सैनामैना नगरपालिकाको सालझन्डीमा सर्पदंश उपचार केन्द्र सञ्चालन

स्वास्थ्यसमाचार /रुपन्देहीको सैनामैनामा सर्पदंश तथा स्वास्थ्य उपचार केन्द्र सञ्चालनमा आएको छ ।सैनामैना नगरपालिका वडा नंं ११ पिपलडांडास्थित करिब १४ कठ्ठा जग्गामा एक करोड ११ लाख रुपैयां लागतमा उक्त उपचार केन्द्र सञ्चालनमा आएको हो । २०७२ सालमा सर्पदंश उपचार केन्द्र निर्माणका श्रीमद भागवत महायज्ञ आयोजना गरी ६९ लाख रुपैयां वचत भएको थियो । यस्तै भवन निर्माणका लागी सैनामैना नगरपालिकाले २९ लाख ५५ हजार रुपैया,स्थानीय नरिश्वर पाण्डेले तिन लाख रुपैयां, कञ्चन गाउपालिकाले ९८ हजार,गैडहवा गाउपालिकाले एकलाख र भूपू सैनिक सालझण्डीले रु५५ हजार सहयोग तथा स्थानीयबासीहरुको चन्दा रकमबाट भवन निर्माण गरेको निर्माण समितिका…

ज्वरो १०२ डिग्रीभन्दा कम भए कोरोना संक्रमणको आशंका गर्नु पर्दैन : डा आचार्य

वुहानबाट फर्केका डाक्टर  डा रमेश आचार्य भन्दछन ज्वरो आएको मानिसको शरीरमा तापक्रम एक सय २ डिग्रीभन्दा कम भए कोरोना भाइरसको संक्रमण भयो कि भनेर आत्तिनु पर्ने स्थिति नरहेको डा रमेश आचार्यले बताएका छन् । उनी तिनै चिकित्सक हुन्, जो कोरोना भाइरसको उद्गम मानिएको चीनको वुहान प्रान्तमा थिए । र, तीन हप्ताअघि नेपाल फर्केपछि खरिपाटी भक्तपुरमा व्यवस्था गरिएको क्वारेनटाइनमा २ हप्तासम्म रहेका थिए । मन्दिर जाँदा सावधान राजधानीमा स्वास्थ्य राज्यमन्त्री नवराज रावतसमेत उपस्थित एउटा कार्यक्रममा डा आचार्यले कोरोना भाइरस ३० डिग्री सेन्टिग्रेटभन्दा माथिको तापक्रममा फैलिन नसक्ने पनि बताए । ‘चर्को घाममा…

नेपाल चिकित्सक संघ लुम्बिनी शाखामा डा. ढकाल

स्वास्थ्यसमाचार/ नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको अध्यक्षमा डा ईन्द्र ढकाल निबिरोध निर्बाचित भएका छन । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा डा डिवि खत्री, उपाध्यक्षमा डा संदीप सुबेदी महासचिबमा डा सन्तोष पोखरेल कोषाध्यक्षमा डा सरिता देबि श्रेष्ठ सहसचिब सागर क्षेत्रि सह कोषाध्यक्षमा डा नेत्र बहादुर राना निर्बाचित भएका छन । त्यस्तै सदस्यमा डा बिनोद कुमार पराजुली,डा बर्षा थापा डा शमिर आर्चाय,डा मोहन तिबारी,डा राज कुमार श्रेष्ठ र डा खलिल मिया निर्बाचित भएको प्रमुख मतदान अधिकृत डा कृष्ण खरेलले बताए । मतदान अधिकृत डा सम्राट पराजुलीले फागुन भित्र सबै शाखाको निर्बाचन सम्पन्न गर्न…

