कोरोना प्रभाब :समायोजन भएका कर्मचारीको रमाना तत्काल रोक्ने

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन भई हाल कार्यरत रहेका संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मीलाई समायोजन तथा पदस्थापना भएको स्थानमा जान रोक लगाउने निर्णय गरेको छ।

मन्त्रालयले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै तत्कालिका लागि स्वास्थ्यकर्मीलाई समायोजन र पदस्थापना भएको स्थानमा जान रमाना रोकी कार्यरत निकायबाटै तलब भत्ता खाने गरी कामकाजमा लगाउने निर्णय गरेको हो।

यस्तै मन्त्रालयले स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभागलाई अधिकृत सातौं स्तरसम्मका सम्बिन्धित स्वास्थ्यकर्मीलाई कामकाज गर्न खटाउन सक्ने गरी अधिकार प्रत्यायोजन समेत गरेको छ।

मन्त्रालयले करार वा छात्रवृत्ति करारमा कार्यरत स्वास्थ्यकर्मीलाई चालु आर्थिक वर्षसम्म तलब भत्ताको व्यवस्था गरी म्याद थप गर्ने अधिकार पनि विभागिय प्रमुख र कार्यालय प्रमुखलाई दिने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन भई हाल कार्यरत रहेका संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मीलाई समायोजन तथा पदस्थापना भएको स्थानमा जान रोक लगाउने निर्णय गरेको छ।

मन्त्रालयले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै तत्कालिका लागि स्वास्थ्यकर्मीलाई समायोजन र पदस्थापना भएको स्थानमा जान रमाना रोकी कार्यरत निकायबाटै तलब भत्ता खाने गरी कामकाजमा लगाउने निर्णय गरेको हो।

यस्तै मन्त्रालयले स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभागलाई अधिकृत सातौं स्तरसम्मका सम्बिन्धित स्वास्थ्यकर्मीलाई कामकाज गर्न खटाउन सक्ने गरी अधिकार प्रत्यायोजन समेत गरेको छ।

मन्त्रालयले करार वा छात्रवृत्ति करारमा कार्यरत स्वास्थ्यकर्मीलाई चालु आर्थिक वर्षसम्म तलब भत्ताको व्यवस्था गरी म्याद थप गर्ने अधिकार पनि विभागिय प्रमुख र कार्यालय प्रमुखलाई दिने निर्णय गरेको छ।

सम्बन्धित शिर्षक :