सानेपास्थित स्टार अस्पताल भर्ना भएका प्रधानागंको आइतबार राती मृत्यु भएको अस्पतालका सिओओ डा सन्देश जिसीले जानकारी दिए । प्रधानांगकी श्रीमती समेतलाई कोरोना संक्रमण भएर दुबै जनालाई अस्पतालको आइसीयूमा राखिएको थियो । श्रीमती संक्रमणमुक्त भएर डिस्चार्ज हुँदै गर्दा श्रीमानलाई भने बचाउन नसकिएको डा जिसीले जिकीर गरे । ५४ वर्षीय डा प्रधानाङ्गको होमियोप्याथिक चिकित्सा विधाको विकासमा ठूलो योगदान रहेको छ । उनको निधनप्रति नेपाल होमियोप्याथिक चिकित्सक संघले समवेदना व्यक्त गरेको छ । उनका एक छोरा र…