सरकारी तथा सामुदायिक अस्पतालको प्रवर्द्धन गर्न सरकारअग्रसर: गृहमन्त्री खाँड

स्वास्थ्यसमाचार /स्वास्थ्यक्षेत्रमा सरकारी अस्पताल कमजोर हुदा जनताले निजि अस्पतालमा महङ्गो उपचार लिन बाध्य भएकोले सरकार सरकारी तथा सामुदायिक अस्पतालहरुको प्रवर्द्धन गर्न अग्रसर रहेको गृहमन्त्री वालकृष्ण खाँडले बताए।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन उद्घाटन गर्दै मानिसले जीवन लम्बाउन भएको सम्पत्ति सबै बिक्री गरेर भएपनी निजि अस्पतालमा उपचार गर्न बाध्य छन्, जसले गर्दा उपचार पछि अस्पतालबाट फर्किदा घरजग्गा सबै सकिने अवस्थामा पुगेका छन् खाणले भने। उनले बिज्ञान र प्रविधिको बिकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल गरेपनी गरिबिको संख्या भने बढेको वताए ।

उनले गौतमबुद्ध सामुदायिक अस्पतालको लागि तिलोत्तमा नगरपालिकामा प्रस्ताव गरिएको जग्गा हालसम्म पनि उपलब्ध हुन नसक्नु दुःखद रहेको उल्लेख गर्दै आफुले सरकारको तर्फबाट जग्गा उपलब्ध गराउन पहल गर्ने बताए।गृहमन्त्री बालकृष्ण खाणले प्रदेशको राजधानी नहुदैमा बुटवलको बिकासमा कुनै फरक नपर्ने बताएका छन्। खाडले भने बुटवल अहिलेको अवस्थामा स्थापित भएको उल्लेख गर्दै गृहमन्त्री खाणले राजधानी नरहेपनी बुटवल बुटवल नै रहने वताए।

गृहमन्त्री खाणले रुपन्देहीको बिकासका लागि आफ्नो क्षेत्रबाट धेरै प्रयासहरु भईरहेपनी बिकासका लागि गरेको पहलको जस भने नलिने वताए। जनताले बिकासका लागि नै जनप्रतिनिधि निर्वाचित गरेका हुन्, जे कामका लागि जनताले पठाएका हुन् त्यही काम गर्दा केजस लिनु गृहमन्त्री खाडँले भने ।

अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले जग्गा उपलब्ध गराए दुईबर्ष भित्र ८ सय बेडको सुबिधा सम्पन्न अस्पताल निर्माण गर्न आफुहरु तयार रहेकोले जतिसक्दो छिटो जग्गा उपलब्ध गराउन गृहमन्त्री सामु आग्रह गरे।।रुपन्देही उद्योग संघको संरक्षकत्वमा २०७० साल पौष १० गतेबाट सेवा संचालन गरेको अस्पतालले एकबर्षको अवधिमा ओपिडी, ईमर्जेन्सी र भर्ना गरि ४८ हजार ७२२ जना बिरामीलाई उपचार सेवा उपलब्ध गराएको छ।

अध्यक्ष आलमले पैसाको अभावमा अस्पताल आएका बिरामीहरु उपचार सेवा लिन बाट बन्चित हुने अवस्था आउन नदिने दावी गरे। आलमले एकबर्षको अवधिमा अस्पतालको तर्फबाट साढे ६७ लाख रुपैयाँ र विभिन्न दाताहरुको सहयोगमा १० लाख भन्दा बढी रुपैयाँ छुट उपलब्ध गराएको वताए ।

अस्पतालमा बुटवलबाट २४५, दाङको लमहीबाट ६८ र पाल्पाबाट ३१ गरि ३४४ जना मिर्गौलाका बिरामीले नियमित डायलाइसिस सेवा लिदै आएको अस्पतालले जनाएको छ। त्यसैगरी एकबर्षको अवधीमा एन्जियोप्लास्टी १११ जना, एन्जियोग्राफी ३१३ र ९१ जनाले पेसमेकर सेवा लिएको अस्पतालका निर्देशक डा. समीर गौतमले वताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्यहरु भोज प्रसाद श्रेष्ठ र बिष्णु पन्थीले कतिपय सरकारी नियम र कार्यविधिहरु नै बिकासका बाधक बन्ने गरेकोले सरकारले त्यस्ता नितिनियम र कार्यबिधी परिमार्जन गर्न आवश्यक रहेको वताए ।

संस्थाका सचीव दिनेशराज रेग्मिको संचालनमा सम्पन्न भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरी देवि चौधरी, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, रोटरी इन्टरनेसनल डिष्ट्रीक ३२९२ नेपाल भुटानका गभर्नर नोमिनी राजेन्द्र ध्वजु, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरे ।

सम्बन्धित शिर्षक :