कपिलबस्तुमा मुम्बईबाट आएका युवालाई क्वारेण्टाइनमा राखियो

कपिलवस्तु / भारतको मुम्बईबाट आएका एक युवालाई क्वारेण्टाइनमा राखिएको छ । कपिलवस्तु नगरपालिका(२, लम्तियाका २५ वर्षीय वृजमन धोबीलाई तौलिहवामा रहेको महेन्द्र आधारभूत विद्यालयमा स्थापना गरिएको क्वारेण्टाइनमा राखिएको हो।

धोबी बुधवार राति मात्रै मुम्बईबाट घर आइपुग्नु भएको हो। उहाँलाई सामान्य घाँटी दुखेको र ज्वरो आएको थियो । मुम्बईबाट आएका धोबीलाई ज्वरो आएको खबर पाएपछि आफू गाउँ गएर क्वारेण्टाइनमा ल्याउन पहल गरेको कपिलवस्तु नगरपालिका २ का अध्यक्ष राम भजन कलवारले बताए ।।

भारतबाट नेपालतर्फ आएका शंकास्पद बिरामीहरुलाई १४ दिनसम्म क्वारेण्टाइनमा राखिनेछ । क्वारेण्टाइनमा स्वास्थ्यकर्मीको निगरानीमा २ हप्तासम्म राखेपछि सामान्य अवस्था देखिए मात्रै घर फर्काइने डा। किशोर बञ्जाडेले बताए । ।

भारतसँग सीमा जोडिएका नाकाहरु कृष्णनगर, मर्यादापुर, चाकरचौडामा सशस्त्र प्रहरीले थर्मोगनबाट ज्वरो जाँच, तथा अन्य निगरानी गरिरहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।उज्यालोबाट

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :