ओमिक्रोनबारे सतर्कता अपनाउन सबै प्रदेश र स्थानीय तहलाई इडिसिडीको ७ बुँदे निर्देशन

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन सम्बन्धी थप तयारी र सतर्कता अपनाउनका लागि सबै स्थानीय तहहरुलाई ७ बुँदे निर्देशन जारी गरेको छ ।

इडिसिडीका निर्देशक डा. कृष्ण पौडेलले सबै स्थानीय तह, सबै जिल्ला कार्यलयहरु र सातवटै प्रदेश निर्देशनालयहरुलाई पत्राचार गर्दै कोभिड-१९ को नयाँ भेरियन्ट फैलिन नदिने सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।

इडिसिडीले जनस्वास्थ्यका मापदण्ड पालना गर्न, समुदायका जोखिम क्षेत्रहरु पत्ता लगाएर एन्टीजेन परीक्षण गर्न, पहिचान भएका कोभिड केसहरुको व्यवस्थापनका लागि सहयोग र समन्वय गर्न निर्देशन दिएको छ ।

यसैगरी, कन्ट्याक्ट ट्रेसिङ गर्न, सीमा नाकामा रहेका प्रवेश विन्दुबाट प्रवेश गर्ने यात्रुहरुमा प्रोटोकल अनुसारको परीक्षण र व्यवस्थापन गर्न भनिएको छ । खोप लगाउन छुटेका लक्षित वर्गको पहिचान गर्न र खोप प्रयोगमा वृद्धि गर्नुका साथै घरमै आइसोलेसन वा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको समुचित फ्लोअप र मापदण्ड पालनाको निगरानी गर्न भनिएको छ ।

सम्बन्धित शिर्षक :