इटली: कोरोनाको उपचारमा संलग्न १३ डाक्टर मृत्यु २ हजार बढी स्वास्थ्यकर्मी संक्रमित

इटली, ७ चैत / नोवेल कोरोना भाइरसको संक्रमणका कारण इटलीमा थप ५ जना डाक्टरको मृत्यु भएको छ ।

यो सँगै इटलीमा कोरोना भाइरसका कारण मृत्यु हुने डाक्टरहरुको संख्या १३ पुगेको छ । चीनको वुहानपछि सबैभन्दा प्रभावित बनेको इटलीमा अहिलेसम्म २ हजार ६ सय २९ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण इटलीका विभिन्न स्वास्थ्य संस्था र स्वास्थ्य क्षेत्रमा कार्यरतको संख्या ८ दशमलव ३ पुगेको छ । कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी यसबाट प्रभावित हुने क्रम बढेको छ । यस्तै बुल्गेरिका दुई दर्जन बढी स्वास्थकर्मीले राजीनामा दिएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट प्रभावितको उपचारमा खटिनुपर्ने सरकारको निर्णयपछि उनीहरुले राजीनामा दिएका हुन् ।हाम्रो डक्टरन्युजबाट

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :