महामारी नियन्त्रण गर्न जनस्वास्थ्यको अहम भुमिका :मन्त्री बराल

स्वास्थ्यसमाचार/ प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बरालले महामारी नियन्त्रण गर्नका लागि जनस्वास्थ्यको अहम भुमिका हुने बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा बुटवलमा आयोजित महामारी रोकथाम सम्वन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले जनस्वास्थ्य सम्वन्धी सरोकारका बिषय र जानकारीमुलक सन्देश सर्बसाधारण समक्ष नपुग्दा सोचे अनुसारको प्रगती हासील हुन नसकिरहेको बताए ।

स्वास्थ्य निकै सम्वेदनसिल बियष भएपनि योजना निर्माण र कार्यन्वयनको ढाँचा भने समय अनुकुल नहुदा बिनियोजन गरिएको बजेट समेत खर्च हुन नसकिरहेको मन्त्री बरालले वताए।

कार्यक्रममा स्वास्थ्य निर्देशक डाक्टर बिनोद गिरी ,सामाजीक बिकास मन्त्रालय महाशाखा प्रमुख डाक्टर उमाशंकर चौधरी लगायतले वोलेका थिए ।

३ दिने महामारी रोकथाम कार्यक्रम प्रदेश पाँचका १२ जिल्लाका अस्पताल गाउँँपालीका तथा नगरपालीका भित्रका स्वास्थ्य संयोजकहरु सुरक्षाकर्मि प्रशाशन र संञ्चारकर्मि लगायतको सहभागीतामा रहेको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य अधिकृत गोपाल प्रसाद गौतमले बताए ।

सम्बन्धित शिर्षक :