बुटबलको धागो कारखानामा सय शय्याको आइसोलेसन अस्पताल

स्वास्थ्यसमाचार/ बुटवलस्थित धागो कारखानालाई अस्थायी अस्पतालका लागि प्रयोग गरिने भएको छ । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल–१० स्थित कारखानामा कोरोना भाइरसका संक्रमितलाई राख्ने गरी आइसोलेनस अस्पतालको रुपमा प्रयोग गर्न लागिएको हो ।

बुटबल उपमहानगर पालिका नगर प्रमुख शिवराज सुवेदीको विशेष पहल र लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईसहित प्राविधिक, विशेषज्ञको टोली शुक्रवार बिहानैदेखि स्थलमा खटिएको छ ।

बुटवलमा क्वारेन्टाइनका लागि १सय कोठा तयार पारिएका छन् भने आइसोलेसनका लागि धागो कारखानामा करीब १०० सैयाकाको अस्पताल तयार पार्न लागिएको छ ।प्रादेशिक अस्पताल, निजी तथा सामुदायिक अस्पतालको समेत सहकार्यमा बुटवल कोरोना विशेष (अस्थायी) अस्पताल निर्माणको काम तीब्र पारिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

बुटवल उपमहानगरले सामुदायिक र निजी अस्पतालका सञ्चालकलाई बोलाएर आपतकालीन अवस्थालाई मध्यनजर गर्दै तम्तयार रहन आग्रह गरेको थियो ।लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखानाको एउटा ब्लकलाई अस्पतालको मापदण्डअनुसार तयार पारेर फिनिसिङ गर्ने काम भइरहेको प्रमुख सुवेदीले बताए ।

 

हाल आइसोलेसनसँगै बाहिरी क्षेत्रमा घेरवार लगाउने, शौचालय बनाउने र भवन परिसरलाई नै संक्रमणरहित बनाउनेतर्फ लागेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले अस्पतालका फोकलपर्सन र विशेषज्ञलाई समेत निरीक्षण गराएर आइसोलेसन तयार पार्न लागिएको बताए ।

सम्बन्धित शिर्षक :