बुटवलमा एकैदिन १०हजार ले लगाए टाइफाइड विरुद्धको खोप

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकामा टाइफाइड विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । आज पहिलो दिनमै १० हजार बालबालिकालाई खोप लगाइएको छ ।

बुटवलको आफ्नै खोप भण्डारण केन्द्रमा रहेको खोप स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्दै उपमहानगर प्रमुख शिवराज सुवेदीले बालबालिका लक्षित स्वास्थ कार्यक्रमलाई संवेदनशील रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो ।

उपप्रमुख गुमादेवी आचार्यले स्वास्थ्यकर्मीलाई सफल अभियानको शुभकामना दिनुभयो । बुटवलका २७ केन्द्रमा १५ महिनादेखि २३ महिनाका करिब चार सय र २ वर्षभन्दा माथिका ९ हजार ६ सय बालबालिकालाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख कल्पना भट्टराईले जानकारी दिनुभयो ।

बुटवलका यो उमेर समूहका ३७ हजार ७ सय ९३ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइँदैछ । २७ गतेसम्मको अभियानका लागि ८० जना स्वास्थ्यकर्मी १९ वटै वडामा खटिएका छन् ।

सम्बन्धित शिर्षक :