प्रदेशका सबै अंगहरुलाई सतर्क रहन मुख्यमन्त्रीको निर्देशन

स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै अंगहरुलाई सतर्क रहन निर्देशन दिएका छन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न प्रदेश अन्तर्रगतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, ३ वटै सुरक्षा निकायका प्रादेशिक प्रमुखहरू संगको बैठकमा कोरोना भाइरसको सम्भावित जोखिम अन्त गर्नका लागि सतर्क रहन निर्देशन दिएका हुन ।

वैठकमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुले कोरोनाको सम्भावित जोखिम कम गर्न आ आफ्नो जिल्लामा भएका तयारी बारे मुख्यमन्त्रीलाई जानकारी गराएका थिए। मुख्यमन्त्रीले यस क्षेत्रमा रुपन्देहीको भीम हस्पिटल, दाङको आर्युबेद अस्पताल, बाँकेको क्यान्सर अस्पताललाई आईसुलेसन अस्पतालको रुपमा प्रयोग गर्न निर्देशन दिए ।

सीमा नाकामा आवतजावत अत्यावश्यक बाहेक सबै बन्द गर्न भारतीय समकक्षीसँग पनि सहकार्य गर्ने, सरकारी कार्यलयमा हुने भीँडलाइ कम गर्ने उपाय अबलम्बन गर्ने, बजार अनुगमनलाई तिब्रता दिने, एम्बुलेन्सहरुको रेकर्ड राख्ने, यस्तो अवस्थामा बिरामी नलिने अस्पताल र डाक्टरहरूको रेकर्ड राख्ने लगायतका मुख्यमन्त्रीले निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बन्धित शिर्षक :