कोरोना नियन्त्रणका लागि सरकारले अपनाएको रणनीति सफलः प्रधानमन्त्री ओली

स्वास्थ्यसमाचार / प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणका लागि सरकारले अपनाएको रणनीति उपयोगी भएको बताएका छन् । सोमवार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सरकारले कोरोना महामारीका लागि अबलम्बन गरेका रणनीतिहरु सफल भएको बताए । सुरुका दिनमा कोरोना महामारी नियन्त्रणका लागि गरिएको तयारीमा केही अलमल देखिएपनि कोरोना उपचारका लागि तोकिएका अस्पताल, आइसोलेसन वार्ड लगायतका तयारी पछिल्लो दिनमा प्रभावकारी रहेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले भने, ‘विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण विश्वका विभिन्न मुलुक प्रभावित बनिरहेको बेला नेपालमा जारी गरिएको लकडाउन, कोरोना परीक्षणको दायरा बढेकोले यसले कोरोना महामारीलाई नियन्त्रणमा…

संक्रमित भाग्न थालेपछि बाँकेको नरैनापुर निषेधित क्षेत्र घोषणा

स्वास्थ्यसमाचार /प्रदेश नं ५को बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।कोरोना भाइरस संक्रमितको संख्या बढ्नुका साथै क्वारेन्टाइनमा रेहका संक्रमित नै भाग्न थालेपछि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । ‘संक्रमितहरुको संख्या धेरै बढ्यो। यस्तो अवस्थामा लकडाउनलाई थप प्रभावकारी बनाएनौँ भने समुदायस्तरमै संक्रमण फैलिने खतरा रहन्छ। त्यसकारण लकडाउन प्रभावकारी बनाउन निषेधित क्षेत्र घोषणा गरिएको हो’,सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले…

राष्ट्रिय चिकित्सकसंघ द्धारा कोभिडका बिरामीलाई पौस्टिक आहार

स्वास्थ्यसमाचार /नेपाल राष्ट्रिय चिकित्सक संघ लुम्बिनी शाखाले कोरोना विशेष अस्पतालमा उपचाररत बिरामीका लागि स्वास्थ्यबर्धक पौस्टिक खाद्यान्न हस्तान्तरण गरेको छ। कार्यक्रममा नेपाल राष्ट्रिय चिकित्सक संघ शाखाका अध्यक्ष डा. समीर आचार्य, उपाध्यक्ष डा. प्रकाश बस्नेत, महासचिव डा. सागर न्यौपाने, केन्द्रिय सदस्य डा. प्रशान्त आचार्य र डा. सम्राट पराजुली, लुम्बिनी शाखा केन्द्रिय सदस्य डा. रुद्ध भण्डारीले संयुक्त रुपमा लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति अध्यक्षसुर्य बहादुर भट्टराई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल र स्टोर प्रमुख बबीत बजीमय लाई हस्तान्तरण गरे । स्वास्थबर्धक पौस्टिक खाद्यान्न च्यावनप्राश, हर्लिक्स, पौस्टिक झोल आदि हाल धागो कारखानास्थित कोरोना…

कोरोना संक्रमितको पीडाः न त एम्बुलेन्स, न आइसोलेशन

शेरिफ केसी /रासस जीतपुर कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिकामा कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइसोलेशन सेन्टर नहुँदा संक्रमितले समयमा उपचार सेवा पाउन समस्या भएको छ । यससँगै नगरमा रहेका आधा दर्जन एम्बुलेन्सले बिरामी ओसार्न नमान्दा संक्रमितलाई कोरोना उपचार अस्पतालमा समयमै पुर्याउन सकिएको छैन । नगरमा झण्डै २० संक्रमित भेटिसक्दा पनि आइसोलेशन सेन्टर निर्माण गर्ने विषयमा नगरपालिकाको नेतृत्व अन्योलमा छ । सरकारले लकडाउनले उपचारको तयारीका लागि पर्याप्त समय पाइरहेको बताउँदै गर्दा वाणगङ्गा नगरले आइसोलेशन सेन्टर कुन ठाउँ बनाउने भन्नेसमेत टुङ्गो लगाउन ढिलाइ गरेको छ । बाणगङ्गा नगरमै कोरोना संक्रमित १७ जना फेला…

बुटबलको कोरोना अस्पतालबाट १० जना निको भएर घर फर्किए

स्वास्थ्यसमाचार / बुटवलको कोरोना विशेष अस्पतालबाट पनि एकसाथ १० जना संक्रमित निको भएर घर फर्किएका छन्। निको भएका उनीहरू सबै कपिलवस्तुका हुुन्। दुई साता अघि अस्पताल भर्ना संक्रमितको लगातार दुई पटकको रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुुटवल धागो कारखानस्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ट कन्सलटेन्ट डा. सुुदर्शन थापाले वताए उनले भने, ‘बिरामीलाई निको बनाएर पठाउँदा खुसी लागेको वताए । निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश पनि दिएको उनी बताउँछन्। अब आइसोलेसन नपाएर क्वारेन्टाइनमा राखिएको संक्रमितलाई राखिने जनाइएको छ। धागो कारखानको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका…

लुम्बिनी र राप्तीलाई विशिष्टिकृत र विशेषज्ञ सेवा लमहीमा ट्रमा सेन्टर

स्वास्थ्यसमाचार / प्रदेश ५ को संसद बैठकमा आर्थिक बर्ष २०७७ ७८ को सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवल कोभिड १९को रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारले विशेष कार्यक्रमहरु संचालन गरिरहेको छ । वुटवल, भैरहवा, दाङ र नेपालगञ्ज गरी प्रदेश भित्रै चार वटा कोरोना विशेष अस्पताल निर्माण गरी संचालनमा ल्याइएको छ।नेपाल र मित्रराष्ट्र भारतका बीचमा बन्दाबन्दीको समयमा सीमा क्षेत्रमा आएका नागरीकलाई आ(आफ्नो देशको सीमाभित्र क्वारेन्टाइनमा राखेर परिक्षण गरी सुरक्षित रुपमा हस्तान्तरण गर्ने सहमती भारतीय पक्षवाट पालना गर्न नसकेका कारणवाट हाम्रो प्रदेशमा सुरक्षित व्यवस्थापनको जटिलता उत्पन्न भएको छ ।…

मर्चवारमा क्वारेन्टीन व्यबस्थित गर्न माग गर्दै स्थानीयद्धारा प्रर्दशन

स्वास्थ्यसमाचार/रुपन्देहीको मर्चवार क्षेत्रमा क्वारेन्टीन व्यबस्थित गर्न माग गर्दै स्थानीय बासिन्दाले प्रर्दशन गरेका छन् । कोटहिमाई गाउँपालिका वडा नम्बर ६ बोगडीमा रहेको माध्यमिक बिद्यालयमामा रहेको क्वारेन्टीन व्यबस्थित नभएको भन्दै स्थानीयले बिरोध प्रर्दशन गरेका हुन । क्वारेन्टीनको व्यबस्थापनमा खटिएका कर्मचारीको लापरबाहीका कारण जोखिम बढेकाले बिरोध प्रर्दशन गर्नुपरेको स्थानीयले बताएका छन । उनीहरुले पाँच दिन अघि स्थापना गरिएको क्वारेन्टीनलाई व्यबस्थित बनाउन र कर्मचारीको लापरबाही रोक्न गाउपालिका अध्यक्ष चन्द्रभुषण यादबलाई आग्रह गर्दा पनि बेवास्ता गरेको बताएका छन । प्रर्दशनमा सहभागीहरुले गाउपालिका अध्यक्ष बिरुद्ध पनि नाराबाजी गरेका थिए । क्वारेन्टीनमा बसेकाहरु साँझपरेपछि घुम्न निस्कने र…

युनिभर्सल मेडिकल कलेजलाई प्रदेश ५सरकारले कारवाही गर्ने चेताबनी

स्वास्थ्यसमाचार/ सहमति अनुसार चिकित्सक र नर्स नपठाईएको भन्दै युनिभर्सल मेडिकल कलेजलाई प्रदेश ५सरकारले कारवाही गर्ने चेतावनी दिएको छ । भैरहवामा बनाईएको कोरोना अस्थायीअस्पतालमा युनिभर्सल मेडिकल कलेजले दुई जना कन्सल्ट्यान्ट डाक्टर र १० जना नर्स उपलब्ध गराउने प्रतिवद्धता जनाएको अहिले सम्म नपठाएकोले कलेजलाई सहमति अनुसार नगए कावार्हि गर्ने भएको छ ।   तर अस्पताल र प्रदेश स्वास्थ्य निर्देशनालयले पटक पटक डाक्टर र नर्स उपलब्ध गराइदिन आग्रह गर्दा पनि मेडिकल कलेज प्रशासनले सरकारको निर्देशन अवज्ञा गरेपछि पत्र काटेर कारवाहीबारे जानकारी गराएकोे सामाजिक विकास मन्त्रालयका अस्पताल बिकास तथा चिकित्सक महाशाखा प्रमुख डा उमासंकर…

उपचारका क्रममा पूर्व राज्यमन्त्री चौधरीको निधन

स्वास्थ्यसमाचार/ हृदयाघात भएपछि उपचारका क्रममा पूर्व राज्यमन्त्री दुर्योधनसिंह चौधरीको निधन भएको छ । दुई दिन अघि हृदयाघात भएपछि उपचाका क्रममा बुटवलको गौतमबुद्ध सामुदायीक मुटु अस्पतालमा शुक्रबार चौधरीको मृत्यु हो। रुपन्देहीको ओमसतिया गाउँपालिका निवासी चौधरी महिला बालबालिका तथा समाजकल्याण सहायक मन्त्री, आपूर्ति सहायक मन्त्री तथा स्थानीय प्रशासन राज्य मन्त्री गरि ३ पटक थिए । नेपाली कांग्रेसका महासमिति सदस्य चौधरीको ७० बर्षको उमेरमा निधन भएको उनका भतिजा सूर्यभान चौधरीले बताए । चौधरीका ३ छोरा १ छोरी र श्रीमती छन् । उनको मृत्युपछि नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।

कोरोनाबाट मृत्यु भएका गुल्मीका शिक्षककोे ३२ घण्टापछि शव उठ्यो

स्वास्थ्यसमाचार/रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कोरोना संक्रमित व्यक्तिको  ३२ घण्टा पछि शब व्यवस्थापन गरिएके छ । गुल्मीको मदाने गाँउपालिका ६ पुर्कोट दहका शिक्षकको आज दिउसो शब व्यवस्थापन गरिएको हो । अस्पाताल प्रशाशन, नेपाली सेना, प्रहरी र स्थानीय जनप्रतिनिधिको लामो समय सम्म चलेको छलफल पछि नेपाली सेनाको गरुण दल बुटवलले शबको व्यवस्थापन गरेको हो । मृतकको सवलाई अस्पतालले वाहिर सम्म ल्याईदिएको थियो त्यसपछि  गरुण दल बुटवलका क्याप्टेनको नेतृत्वमा आएको टोली शुरक्षित तरिकाले शबको व्यवस्थापन गरेको जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले जनाएको छ । कोरोना सक्रमित व्यक्तिको शब व्यवस्थापन…