चिसो बढेपछि बुटवल र देवदहका बिद्यालय दुई दिनको लागि बन्द गर्ने

स्वास्थ्यसमाचार/देवदह र बुटबल उपमहानगरपालिकाले नगरभित्रका विद्यालयहरू दुई दिनको लागि बन्द गर्ने भएका छन । चिसो बढ्दै गएकोले विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यान दिंदै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम शर्माले एक सूचना जारी गर्दै पुस १५ र १६ गते दुई दिन विद्यालय बन्द गर्न सबै विद्यालयहरूलाई निर्देशन दिएका छन् ।विद्यार्थीको स्वास्थलाई ख्याल गर्दै नगरपालिकाको शिक्षा समितिले विद्यालय बन्द गर्ने निर्णय गरेको जारी सूचनामा जनाईएको छ ।

यस्तै वर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले २ दिनका लागि शैक्षिक संस्थाहरु बन्द गर्न आह्वान गरेको छ ।पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले चिसो बढ्दै गएको र तापक्रम घट्दै गैरहेको कारण विद्यार्थीहरूको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालय बन्द गर्न आग्रह गरिएको उपमहानगरले जनाएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै विद्यालयले दिने वर्षे हिउँदे विदाबाट मिलान गर्ने गरी पौष १५ र १६ गते २ दिनका लागि बिदा आह्वान गरिएको हो ।उपमहानगर अन्तरगत रहेका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरु बिहीबार र शुक्रबार बन्द रहने भएका छन् ।

सम्बन्धित शिर्षक :