लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले गर्‍यो ९ निर्णय

विशेषज्ञ चिकित्सिक परिचालन कार्यविधि , स्वास्थ्य उपचार आर्थिक सुविधा लगायतका निर्णय स्वीकृत

स्वास्थ्यसमाचार लुम्बिनी प्रदेश सरकारले प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सिक परिचालन कार्यविधि, २०७८ स्वीकृत गरेको छ । मन्त्रीपरिषदको बैठकले मन्त्री  स्वास्थ्य संञ्चार लगायको बिषयमा बिभिन्न निर्णय गरेको हो ।

सञ्चार मन्त्री एवं प्रबक्ता तिलकराम शर्माले प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सिक परिचालन कार्यविधि, २०७८ स्वीकृत गरेको वताए।त्यस्तै प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा (पहिलो संशोधन) निर्देशिका, २०७८ प्रदेश स्वास्थ्य साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरेको छ ।

लालमटिया स्वास्थ्य चौकी, भालुबाङ, दाङलाई ५० शैयामा स्तरोन्नती गरी प्रदेश सञ्चालन ल्याउन नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको वताए । प्रबक्ता शर्माले स्वास्थ्य क्षेत्रमा कसै र कोही पनि रगतको अभावमा जीवन गुमाउन नपरो भनेर प्रदेश निःशुल्क रक्तसञ्चार व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गरेको बताए ।

यस्तै परिमार्जजन सहितको सञ्चार विधेयक सदनमा पेश गर्ने गरी स्वीकृत गरेको प्रदेश सरकारको गौरवको आयोजना लुम्बिनी प्रदेश राजधानीको गुरु योजना स्वीकृत गरेको छ । संचार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको परिमार्जित विधेयक प्रदेश सभामा पेश गर्ने, वि.सं. २०७९ सालको लागि लुम्बिनी प्रदेशमा सार्वजनिक पर्व एवम् सट्टा विदा र का स्वीकृत गरेको समेत सरकारका प्रवक्ता ले बताए ।

पाल्पा दरबार संग्रहालय विकास समितिमा विज्ञ सदस्यको रुपमा करुणा काफ्ले सदस्यमा चित्र बलिराम सुवाल र शान्ता सारु (पाल्पा) लाई मनोनीत गर्ने, लुम्बिनी प्रदेश यातायात लिमिटेड स्थापना गर्ने निर्णय भएको शर्माले बताए ।

शर्माले विधेयकबारेमा लुम्बिनी प्रदेश पत्रकार महासंघका प्रतिनिधी, पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, निवर्तमान अध्यक्ष गोविन्द आचार्य लगायतको टोलीले सो विधेयकमाथी छलफल तथा राय परामर्श भएकोले गरेकाले गर्दा सो विधेयकलाई उत्तम भएको समेत संञ्चार मन्त्री शर्माले बताए ।

 

सम्बन्धित शिर्षक :