सनराइज वैक र सिद्धार्थनगर सिटि हस्पिटल बिच कपाल प्रत्यारोपण ऋण संझौता

स्वास्थ्यसमाचार/ भैरहवा स्थित सनराइज वैक र सिद्धार्थनगर सिटि हस्पिटल बीच क्रेडिट कार्ड सुविधा बाट कपाल प्रत्यारोपणको लागि ऋण सम्झौता भएको छ पौष १९ गते सिद्धार्थनगर सिटि हस्पिटलमा भएको कार्यक्रममा हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेल, डर्माटोलोजिष्ट डा.चन्द्र मोहन शाह र बैकका शाखा प्रमुख हरिहर सुवेदी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

बिगत ६ महिना देखि अत्याधुनिक मेसिनयुक्त,उच्च लगानीमा निर्मित १०० बेडको यस हस्पिटलले नियमित रुपमा कपाल प्रत्यारोपण सेवा प्रदान गरिरहेको छ । संभवत राजधानि भन्दा बाहिर छिटो छरितो कपाल प्रत्यारोपण सेवा प्रदान गर्न सक्ने पहिलो हस्पिटल सिद्धार्थनगर सिटी हस्पिटल हो भन्दा फरक नपर्ला । यस सेवा नेपालमा बसोबास गर्ने नेपाली र अमेरिका,जापान,अष्ट्रेलिया स्पेन लगायत ठाउँमा बसोबास गर्ने गैरआवासिय नेपालीहरुले सेवा लिईरहेका छन् ।

कपाल प्रत्यारोपण यस हस्पिटलका ड्रमाटोलोजिष्ट डा.चन्द्रमोहन शाह लगायत विदेशमा तालिम प्राप्त टिमद्धारा सफा सुन्दर वातावरणमा अत्याधुनिक उपकरणबाट बिरामीलाई Wifi,TV, Music System बिच जडित सेवाहरु, अत्याधुनिक प्रविधीमा निर्मित कक्षमा सेवा प्रदान गरिएकोछ ।

विशेष गरि कपाल प्रत्यारोपण सेवा ३० देखि ६० वर्ष उमेर समूहका मानिसहरुले लिने गरेको हस्पिटल स्रोतले बताएको छ । कपाल प्रत्यारोपण पुरुषमा मात्र नभई महिलाहरुमा पनि गरिने र पुरुषहरुमा दारी पनि प्रत्यारोपण गरिएको र गर्न सकिने डा. चन्द्रमोहन शाहले वताए ।

अस्पतालले सन्राइज बैकसँग सहकार्य गरेर किस्ता बन्दी सुविधा दिएको छ । कपाल प्रत्यारोपण लगायत कस्मेटिक उपचारका लागि आउने सेवाग्राहीलाई किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था मिलाइएको र हाल सम्म लगभग २० जनाले सेवा लिईसकेको जस मध्ये हस्पिटलका प्रबन्ध निर्देशक स्वयमले प्रत्यारोपण सेवा लिई सकेको तथा ६÷७ जनाले अग्रिम बुकिङ्ग गरिसकेको अस्पतालका प्रवन्ध निर्देशक अर्जुन पौडेलले वताए ।

त्यसैगरि बैकले ५० हजार देखि ३ लाख सम्म सस्तो ऋण बिना धितो शुन्य व्याजदरमा उपलब्ध गराउने गरि संझौता भएकोछ । बैंकले उपलब्ध गराएको ऋण १२ देखि १८ महिना सम्म किस्तामा तिर्न मिल्ने भएको छ । उक्त ऋणका लागि आयस्रोत भने खुलाउनुपर्ने जनाइएको छ । लग्जरी सुविधा भएकाले एकै पटक शुल्क तिर्न गाह्रो हुनेलाई लक्षित गरेर ऋणको व्यवस्था गरिएको सन्राइज बैकका प्रवन्धक हरिहर सुवेदीले वताए ।

सम्बन्धित शिर्षक :