स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर :लुम्बिनी प्रदेशका स्वास्थ्य सचिवमा डा. राजेन्द्र खनाललाई सिफारिस

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र मातहतका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ ।मंगलबार मन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका उच्च अधिकारीहरु जिम्मेवारी हेरफेर गरेका हुन् । लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटालाई मन्त्रालय तान्नका लागि सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ भने उनको ठाउँमा डा. राजेन्द्र खनाललाई सिफारिस गरिएको छ ।मन्त्री खतिवडा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई वीर अस्पताल सरुवा गरेका छन् । नयाँ संगठन संरचनाअनुसार वीर अस्पतालको नेतृत्व १२ औं तहका प्रमुख विशेषज्ञले गर्ने व्यवस्था छ । यसैगरी, औषधीको आफूखुसी मुल्यवृद्धि गरेपछि विवादमा तानिएका औषधी…

लुम्बिनी प्रदेश सरकार १४ निर्णय,अस्पताल विकास समितिका अध्यक्ष र सदस्यलाई हटाउने

स्वास्थ्यसमाचार/ प्रदेश सरकारले अघिल्लो प्रदेश सरकारबाट मनोनित अस्पताल विकास समितिका अध्यक्ष र पदाधिकारी हटाएको छ ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले शंकर पोखरेल नेतृत्वको सरकारले नियुक्त गरेका प्रादेशिक र जिल्ला अस्पतालका अध्यक्ष र सदस्य हटाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता मन्त्री तिलकराम शर्माले जानकारी दिए । बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन तथा कार्य सञ्चालन आदेश–२०७६ पनि खारेज गरेको छ । यसअघि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले गठन आदेशका आधारमा ध्रुव मजगैयाँलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । तर कुलप्रसाद केसी नेतृत्वको अहिलेको सरकारले ऐन बनाएर मजगैयाँको ठाउँमा अनन्तराज घिमिरेलाई प्रमुख कार्यकारी…

कोरोनाको उच्च जोखिममा रुपन्देही : स्थानीय तहले सुरु गरे पूर्व तयारी

स्वास्थ्यसमाचार/ रुपन्देहीमा कोभिड–१९ संक्रमणको जोखिम उच्च बन्दै गएको छ । भारतीय सीमा नाकासँग जोडिएको जिल्ला रुपन्देही कोभिडको पहिलो र दोस्रो लहरमा ‘रेड जोन’मा परेको थियो । भारतीय बजारहरुमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन बढ्न थालेपछि बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्नेका कारण रुपन्देहीसहित लुम्बिनी प्रदेशका जिल्लाहरुमा जोखिम बढेको छ । बेलहिया नाकामा हेल्थ डेस्कमा कार्यरत ८ कर्मचारीमध्ये ४ मा संक्रमण पुष्टि भैसकेको छ । हेल्थ डेस्कमा कार्यरत कर्मचारी मात्र होइन्, सीमामा रहेका २ जना पर्यटक प्रहरीमा समेत एन्टीजेन परीक्षणमा कोभिड पोजेटीभ पुष्टि भएको छ । सीमामा कार्यरत कर्मचारीहरुमा नै कोभिड…

थप १,४४६ जनामा कोरोना संक्रमण, दुई संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार/पछिल्लो २४ घण्टामा १ हजार ४४६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ८ हजार ९६५ पीसीआर र २ हजार ४६४ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख ३३ हजार ९४६ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ८५५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २५५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १४ हजार ४८५ पुगेको छ। उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले…

कोरोना बढेपछि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीसीको निर्णय

स्वास्थ्यसमाचार/कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ ।आइतबार बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसी को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ । त्यस्तै अभिभावकहरुलाई पनि बालबालिका विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ’ उनले भनिन्, ‘ निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका…

तिलोत्तमा नगरपालिकामा ओमिक्रोनको संक्रमण रोक्न पूर्वतयारी

स्वास्थ्यसमाचार/  तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोक्न पूर्वतयारी थालेको छ ।छिमेकी मुलुक भारतमा ओमिक्रोन संक्रमण तीव्र रुपमा फैलिएको र नेपालमा समेत त्यसको प्रभाव पर्न सक्ने भन्दै तिलोत्तमाले पूर्वतयारीका कामलाई तीव्रताका साथ अघि बढाउने निर्णय गरेको हो । आइतबार बिहान बसेको तिलोत्तमा नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले कोरोनाको जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्ने÷गराउने निर्णय गरेको छ ।नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले केउलानीमा रहेको अस्थायी कोरोना अस्पताललाई थप स्तरोन्नती गरी स्वास्थ्यकर्मी लगायत आवश्यक उपकरण, स्रोत–साधन र जनशक्तिको पूर्वव्यवस्थापन गर्ने निर्णय गरेको…

