कोरोना त्रास :रुपन्देहीका अधिकासं साप्ताहिक हाटबजार बन्द

स्वास्थ्यसमाचार/ विश्वका विभिन्न देशमा तीव्ररुपमा फैलिरहेको कोरोना कोभिड– १९ भाइरसको सर्तकता अपनाउनका लागी रुपन्देहीका हाटबजारहरु बन्द गरिएको छ ।

 

स्थानीय तहहरुले छुट्टाछुट्टै सूचना जारी गरी हाटबजार बन्द गर्ने निर्णय गरेका छन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन केन्द्र, प्रदेश तथा स्थानीय सरकारले धेरै भिडभाड हुने सबै प्रकारका कार्यक्रम नगर्न आह्वान गरेलगत्तै रुपन्देहीका स्थानीय तहले यस्तो निर्णय गरे ।

जिल्लाको तिलोत्तमा नगरपालिकाले दुई दिन अगाडि आफ्नो क्षेत्रमा लाग्ने सबै हाटबजार बन्द गरेको थियो भने बिहीबार बुटवल उपमहानगरपालिका सैनामैना नगरपालिका सुद्धोधन गाउँपालिका लगायतले पनि हाटबजार बन्द गर्ने निर्णय गरेका छन ।

बुटवल उपमहानगरपालिकाले सबै संक्रमणबाट सतर्कता अप्नाउनका लागि अनिश्चितकालका लागि साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख शिवराज सुवेदीले बताए । सैनामैना नगरपालिकामा पनि साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरिएको सैनामैना नगरपालिकाका प्रवक्ता रत्नबहादुर पौडेलले जानकारी दिए ।

सैनामैना ४ मुर्गिया नगरसभाको हलमा बिहीबार बिहान बसेको कार्यपालिका बैठकले विश्वभर विकराल रुपमा फैलिरहेको कोरोना भाइरसबाट सर्तकता अपनाउनका लागि साप्ताहिक हाटबजार बन्द गर्ने, नगरमा कुनै पनि भेला, गोष्ठी सेमिनार, सभा सम्मेलन नगर्ने निर्णय गरिएको नगरका प्रवक्ता पौडेलले बताए ।

शुद्धोधन गाउँपालिकाले पनि गाउँपालिकामा दैनीक बिभिन्न क्षेत्रमा लाग्ने हाटबजार बन्द गर्ने निणर्य गरेको प्रमुख प्रशासकिय अधिकृत अनन्त पाणि मरासिनीले बताए ।उनले आजसुचना निकालेर सबै हाटबजार बन्द गरिएको बताए ।

सम्बन्धित शिर्षक :