संक्रमण रोकथाम र उपचारका लागि कुनै कसर बाँकी नराख्नेः प्रधानमन्त्री ओली

काठमान्डौ /प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण रोकथाम र उपचारका लागि कुनै कसर बाँकी नराख्ने बताए। देशबासीका नाममा सम्बोधन गर्दै उनले उपचारमा संलग्न स्वास्थ्यकर्मी र चिकित्सक, सुरक्षाकर्मीलाई उचित प्रोत्साहन सहित उच्च मनोबलका लागि परिचालन गर्ने व्यवस्था मिलाइएको बताएका हुन । प्रधानमन्त्रीले उपचारका लागि आवश्यक औषधि, उपकरण, अवाश्यक जनशक्तिको प्रबन्ध मिलाउने कार्यलाई उच्च प्राथमिकतामा राखिएकोे बताएका छन्।महामारीसँग जुध्न सजिलो नभएको भन्दै प्रधानमन्त्री ओलीले सरसफाइ, आनीबानी र दैनिक जीवनमा परिवर्तन गर्न आग्रह गरेका छन्। उनले भने,‘नियमित हात धुने गर्नुस, स्यानिटाइजर प्रयोग गर्नुस, सकेसम्म घरमै बस्नुस, चिकित्सकको सल्लाह मान्नुस तर आंतकित नबन्नुस।’कोरोना भाइरस…

बुटबलको धागो कारखानामा सय शय्याको आइसोलेसन अस्पताल

स्वास्थ्यसमाचार/ बुटवलस्थित धागो कारखानालाई अस्थायी अस्पतालका लागि प्रयोग गरिने भएको छ । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल–१० स्थित कारखानामा कोरोना भाइरसका संक्रमितलाई राख्ने गरी आइसोलेनस अस्पतालको रुपमा प्रयोग गर्न लागिएको हो । बुटबल उपमहानगर पालिका नगर प्रमुख शिवराज सुवेदीको विशेष पहल र लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईसहित प्राविधिक, विशेषज्ञको टोली शुक्रवार बिहानैदेखि स्थलमा खटिएको छ । बुटवलमा क्वारेन्टाइनका लागि १सय कोठा तयार पारिएका छन् भने आइसोलेसनका लागि धागो कारखानामा करीब १०० सैयाकाको अस्पताल तयार पार्न लागिएको छ ।प्रादेशिक अस्पताल, निजी तथा सामुदायिक अस्पतालको समेत सहकार्यमा बुटवल…

महामारी नियन्त्रण गर्न जनस्वास्थ्यको अहम भुमिका :मन्त्री बराल

स्वास्थ्यसमाचार/ प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बरालले महामारी नियन्त्रण गर्नका लागि जनस्वास्थ्यको अहम भुमिका हुने बताए । प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा बुटवलमा आयोजित महामारी रोकथाम सम्वन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले जनस्वास्थ्य सम्वन्धी सरोकारका बिषय र जानकारीमुलक सन्देश सर्बसाधारण समक्ष नपुग्दा सोचे अनुसारको प्रगती हासील हुन नसकिरहेको बताए । स्वास्थ्य निकै सम्वेदनसिल बियष भएपनि योजना निर्माण र कार्यन्वयनको ढाँचा भने समय अनुकुल नहुदा बिनियोजन गरिएको बजेट समेत खर्च हुन नसकिरहेको मन्त्री बरालले वताए। कार्यक्रममा स्वास्थ्य निर्देशक डाक्टर बिनोद गिरी ,सामाजीक बिकास मन्त्रालय महाशाखा प्रमुख डाक्टर उमाशंकर चौधरी लगायतले वोलेका थिए…