जनस्वास्थ्य संघको अध्यक्षमा अधिकारी, महासचिवमा दाहाल निर्वाचित

स्वास्थ्यसमाचार/ जनस्वास्थ्य संघको अध्यक्षमा बसन्त अधिकारी निर्वाचित भएका छन्। प्रगतिशिल समूहका अधिकारीले पेशागत समूहका महेश्वर श्रेष्ठलाई २७ मतले पछि पार्दै जित हासिल गरेका हुन्। अधिकारीले ५९२ मत ल्याएका छन् भने श्रेष्ठले ५६५ मत ल्याएका छन्। यस्तै अध्यक्षमा उम्मेदवारी दिएर पछि श्रेष्ठलाई समर्थन गरेका कृष्णमान शाक्यको पनि १९ मत आएको छ। यस्तै, महासचिवमा सागर दाहाल निर्वाचित भएका छन्। दाहालले प्रतिस्पर्धीभन्दा १२० मत बढी ल्याएर जित हासिल गरेका छन्। दाहालको ६४६ मत आएको छ भने उनका प्रतिस्पर्धी कैलाश खाकी श्रेष्ठको ५२६ मत आएको छ। यसैगरी, उपध्यक्षमा विमला भट्ट विजयी भएकी छन्। उनले…

फ्रन्टलाइनरलाई माघ पहिलो सातादेखि ‘बुस्टर डोज’ खोप दिइने

स्वास्थ्यसमाचार/  माघ पहिलो साताबाट अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो साताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक डोज खोप लगाउने भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले अतिरिक्त थप एक डोज खोप लगाउने निर्णय वताए । नेपालमा अहिले कूल परीक्षण गराएकामध्ये कोभिड–१९ सङ्क्रमण ८.४९ प्रतिशतमा देखिएको छ। शुक्रबारमात्र १४ हजार ९७१ जनामा परीक्षण गर्दा ९६८ जनामा संक्रमण देखिएको थियो। कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक डोज खोप दिने भएको हो। शुक्रबारमात्र २४ जनालाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट…

कोरोना नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीको निर्देशन

स्वास्थ्यसमाचार/ सरकारले आवश्यकताका आधारमा कोरोना नियन्त्रणका लागि ‘लकडाउन’ वा ‘स्मार्ट लकडाउन’ सुरु गर्न स्थानीय सरकारलाई सुझाव दिएको छ। ‘कोभिड९१९ संकट व्यवस्थापन समन्वय केन्द्र’ सिसिएमसी को आज बसेको बैठकमा उसले प्रधानमन्त्रीलगायत वरिष्ठ सरकारी अधिकारीलाई कोरोनाको अवस्थाबारे व्याख्या गरेको थियो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य जनचेतना र खोप अभियानलाई तीव्रता दिन निर्देशन दिएका थिए। त्यस्तै उनले अस्पताल, स्वास्थ्यकर्मी तथा आइसोलेशन सेन्टर र होल्डिङ सेन्टरहरू तयारी अवस्थामा राख्न पनि निर्देशन दिएका थिए।त्यस्तै बैठकमा अति आवश्यक व्यक्ति र समूहका लागि अतिरिक्त खोपको व्यवस्थापन गर्नेबारेमा पनि छलफल भएको थियो। ‘हामी फेरि पनि कोरोना संक्रमणको संकटकै…

नेपालमा २७ जनामा ओमिक्रोन :अस्पताल र स्वास्थ्यकर्मीलाई तयार रहन सरकारकोे निर्देशन

स्वास्थ्यसमाचार/ नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी अवस्थामा रहन अस्पतालहरुलाई निर्देशन दिएको छ। मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्रले ओमिक्रोन भेरियन्टले अस्पतालमा हुनसक्ने अत्याधिक चापलाई मध्येजनर गर्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताइन्। बिरामीलाई आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामाग्रीहरुको यथेष्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइएको उनले बताइन्।यस्तै सिमानाकामा कोरोना परीक्षणलाई थप शशक्त बनाउने तथा पोजेटिभ आएका केसहरुलाई आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको डा। मिश्रले बताइन्। यसका साथै एस-जीन सिक्वेन्सिङ गर्ने सुविधा देशका वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, वीरेन्द्र…