अस्पतालले दिने स्वास्थ्य सेवा उत्कृष्ट बन्यो लुम्बिनी प्रादेशिक अस्पताल उपलब्धी ७४प्रतिशत

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालले दिने स्वास्थ्य सेवा उत्कृष्ट बनेको छ । अस्पतालले न्युनतम सेवा मापदण्ड अनुसार ४९ % बाट बढाएर ७४% पुर्याउन सफल भएको हो ।

नेपालमा रहेका सेकेन्डरी बी लेवलका अस्पतालहरु मध्ये उत्कृष्ट भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रमणले जानकारी दिए । स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयको आयोजनामा लुम्बिनी प्रादेशिक अस्पतालको न्युनतम सेवा मापदण्ड फलोअप समापन भएको छ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमणले लुम्बिनी प्रादेशिक अस्पतालको टीमवर्कले राम्रो रिजल्ट दिईरहेको बताए । उनले भने–‘हाम्रो सरदर आयु ७१–७२ बर्ष हो ,हामीले काम गरिरहेका ठाँउबाट कम्तिमा पनि कसैले गुनासो नगर्ने गरी काम गरौँ,उत्कृष्ट नतिजा दिन सकिन्छ ।’

सो अवसरमा सचिव डा. विकास देवकोटा र निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरी,डा.श्रीराम तिवारी,अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराई,अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकाल लगायतले बोल्दै अस्पताललाई बिशिष्टकृत बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए ।

सो अवसरमा एमएसएस फोकल पर्सन डा श्रीराम तिवारीले एमएसएसका बारेमा प्रस्तुतिकरण गरेका थिए भने लुम्बिनी प्रादेशिक अस्पतालबाट अस्पतालका नर्सिड ईन्चार्ज ज्योती पौडेलले प्रस्तुतिकरण गरेकिथिईन ।

सम्बन्धित शिर्षक :