कोरोना त्रास :रुपन्देहीका अधिकासं साप्ताहिक हाटबजार बन्द

स्वास्थ्यसमाचार/ विश्वका विभिन्न देशमा तीव्ररुपमा फैलिरहेको कोरोना कोभिड– १९ भाइरसको सर्तकता अपनाउनका लागी रुपन्देहीका हाटबजारहरु बन्द गरिएको छ ।   स्थानीय तहहरुले छुट्टाछुट्टै सूचना जारी गरी हाटबजार बन्द गर्ने निर्णय गरेका छन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन केन्द्र, प्रदेश तथा स्थानीय सरकारले धेरै भिडभाड हुने सबै प्रकारका कार्यक्रम नगर्न आह्वान गरेलगत्तै रुपन्देहीका स्थानीय तहले यस्तो निर्णय गरे । जिल्लाको तिलोत्तमा नगरपालिकाले दुई दिन अगाडि आफ्नो क्षेत्रमा लाग्ने सबै हाटबजार बन्द गरेको थियो भने बिहीबार बुटवल उपमहानगरपालिका सैनामैना नगरपालिका सुद्धोधन गाउँपालिका लगायतले पनि हाटबजार बन्द गर्ने निर्णय गरेका छन । बुटवल…

कपिलबस्तुमा मुम्बईबाट आएका युवालाई क्वारेण्टाइनमा राखियो

कपिलवस्तु / भारतको मुम्बईबाट आएका एक युवालाई क्वारेण्टाइनमा राखिएको छ । कपिलवस्तु नगरपालिका(२, लम्तियाका २५ वर्षीय वृजमन धोबीलाई तौलिहवामा रहेको महेन्द्र आधारभूत विद्यालयमा स्थापना गरिएको क्वारेण्टाइनमा राखिएको हो। धोबी बुधवार राति मात्रै मुम्बईबाट घर आइपुग्नु भएको हो। उहाँलाई सामान्य घाँटी दुखेको र ज्वरो आएको थियो । मुम्बईबाट आएका धोबीलाई ज्वरो आएको खबर पाएपछि आफू गाउँ गएर क्वारेण्टाइनमा ल्याउन पहल गरेको कपिलवस्तु नगरपालिका २ का अध्यक्ष राम भजन कलवारले बताए ।। भारतबाट नेपालतर्फ आएका शंकास्पद बिरामीहरुलाई १४ दिनसम्म क्वारेण्टाइनमा राखिनेछ । क्वारेण्टाइनमा स्वास्थ्यकर्मीको निगरानीमा २ हप्तासम्म राखेपछि सामान्य अवस्था देखिए मात्रै…

कोरोना प्रभाब :समायोजन भएका कर्मचारीको रमाना तत्काल रोक्ने

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन भई हाल कार्यरत रहेका संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मीलाई समायोजन तथा पदस्थापना भएको स्थानमा जान रोक लगाउने निर्णय गरेको छ। मन्त्रालयले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै तत्कालिका लागि स्वास्थ्यकर्मीलाई समायोजन र पदस्थापना भएको स्थानमा जान रमाना रोकी कार्यरत निकायबाटै तलब भत्ता खाने गरी कामकाजमा लगाउने निर्णय गरेको हो। यस्तै मन्त्रालयले स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभागलाई अधिकृत सातौं स्तरसम्मका सम्बिन्धित स्वास्थ्यकर्मीलाई कामकाज गर्न खटाउन सक्ने गरी अधिकार प्रत्यायोजन समेत गरेको छ। मन्त्रालयले करार वा छात्रवृत्ति करारमा कार्यरत स्वास्थ्यकर्मीलाई चालु आर्थिक वर्षसम्म तलब…

बुटवलमा कोरोना पूर्वतयारीलाई प्रभावकारी बनाइँदै, क्वारेन्टाइनका लागि ठाउँ तयार

स्वास्थ्यसमाचार /बुटवल उपमहानगरपालिकाले नोबेल कोरोना (COVID–19) पूर्वतयारीलाई तीब्रता दिएको छ ।यसैक्रममा उपमहानगरमा सरोकारवालाको बैठक बस्दै पूर्वतयारी र त्यसपछिका अवस्थाको व्यवस्थापनका लागि साझा रणनीति तय गर्नेसमेत निर्णय गरेको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीको अध्यक्षतमा बुधबार बसेको बैठकमा प्रदेश सरकरको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रादेशिक अस्पताल, सामुदायिक तथा निजी अस्पतालका सञ्चालक, स्वास्थ्यकर्मी र विशेषज्ञहरुको सहभागिता थियो । सोही बैठकमा सहभागी निजी क्षेत्र तथा व्यवसायिक संघसंस्था र प्रतिष्ठानका सञ्चालकहरुले समन्वय गर्ने प्रतिबद्धता जनाएका थिए । बुटवल उपमहानगरले क्वारेन्टाइनका लागि पहिलो चरणमा बुटवलका चारवटा सामुदायिक विद्यालयका ४० वटा कोठालाई र एसइइ…

