कोरोना प्रभाब: घरभित्रै रहन बुटवल उपमहानगरपालिकाको आग्रह

स्वास्थ्यसमाचार /विश्वव्यापी संक्रमण फैलिरहेको कोरोना भाईरसबाट बच्न बुटवल उपमहानगरपालिकाले सजगता अपनाउन नगरवासीलाई आग्रह गरेको छ । उपमहानगरपालिकाले स्थानियलाई अत्यावश्यक काम बाहेक सेल्फ क्वारेन्टाइनमा बस्न अपिल गरेको हो ।उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नगरवासीलाई समयमै संयमता अपनाई उच्च मनोबलका साथ कोरोनासँग लड्नुपर्ने बताए । ‘उपमहानगरपालिकाले घरमै बस्न, अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन र स्वनियममा रहन सार्वजनिक अपिल गरेको हो ।उपमहानगरपालिकाले कोरोना संक्रमणलाई भयावह हुन नदिन बुटवलमा रहेको धागो कारखानाको खाली भूभागमा आईशोलेशन कक्षसमेत निर्माण गरेको छ । यस्तै सोमबार नगरका सबै वडामा सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्दै माइकिङसमेत गरेको छ ।

कोरोना प्रभाब: तिलोत्तमा नगरपालिकाभित्र एक हप्ता लकडाउन

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका भित्रका उद्योगधन्दा, कलकारखाना, होटल, रेष्टुरेन्ट, चिया-खाजा पसल, व्यवसाय, हार्डबेयर, निर्माण कार्य, हाटबजार, पार्क, खेलमैदान, व्यायमशाला, सैलुन, सहकारी, व्युटीपार्लर, फेन्सीलगायत अत्यावश्यक बाहेकका सबै सेवा एक हप्ता बन्द हुने भएका छन् । सोमबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले कोरोना संक्रमण रोक्न चैत ११ देखि १७ गतेसम्म नगरपालिकामा लकडाउन गर्ने निर्णय गरेको हो । अत्यावश्यक सेवामा औषधि, खाद्यन्न, पानी, दुग्ध पदार्थ, दमकल, एम्बुलेन्स, सञ्चार, ईन्धन, फोहोरमैला व्यवस्थापनलगायत छन् । सरकारले अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाहिर ननिस्कन अनुरोध गरे पनि त्यो प्रभावकारी नभैरहेको अवस्थामा तिलोत्तमाले मानिसको जमघट रोक्न यस प्रकारको निर्णय गरेको प्रवक्ता…

प्रदेश ५ सरकारले १० करोड कोरोना नियन्त्रण कोष स्थापना गर्ने

स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकार, मन्त्रिपरिषदको चैत १० गते बसेको बैठकले १० करोड रुपैयाँको नोभल कोरोना भाइरस नियन्त्रण कोष बनाउने निर्णय गरेको छ । कोषमा माननीय मुख्यमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने बताईएको छ। नोभल कोरोना भाइरस नियन्त्रण, प्रतिकार्य र रोकथामका लागि आइसोलेसन अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापन गर्न मन्त्रीहरु संयोजक रहेको व्यवस्थापन समिति गठन गरिएको छ । जसअनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकालागि संयोजक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, सदस्यहरुमा बुटवल उपमहानगरपालिका नगरप्रमुख, तिलोत्तमा नगरपालिका नगरप्रमुख,रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख,देवदह मेडिकल कलेजका प्रमुख…

लायन्स क्लब बेल्बास सिटीद्वारा १० हजार माक्स बितरण

स्वास्थ्यसमाचार/लायन्स क्लव अफ बुटबल बेलबास सिटीले नेपालले कोरोना भाईरस सम्बन्धि सचेतना तथा माक्स वितरण कार्यक्रम गरेको छ । बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण नेपाल उच्च जोखिममा परेका कारण सचेतना कार्यक्रम गर्नुका साथै माक्स बितरण गरिएको लायन्स क्लव अफ बुटबल बेलबास सिटीका अध्यक्ष लक्ष्मण खड्काले बताए । सो अबसरमा १० हजार थान माक्स बितरण गरिएको थियो । उनले कोरोनाबाट बच्नका लागि नियमित रुपमा सावुन पानीले हात धुनु पर्ने, हात नमिलाउने, भिडभाडमा जादा माक्स लगाएर मात्र जान सुझाव दिएका थिए । लुम्बिनी सामुदायिक मुटु अस्पताल पनि अब तिब्र गतिमा अघि…

फ्रान्सबाट नेपाल आएकी एक नेपालीलाई कोरोना पुष्टि

स्वास्थ्यसमाचार/ काठमाडौंमा एक जनामा कोरोना पोजेटिभ भेटिएको पुष्टि भएको छ। फ्रान्सबाट नेपाल फर्केकी १९ बर्षिय एक युवतीमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी दिइएको हो। गत मंगलबार चैत ४ गते फ्रान्सबाट कतार हुदै नेपाल आएकी उनमा कोरोना पोजेटिभ भेटीएको हो। उनी हाल टेकु अस्पतालमा रहेको स्वास्थ्य मन्त्रालयले मन्त्रालयले जनाएको छ । उनको सम्पर्कमा रहेका केही व्यक्तिलाई पनि निगरानी राखिएको देवकोटाले बताए।

