जनस्वास्थ्यसंघको निर्बाचन :स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनका लागि काम गर्न पुर्व स्वास्थ्मन्त्री थापाकोआग्रह

स्वास्थ्यसमाचार/ पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनका लागि काम गर्न जनस्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन्।नेपाल जनस्वास्थ्य संघको पेशागत समूहको अन्तरक्रिया कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री थापाले नीति निर्माण तहमा नेतृत्वलाई बुझाउन र लबिइङका लागि जनस्वास्थ्य संघको महत्वूर्ण भूमिका रहेको बताए।

उनले भने, ‘नीति बनाउने तहमा नबुझेकाहरुलाई बुझाउने र स्वास्थ्य क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि जनस्वास्थ्य संघको महत्वपूर्ण भूमिका हुन्छ। स्वास्थ्य क्षेत्रको विकासका लागि काम गर्न मेरो आग्रह छ।’नेपाल जनस्वास्थ्य संघ केन्द्रीय कार्यसमितिको निर्वाचन यही पौष २४ गते हुँदैछ। निर्वाचनमा उम्मेदवारहरुले उठाएका प्रतिवद्धताहरु पुरा गर्न थापाको आग्रह छ।

कार्यक्रममा निर्वाचनका उम्मेदवारहरुले आफुले उठाएका एजेण्डाहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। २४ गते हुने निर्वाचनका लागि संघको पेशागत समूहको अध्यक्षका लागि महेश्वर श्रेष्ठले उम्मेदवारी दिएका छन्।

उपाध्यक्षमा बिमला भट्ट, महासचिवमा सागर दाहाल, सचिवमा रोशन लामा, कोषाध्यक्षमा चेतराज पण्डित, सहकोषाध्यक्षमा उमा थापाले उम्मेदवारी दिएका छन्। यस्तै, खुला सदस्य तर्फ दयाकृष्ण पन्त, अन्जना खड्का, सुदिप चिलुवाल, धनप्रसाद पौडेल, बिन्ज्वाला श्रेष्ठ, डा खकिन्द्र बहादुर भण्डारी, रामानन्द पण्डित, रणधीर कुमार यादव र अम्बिका बाँनियाले उम्मेदवारी दिएका छन्।

सेवाका पहुँचको लागि संघ, प्रदेश तथा स्थानीय तहमा अर्थपूर्ण समन्वय गरिने, जनस्वास्थ्यकर्मीको उपयोग र व्यावसायिक क्षमता वृद्धिको लागि सरकार तथा सरोकार निकायसँग सहकार्य, संवाद तथा पैरवी वकालत गरिने, जनस्वास्थ्य व्यवसायीको हकहितको संरक्षणको लागि पैरवी र व्यवस्थापन गरिने लगायत पेशागत समूहको प्रतिवद्धता छ।

 

सम्बन्धित शिर्षक :