तालिमेलाई औषधी बेच्न दिने सरकारको तैयारी, फर्मासिष्टहरूको विरोध

स्वास्थ्यसमाचार/ नेपाल फार्मेसी संघले दक्ष जनशक्ति हुदा हुदै तालिमको भरमा औषधि बेच्न नदिने बताएका छन्। जनस्वास्थ्य माथि खेलवाड हुने भन्दै संघले तालिमको भरमा कुनै पनि व्यक्तिलाई औषधि बेच्न नदिने बताएका छन्।

औषधि व्यवस्था विभागले तालिम दिएर औषधि बेच्न पाउने विवादास्पद विषयलाई औषधि सल्लाहकार समितको बैठकमा एजेण्डा पेश गर्ने तयारी गरेको छ। नेपाल फार्मेसी संघको नेतृत्वमा गएको टोलिले शुक्रबार औषधी व्यवस्था विभागका महानिर्देशकलाई भेटेर यस विषयमा ध्यानाकर्षण समेत गराएको छ।

विभागको उक्त तयारी कुनै पनि हालमा पुरा हुन नदिने संघका अध्यक्ष अमृत खनालले बताए। उनले भने, ‘यस किसिमको प्रस्ताव बैठकमा आउनु नै खेदजनक छ। हामीले यो कुराको खण्डन गरेका छौँ। कुनै पनि पनि अवस्थामा पास हुन दिदौनौ। र, यो पास नहुनेमा ढुक्क छौँ।’

यस किसिमको एजेण्ड पुनः उठ्न नदिने उनको भनाई छ। देशमा पर्याप्त मात्रामा जनशक्ति हुँदा हुँदै विभागले कसैको प्रभावमा आएर यस किसिमको तयारी गरेको उनीहरुको बुझाई छ। विभागले तालिम दिएर औषधि बेच्न दिने तयारी गरिरहँदा देशभरका फार्मासिस्टले यसको विरोध समेत गरिरहेका छन्।
सात ओटै प्रदेशमा शाखा विस्तार भएको नेपाल फ़ार्मेसी संघ फार्मासिष्ट तथा असिस्टेंट फार्मासिष्टहरूको संस्था हो।

सम्बन्धित शिर्षक :