नेपालमा २७ जनामा ओमिक्रोन :अस्पताल र स्वास्थ्यकर्मीलाई तयार रहन सरकारकोे निर्देशन

स्वास्थ्यसमाचार/ नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी अवस्थामा रहन अस्पतालहरुलाई निर्देशन दिएको छ। मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्रले ओमिक्रोन भेरियन्टले अस्पतालमा हुनसक्ने अत्याधिक चापलाई मध्येजनर गर्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताइन्।

बिरामीलाई आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामाग्रीहरुको यथेष्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइएको उनले बताइन्।यस्तै सिमानाकामा कोरोना परीक्षणलाई थप शशक्त बनाउने तथा पोजेटिभ आएका केसहरुलाई आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको डा। मिश्रले बताइन्।

यसका साथै एस-जीन सिक्वेन्सिङ गर्ने सुविधा देशका वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रदेश(२ को प्रदेश जनस्वास्थ्य प्रयोगशाला र भेरी अस्पतालबाट भइरहेको उनले जानकारी दिइन्।

डा मिश्रले नेपालमा पनि ओमिक्रोन संक्रमण अत्याधिक मात्रामा बढ्नसक्ने सम्भावना भएकाले सबैले सजगता अपनाउँदै जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने बताइन्।आज पुष्टि भएका २४ जनासहित नेपालमा ओमिक्रोन संक्रमित हुनेको संख्या २७ पुगेको छ।

सम्बन्धित शिर्षक :