युनिभर्सल मेडिकल कलेज डाक्टरहरू सुरक्षाको माग गर्दै पेन डाउन

स्वास्थ्यसमाचार/ युनिभर्सल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी तथा डाक्टरहरूले सुरक्षाको माग गर्दै पेन डाउन गरेका छन्। सोमबार डाक्टरमाथि भएको आक्रमणलाई लिएर काममा सुरक्षाको ग्यारेण्टीको माग गर्दै दोषीलाई कारवाही नभए सम्म कुनै पनि काम नगरी पेन डाउन गरेका हुन्। स्वास्थ्य सेवा दिइरहेका डाक्टरलाई कार्यकक्षमै निर्घात कुटपिट गरेको र डराउँदै काम गर्नु वातावरण नहटेसम्म आफूहरुले काम नगरि कालोपट्टी बाँधेर विरोधमा उत्रिएको उनीहरुले बताए। आइसियू कक्षामै पुगेर डाक्टरमाथि आक्रमण गर्दा पनि प्रहरी प्रशासनले व्यक्ति पहिचान हुँदा पनि अझै सम्म कारबाही नगरेको गुनासो पोख्दै काममा सुरक्षाको प्रत्याभूति नभए सम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताए।शुक्रबार देखि…

तिलोत्तमाका सार्वजनिक ठाउमा सुर्तीजन्य पदार्थ सेवन निषेध

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले सुर्ती, गुड्खा, चुरोटको सेवनलाई सार्वजनिक स्थलमा निषेध गरेको छ । सार्वजनिक स्थल, सडक, चोकमा गुड्खा र सुर्तीका खोल फाल्ने क्रम नरोकिएपछि नगरपालिका यसका प्रयोगकर्ताहरुप्रति कडा रुपमा प्रस्तुत भएको हो । नगरपालिकको पछिल्लो कार्यपालिका बैठकले सार्वजनिक स्थलमा धुर्मपान एवं सुर्तीजन्य पदार्थलाई निषेध गर्दै कसैले सार्वजनिक स्थलमा धुर्मपान एवं सुर्तीजन्य पदार्थ सेवन गरेमा कारवाही गर्ने निर्णय गरेको छ । नगरपालिकाले कारवाहीको अधिकार टोल विकास संस्था समेतलाई प्रत्यायोजन गरेको छ । अधिकार प्रत्योजनसँगै सार्वजनिक स्थलमा धूममान एवं सुर्तीजन्य पदार्थ प्रयोग गर्नेलाई टोल विकास संस्थाले जरिवाना तिराउन सक्नेछन् । नगरपालिकाको कार्यविधिमा…

प्रदेश ५ मा ११९ आइसोलेसन बेड ३ क्वारेण्टाइन तयारी

स्वास्थ्यसमाचार/ प्रदेश नम्बर ५ का तीन बुटवल दाङ बाँके जिल्लामा क्वारेण्टाइन राखिने भएको छ । प्रदेश ५का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले बुटवलको बुटवल धागो कारखाना, दाङको बेलझुण्डीमा रहेको आर्यूवेद अस्पताल र बाँकेको खजुरामा रहेको कपास निगमको भवनलाई क्वारेण्टाइनको रुपमा तयार गरिने बताए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको सहकार्यमा ती स्थानमा कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि क्वारेण्टाइन क्षेत्र बनाउन थालिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ४ सयदेखि ५ सय जनालाई राख्न सकिने छ । प्रदेश ५ का सरकारी र निजी अस्पतालमा १ सय १९ वटा…