कोरोना नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीको निर्देशन

स्वास्थ्यसमाचार/ सरकारले आवश्यकताका आधारमा कोरोना नियन्त्रणका लागि ‘लकडाउन’ वा ‘स्मार्ट लकडाउन’ सुरु गर्न स्थानीय सरकारलाई सुझाव दिएको छ। ‘कोभिड९१९ संकट व्यवस्थापन समन्वय केन्द्र’ सिसिएमसी को आज बसेको बैठकमा उसले प्रधानमन्त्रीलगायत वरिष्ठ सरकारी अधिकारीलाई कोरोनाको अवस्थाबारे व्याख्या गरेको थियो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य जनचेतना र खोप अभियानलाई तीव्रता दिन निर्देशन दिएका थिए। त्यस्तै उनले अस्पताल, स्वास्थ्यकर्मी तथा आइसोलेशन सेन्टर र होल्डिङ सेन्टरहरू तयारी अवस्थामा राख्न पनि निर्देशन दिएका थिए।त्यस्तै बैठकमा अति आवश्यक व्यक्ति र समूहका लागि अतिरिक्त खोपको व्यवस्थापन गर्नेबारेमा पनि छलफल भएको थियो।

‘हामी फेरि पनि कोरोना संक्रमणको संकटकै संघारमा छौं’ सिसिएमसीका प्रवक्ता सुनिता नेपालले भनिन् ‘हामीले अहिले देशको अवस्थाबारेमा पनि विश्लेषण सुनाएका छौं। र, रोकथाम अनि नियन्त्रणका लागि पनि सुझावहरू दिएका छौं।’यसअघि नै सरकारले जोखिम भएका स्थानीय तहमा आवश्यकताअनुसार कदम चाल्न स्थानीय सरकार र सिसिएमसीको सम्बन्धित जिल्ला समितिलाई अख्तियारी दिइसकेको छ।

‘अहिले हाम्रो छलफलमात्रै भएको हो। हाम्रो सुझाव अनुसार सम्बन्धित निकायले आआफ्नो कदम चाल्ने भन्नेबारेमा कुरा भएको छ’ प्रवक्ता नेपालले भनिन्।

केही दिनदेखि देशभर कोरोना संक्रमण बढिरहेको छ। कोरोनाको नयाँ भेरिअन्ट पनि थप २४ जनामा पुष्टि भइसकेको छ। यसअघि ३ जनामा त्यही भेरिअन्ट पुष्टि भइसकेको छ।पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९ सय ७१ जनाको नमुना परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो।

शुक्रबार ५४० जनामा संक्रमण पुष्टि भएकामा एकै दिन संक्रमितको संख्या ४०० भन्दा बढी थपिएका हुन्। यो अवधिमा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२ छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ७४१ छ।पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै २८४ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै , ललितपुरमा ६२, मोरङमा २९, भक्तपुरमा २३, चितवनमा २०, दाङमा १५, कास्कीमा १३, धनुषामा १०, सुनसरीमा ९, काभ्रे र कैलालीमा ८र८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित शिर्षक :