कोरना संक्रमितका लागी प्रदेश ५का १२अस्पतालमा आइसोलेशन बेड तयार

स्वास्थ्यसमाचार प्रदेश ५ का १० वटा अस्पतालमा कोरना संक्रमित विरामीको उपचार गर्नका लागि आइसोलेशन बेड तयार भएका छन। प्रदेश ५ सामाजिक विकास मन्त्रालयले १२ वटा जिल्लालार्ई पायक पर्ने अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको आइसोलेशन बेड तयारी अवस्थामा राखेको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २ वटा क्याबिन आइसुलेशन बेडका रूपमा छुट्याइएको अस्पतालको अस्पतालमा मेसु डा राजेन्द्र खनालले बताए । उक्त अस्पतालमा बिरामीको चापअनुसार बेड थप्न सकिने अस्पतालले जनाएको छ। लुम्बिनीमा डा सुदर्शन थापालाई कोरोना संक्रमित बिरामीको उपचार गर्ने फोकल चिकित्सकका रूपमा तोकिएको छ। यसैगरी भेरी अस्पताल नेपालगञ्जमा डा प्रकाश थापा, पृथ्वी…

विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन १५ सुझाव

कोरोना भाइरस ‘कोभिद–१९’ हाल ८५ भन्दा बढी मूलुकमा फैलिएको छ। यसको संक्रमणबाट आइतबारसम्म ३५ सय मानिसले ज्यान गुमाइसकेका छन् भने १ लाख ५ हजारभन्दा बढी संक्रमित भएका छन्। अहिलेसम्म ५८ हजारभन्दा बढि संक्रमित निको भइसकेका छन्। कोरोनाको प्रकोप विश्वव्यापी बन्दैजाँदा यस भाइरससँगै यसबारेको बिभिन्न भ्रम र हल्लाका कारण पनि त्रास झन बढेको यस क्षेत्रमा संलग्न निकायहरुले बताएका छन्। विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले कोरोनाबारे सचेतना जगाउनु पर्नेमा भ्रामक अफवाह फैल्याउने कार्य निन्दनीय भएको बताएको छ। डब्लूएचओले कोरोनाबारे फैलिएका भ्रम हटाउन हालै १५–बुँदे सुझाव सार्वजनिक गरेको छ। गलत अफवाहलाई चिर्न पनि…

पाल्पाको तानसेनमा डायलाईसिस सेन्टर संञ्चालन हुने

स्वास्थ्यसमाचार /गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था, बुटवलले पाल्पाको तान्सेनमा स्थापना गरेको पाल्पा सामुदायिक डायलाईसिस सेन्टरले आफ्नो सेवा शुभारम्भ गर्ने तयारीमा रहेको छ । रोटरी क्लब अफ सेन्ट्रल बुटवलको आर्थिक सहयोगमा स्थापना गरिएको डायलाईसिस सेन्टरले यहि चैत ७ गते देखि सेवा शुभारम्भ गर्ने तयारी गरेको हो । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले सेन्टरमा भवन निर्माण, डायलाईसिस मेशिन जडान लगायतका सम्पूर्ण कामहरु पुरा भएकोले ७ गतेदेखि सेवा शुभारम्भ गर्न लागिएको जानकारी दिए । हाल १० वटा मेशिनबाट विरामीहरुको मृगौला डायलाईसिस गरिने र आवश्यकताको आधारमा थप मेशिन समेत जडान गरिने रोटरी क्लब…

स्वास्थ्य कार्यालय अर्घाखाचीको आयोजनामा अन्तराट्रिय श्रमिक महिला दिबस मनाईयो

स्वास्थ्यसमाचार /जिल्ला स्वास्थ्य कार्यालय अर्घाँखाँचीको आयोजनामा १सय १० औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईयो ।समानताको पुस्ताःअन्त्य गरौँ हिँसा,विभेद र असमानता भन्ने मूख्य नाराका साथ अन्र्तरकृया गरी मनाईएको हो। कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख राजनैतिक संघ संगठनका महिलाहरुको सहभागिता रहेको थियो। अन्र्तरकृयामा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीका प्रमुख पुष्पा थापा ले महिलाहरुको आत्म सम्मानको रक्षा हुनु,सद्भाव,समान व्यवहार,महिला हकहित र अधिकारका लागी आफुले आफुलाई मायाँ,अवसर प्रदान गर्नु पर्ने बताईन । थापाले आफुलाई शारिरीक,मानसिक,सामाजिक तथा संवेगात्मक रुपमा स्वस्थ राख्न आवश्यक रहेको बताईन ।कार्यक्रममा डा.आयुष्मा भुसालले वास्तबिकता बताउदै म यस्तो आमा हुँ जसले आफ्नो छोरीलाई…

