डा सागरको नेतृत्वमा राप्ती स्वास्थ्य प्रतिष्ठानमा पहिलोपटक मेरुदण्डको सफल शल्यक्रिया

स्वास्थ्यसमाचार /राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पहिलोपटक मेरुदण्डको सफल शल्यक्रिया गरिएको छ। घोराही उपमहानगरपालिका–७ सौडियार निवासी ३३ बर्षीया महिलाको प्रतिष्ठानमा मेरुदण्डको सफलतापूर्वक शल्यक्रिया गरिएको हो।

हाडजोर्नी विशेषज्ञ डा सागर पन्थीका अनुसार रुखबाट लडेर घाइते भएकी उनी १० दिन अगाडि प्रतिष्ठानको इमरजेन्सी विभागमा आएकी थिइन्। सो क्रममा एक्सरे लगायतको परीक्षणमा उनको मेरुदण्डको हड्डी भाँचिएको पत्ता लगाको थियो।

’चिकित्सकको सुझाब अनुसार नै उनको शल्यक्रिया भएको हो। शल्यक्रिया पश्चात दुई दिनपछि ह्वीलचेयर एम्बुलेसन गरी एक दिनपछि ढाडमा पेटी लगाई बिरामी हिँडेको र शल्यक्रियाको ७ दिनमा बिरामीको अवस्था सामान्य भई हाल बिरामी बेल्ट लगाएर हिँड्डुल गर्न सक्ने भएपछि डिस्चार्ज गरिएको छ प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा सागर पन्थीले बताए।

हाडजोर्नी विशेषज्ञ डा सागर पन्थी नेतृत्वको चिकित्सक, स्वास्थ्यकर्मी र नर्ससहितको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको हो ।

सम्बन्धित शिर्षक :