चीनद्वारा नेपालसहित ८२ देशलाई पीपीइसहित परीक्षण किट सहयोग

काठमाडौं, ८ चैत/चीनले कोरोना भाइरस संक्रमणसँग जुधिरहेका ८२ वटा देशलाई पीपीई सहित परीक्षण किट सहयोग गर्ने भएको छ ।

विदेशमन्त्रीका प्रवक्ता जेङ सुयाङले ८२ देश, विश्व स्वास्थ्य संगठन र अफ्रिकन युनियनलाई कोरोना विरुद्दको अभियानमा सहयोग गर्ने घोषणा गर्नुभएको हो । सहयोग पाउनेमा नेपाल पनि पर्दछ । नमुना परीक्षण किट, मास्क, व्यक्तिगत सुरक्षा उपकरण पीपीई सहयोग गर्न लागेको हो ।

इरान, इराक, इटाली, दक्षिण कोरिया, जापान इटाली लगायतका देशमा सहयोग पठाइसकेको पनि विदेशमन्त्रीले जानकारी दिनुभयो । उहाँले मेडिकल प्रविधिमा सहकार्य गर्दै चीनको उपचार निदान प्रक्रिया र उपचार योजनाका सम्बन्धमा अन्य देशसँग साझेदार गर्न आफ्नो देश इच्छुक रहेको बताउनुभएको चिनिया सञ्चार माध्यमहरुले जनाएका छन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना संक्रमणको उद्गम स्थल चीनको हुबेईप्रान्त थियो । अहिले चीनमा कोरोनाको संक्रमण अत्यन्तै न्यून स्तरमा रहेको छ भने यूरोप, अमेरिका तथा एसियामा संक्रमण उच्च भइरहेको छ । चीनमा हालसम्म ८१ हजार ४ सय १६ जनामा संक्रमण देखिएको छ भने ३ हजार २ सय ६१ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ अनुसार शुक्रबार राती अबेरसम्म विश्वमा १ सय ६९ वटा देशमा गरि २ लाख १० हजारलाई संक्रमणको पुष्टि भएको छ भने ९ हजारभन्दा बढीको मृत्यु भएको छ ।हेल्थपाटीबाट

सम्बन्धित शिर्षक :