कोरोना विरुद्धमा उभिए बुटबलका राजनितिक दल

स्वास्थ्यसमाचार/ विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाईरस (कोभिड–१९) नेपाल भित्रिन नदिनकालागि आवश्यक पहलकदमी उठाउन बुटवलमा क्रियाशिल बिभिन्न ८ राजनीतिक दलहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । बुटवलमा कृयाशिल बिभिन्न राजनीतिक दलहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरि भारतीय सिमानाकामा आवतजावत व्यबस्थित र चेकजाँच व्यबहारिक हुन नसकेको भन्दै आवतजावतलाई अभिलेख राख्न र चेकजाँचलाई कडाईका साथ लागु गर्न आग्रह गरेका हुन । राजनीतिक दलहरु नेपाली काँग्रेसका नगर सभापति खेलराज पाण्डे, राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष थर्कबहादुर बाह्रघरे, राप्रपाका नगर अध्यक्ष निरजप्रताप खाँण, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष तुलसीराम शर्मा, नेपाल मजदुर किसान पार्टी रुपन्देहीका…

कोरोना भाइरसबाट बेलायतमा एक नेपालीको मृत्यु

लन्डन /कोरोना भाइरसको महामारीबाट बेलायतमा एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । संखुवासभा खांँदबारी नगरपालिका १० स्थायी घर भई हाल लण्डन साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार (मार्च १७) लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । पारिवारिक स्रोतका अनुसार राई केही दिनअघि मात्र अस्पतालबाट घर आएका थिए । मंगलबार दिउँसो ४ बजेतिर उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई फेरि अस्पताल लगिएकोमा सांझ ८ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए । राईको निधनको तीन दिनपछि अस्पतालले परिवारलाई सम्पर्क गरेर उनको निधन कोरोना भाइरसका…

चीनद्वारा नेपालसहित ८२ देशलाई पीपीइसहित परीक्षण किट सहयोग

काठमाडौं, ८ चैत/चीनले कोरोना भाइरस संक्रमणसँग जुधिरहेका ८२ वटा देशलाई पीपीई सहित परीक्षण किट सहयोग गर्ने भएको छ । विदेशमन्त्रीका प्रवक्ता जेङ सुयाङले ८२ देश, विश्व स्वास्थ्य संगठन र अफ्रिकन युनियनलाई कोरोना विरुद्दको अभियानमा सहयोग गर्ने घोषणा गर्नुभएको हो । सहयोग पाउनेमा नेपाल पनि पर्दछ । नमुना परीक्षण किट, मास्क, व्यक्तिगत सुरक्षा उपकरण पीपीई सहयोग गर्न लागेको हो । इरान, इराक, इटाली, दक्षिण कोरिया, जापान इटाली लगायतका देशमा सहयोग पठाइसकेको पनि विदेशमन्त्रीले जानकारी दिनुभयो । उहाँले मेडिकल प्रविधिमा सहकार्य गर्दै चीनको उपचार निदान प्रक्रिया र उपचार योजनाका सम्बन्धमा अन्य देशसँग…

इटली: कोरोनाको उपचारमा संलग्न १३ डाक्टर मृत्यु २ हजार बढी स्वास्थ्यकर्मी संक्रमित

इटली, ७ चैत / नोवेल कोरोना भाइरसको संक्रमणका कारण इटलीमा थप ५ जना डाक्टरको मृत्यु भएको छ । यो सँगै इटलीमा कोरोना भाइरसका कारण मृत्यु हुने डाक्टरहरुको संख्या १३ पुगेको छ । चीनको वुहानपछि सबैभन्दा प्रभावित बनेको इटलीमा अहिलेसम्म २ हजार ६ सय २९ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । कोरोना भाइरसका कारण इटलीका विभिन्न स्वास्थ्य संस्था र स्वास्थ्य क्षेत्रमा कार्यरतको संख्या ८ दशमलव ३ पुगेको छ । कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी यसबाट प्रभावित हुने क्रम बढेको छ । यस्तै बुल्गेरिका दुई दर्जन बढी स्वास्थकर्मीले राजीनामा दिएका छन्…

प्रदेशका सबै अंगहरुलाई सतर्क रहन मुख्यमन्त्रीको निर्देशन

स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै अंगहरुलाई सतर्क रहन निर्देशन दिएका छन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न प्रदेश अन्तर्रगतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, ३ वटै सुरक्षा निकायका प्रादेशिक प्रमुखहरू संगको बैठकमा कोरोना भाइरसको सम्भावित जोखिम अन्त गर्नका लागि सतर्क रहन निर्देशन दिएका हुन । वैठकमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुले कोरोनाको सम्भावित जोखिम कम गर्न आ आफ्नो जिल्लामा भएका तयारी बारे मुख्यमन्त्रीलाई जानकारी गराएका थिए। मुख्यमन्त्रीले यस क्षेत्रमा रुपन्देहीको भीम हस्पिटल, दाङको आर्युबेद अस्पताल, बाँकेको क्यान्सर अस्पताललाई आईसुलेसन अस्पतालको रुपमा प्रयोग गर्न निर्देशन दिए ।…