भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चारको मृत्यु, तीनको अवस्था गम्भीर

स्वास्थ्यसमाचार/ बाँकेस्थित कर्णाली प्रदेशको मेडिकल स्टोर कक्षमा चार जना मृत भेटिएका छन। मृतक चारै जनाको सनाखत भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।

क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका—६ कालीकोटका २३ वर्षीय धनप्रसाद भट्टराई, उनका ३ महिनाका छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ वर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ वर्षीया कोली भट्टराईको मृत्यु भएको उनले बताए।

भेरी अस्पतालका निमित्त मेसु डा। खगेन्द्रजंग शाहकाअनुसार कर्णाली प्रदेशको मेडिकल स्टोरको क्वार्टरमा कोइला बालेर सुतेका कर्मचारी र उनका परिवारको निसास्सिएर मृत्यु भएको हो । घटनास्थलमा रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले आफूहरू घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

सम्बन्धित शिर्षक :