भैरहवामा नेपाल भारतको वैठक :सीमामा स्वास्थ्य परीक्षण गर्ने

रुपन्देही/ विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरससँग जुध्नका लागि नेपाल र भारत दुवै देशका अधिकारीले सहमति जनाएका छन्।भारतको दिल्ली, जयपुर, तेलगांना, अमृतसर, लखनउ, आगरा लगायतको सहरमा कोरोना भाइरस संक्रमित फेला परिसकेका छन्। भारतमा शनिबारसम्म ३३ जना ९१६ जना विदेशी० संक्रमित भेटिएका छन्। भारतको केन्द्रीय स्वास्थ्यमन्त्री हर्ष वर्धनले त्यहाँको लोकसभामा २९ हजार ६ सय ७ जना शंकास्पद रहेकोले उनीहरुलाई चित्किसक निगारानी राखिएको जानकारी दिएका छन्।शनिबार भैरहवामा बसेको नेपाल–भारतको ‘काउन्टर पार्ट’ बैठकले भाइरससँग जुध्नका लागि विभिन्न निर्णय गरेको छ। बैठकले रुपन्देही र महाराजगंजको दुवै सीमा क्षेत्रमा तेस्रो मुलुकका आउने जाने पर्यटकले अनिवार्य…

तेस्रो मुलुकसहित भारतीय नागरिकको उपस्थिति हुने प्रदेश ५ कोरोनाको उच्च जोखिममा

स्वास्थ्यसमाचार/कोरोना भइरसको पूर्वतयारीका लागि सामाजिक विकास मन्त्रालयमा आयोजित विपत सम्बन्धी बैठकमा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले भने,‘यो बेलामा तीन÷तीन घण्टा बैठकका नाममा समय बर्बाद गर्ने होइन, यो बेला काम गर्ने हो । ’उनको अपेक्षा थियो प्रदेश सरकारले प्रतिकार्य तयारीको योजना बनाओस् ।स्थानीय तहसंग समन्वय गरेर काम गरोस् ।तर प्रदेश सरकारसंग अहिलेसम्म पनि कोरोना प्रतिकार्य योजना तयार भएको छैन । सामाजिक विकास मन्त्रालयले योजना बनाउनुपर्ने भए पनि लार्पबाही गरिरहेको छ । मन्त्री सुदर्शन बरालले बैठकहरु बस्न थालेको भन्दै योजना बन्दै जाने बताए । तेस्रो मुलुकसहित भारतीय नागरिकको बाक्लो उपस्थिति हुने…

तिलोत्तमामा गर्भवतीसँग उप–प्रमुख पोषण कार्यक्रम सुरु

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम सुरु गरेको छ । गर्भवती आमा र शिशुको स्वास्थ्यलाई प्रवद्र्धन गर्न यो कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले बताईन । कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पु¥याउनुपर्ने कुराको बारे चेतना फैलाउने नगरपालिकाले जनाएको छ । शुक्रबार वडा नं. १७ को गंगोलिया स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा गर्भवती महिलालाई पौष्टिक आहार र क्यालसियम चक्की वितरण गरी गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम सुरु गरिएको हो । नगरपालिकाले यसअघि नै गर्भवतीका लागि चाहिने क्यालसियम निःशुल्क दिने निर्णय गरेको थियो । एक जना महिलाका लागि गर्भधारण गरेको…