सिद्धार्थ सिटी हस्पिटलमा पौष २२वाट निः शुल्क निःसन्तान शिविर

स्वास्थ्यसमाचार/ सिद्धार्थनगर सिटी हस्पिटल भैरहवाले हस्पिटलको सेवा बिस्तार गर्दै बिरामीहरुलाई निरन्तर स्वास्थ्य सेवा दिइरहेकोछ । हस्पिटलले विभिन्न सेवा सुविधा निरन्तर रुपमा दिदै आएकोमा यही पौष २२ गते बिहिबार काठमाण्डौ तथा विदेशमा लामो अनुभव प्राप्त डाक्टर द्धारा निःसन्तान दम्पतिका लागि स्वास्थ्य शिविर आयोजना गरिएको हस्पिटलका मेडिकल डाइरेक्टर प्रोफेसर डा. जावेद अहमद खानले वताए ।

यस अस्पतालमा स्वास्थ्य शिविरमा वर्षौ देखि सन्तान नभएर चिन्तित भईरहेका निः सन्तान दम्पतिहरुको लागि बावु आमा बन्ने अवसर प्रदान गर्दछ । महिलाहरुमा रहेका विभिन्न किसिमका स्त्री रोगहरुको सफल उपचार पनि गरिने हस्पिटल स्रोतले बताएको छ ।

वरिष्ठ महिला रोग विशेषज्ञ डा. ज्योति राना द्धारा प्रत्येक दिन स्त्री रोग र प्रसुति सम्बन्धी सेवा प्रदान भईरहेकोे यस अस्पतालले निकट भविस्यमा क्ष्ख्ँ सेवा लाई नियमितता दिने भएको छ । यस सेवाले यस क्षेत्रका निसन्तान दम्पतिमा,महिला तथा पुरुषमा हुन सक्ने कारण पत्ता लगाई यसको समाधान गर्नेछ । यस केन्द्रमा विभिन्न किसिमका प्रजनन स्वास्थ्य तकनिकहरु जसरी IVF, IUI सेवा दिईने अस्पताल ले जनाएको छ ।

त्यसैगरि स्वच्छ सफा,एकान्त सान्त वातावरणमा बच्चा जन्माउन चाहने आमाहरु लाई लक्षित गरि अत्याधुनिक मेसिन, अनुभवी डाक्टर तथा दक्ष नर्सहरुबाट सुरक्षित प्रसुति सेवा र नवजात शिशुको स्वास्थ्य सेवा अनुभवि बाल रोग विशेषज्ञ डाक्टरद्धारा NICU,ICU सेवा संचालनमा रहेको महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर ज्योती रानाले बताईन ।

सम्बन्धित शिर्षक :