क्वारेन्टाईनलाई व्यवस्थित र मानविय व्यवहार गर्ने ठाउँ बनाउ : प्रदेश सभाषद

स्वास्थ्यसमाचार/ प्रदेश५का प्रदेश सदस्यहरुले प्रदेशमा वनाईएका क्वारेन्टाईनलाई व्यवस्थित र मानविय व्यवहार गर्ने गरि सुव्यवस्थित वनाउन माग गरेका छन।

प्रदेश ५ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको ७७ /७८को नीति तथा कार्यक्रम माथिको छलफल कार्यक्रममा वोल्दै प्रदेश सदस्यहरुले प्रदेशमा वनाईएका क्वारेन्टाईन मानिस मार्ने स्थल हुन नहुनेमा कुरामा जोड दिएका थिए ।

रोग भोक जितौ मान्छे मार्नवाट रोकौ भन्ने नारालाई नीति तथा कार्यक्रममा समावेश गर्न सभामा बोल्ने माननियहरुले जोड दिएका थिए ।प्रदेश सदस्यहरुले क्वारेन्टाईन जन्ती राख्ने घर सरह भएको गुनासो गर्दे नीति तथा कार्यक्रममा नेचर ,कल्चर र एग्रिकल्चरलाई प्राथमिकता दिन माग गरे । क्वारेन्टाईनलाई सुविधा सम्पन्न र मानिसलाई क्वारेन्टाईनमा वसौ वसौ हुने खालका वनाउन समेत उनीहरुलेमाग गरे ।

प्रदेशमा वनाईएका क्वारेन्टाईनमा मानविय व्यवहार गर्ने गरि कार्य योजनासहितको वातावरण तयार गर्नुपर्ने बताए ।भेडा बाख्रा सरह राख्ने गरि बनाईएका क्वारेन्टाईनले कोरोना नियन्त्रण भन्दा पनि संक्रमण वढाउने खालका रहेो प्रति सरकार गभिर हुन माग गरेका छन ।
सभामा प्रदेश सदस्य डिल्ली बहादुर चौधरीले क्वारेन्टाईन जान मानिस डराउने खालको भएकोले त्यसमा व्यवस्थापन गर्न माग गरे ।मानिस बचाउने हेतुले क्वारेन्टाईन बनाईएको हो भन्ने स्थापित गर्न समेत चौधरीले भने ।

प्रदेश सदस्य चौधरीले प्रदेशका सदस्यहरुलाई वजेटको अधिकार नहुदाँ आफनो क्षेत्रमा जादाँ मुसा सरह भएर वस्न बाध्य हुन परेकोले त्यसलाई नीति तथा कार्यक्रममा सम्वोधन गर्नु पर्ने बताए ।

प्रदेश सदस्य विरबहादुर रानाले नीति तथा कार्यक्रम विगतकै निरन्त्रता रहेको टिप्पणी गदै कारोना अस्पताल, क्वारेन्टाईन स्थलको अवस्था हेदा दयनिय रहेकाले त्यसतर्फ गम्भिर हुन आग्रह गरे ।नैतिकता , नीति, सुशासनमा रहेर जनताको पक्षमा काम गर्न आग्रह गरे।उनले साउन महिना भित्र कोरोना नियन्त्रण हुने भनिएको छ।

तर त्यसको कुनै योजना देखाईएको छैन र कोरोनालाई देखाएर प्रदेशको नामाकरण तथा स्थायी राजधानीको टुगो लगाउने काम लम्वाउने खेल नखेल्न माग गरे । प्रदेश सदस्य सुष्मा यादवले प्रदेश ५ मा सवै भन्दा जोखिमा रहेकोे कपिलवस्तु जिल्लामा कोरोना विशेष अस्पताल बनाउन माग गरे ।

प्रदेश सदस्य दीपा विकले प्रदेशका १२ वटै जिल्लामा वाल अस्पताल र प्रस्तुति गृह निर्माण गर्न माग गरिन । थानकुमारी महिला हिंम्सा र जातिय विभेद जारी रहेकाले सरकार यस विषयमा गम्भिर हुन माग गरिन ।

प्रदेश सदस्य शंकर प्रसाद गिरीले कोरोनावाट नागरिक बचाउने सवालमा सरकार असफल सिद्ध भएको गुनासो गरे ।प्रदेश सदस्य विजय यादवले क्वारेन्टाईन मापदण्ड अनुसार भए नभएको वारेमा अनुगमन गर्न र मानिसको ज्यान बचाउने गरि काम गराउन माग गरे । तारा जिसी र ईन्द्र प्रसाद खरेलले कोरोनालाई देखाएर प्रदेशकको नामकरण र स्थायी राजधानीलाई पछाडी धकल्न नहुने धारणा राखे ।

प्रदेश सदस्य सन्तोष पाण्डेले नीति तथा कार्यक्रम शब्द चयनमा मात्र राम्रो छ तर माहामारीको रुपमा रहेको कोरोनाका सवालमा गम्भिर नभएको गुनासो गरे । उनले रुपन्देहीको क्रिमशन अस्पताललाई कोरोना विशेष अस्पताल वनाउन माग गरे । पान्डेले किसानलाई आवश्यक पर्ने मलखाद र विउ खुल्ला रुपमा नीजि क्षेत्रलाई विक्री वितरणको व्यवस्था दिन माग गरे ।

प्रदेश सदस्य कल्पना पाण्डले नीति तथा कार्यक्रम उत्साहजनक नरहेको टिप्पणी गदै कारोना संक्रमणका सवालमा गम्भिर हुन नसकेको वताईन । कुरामा भन्दा काममा ध्यान दिन माग गरिन ।

प्रदेश सदस्य कृष्ण प्रसाद न्यौपानले देवदहमा भएको वालिका हत्याको छानविन गर्न र सत्यतथ्य सार्वजनिक गर्न माग गरे । प्रदेश सदस्य धर्मलाल श्रीवास्तवले कोरोना संक्रमण बढी भएका र उच्च जोखिम रहेका जिल्लामा प्रयोगशाला बनाउन माग गरे ।कपिलवस्तु जिल्लामा आईसियु सहितको अस्पताल बनाउन माग समेत गरे । प्रदेश सदस्य विमला पन्थीले कृषि विमा र किसानको उत्पादन सरकारले खरिद गर्ने परिपार्टीमा जोड दिन माग गरिन ।

प्रदेश सदस्य गिता थापाले जाजरकोट घटना र देवदह घटना जातिय र महिला हिंम्सा भएकाले सत्यतथ्य सार्वजनिक गर्न माग गदै , कोभिड १९ वाट बचाउन प्रभावकारी स्वास्थ्य प्रयोगशाला स्थापना गर्न जरुरी रहेकोमा वताईन । प्रदेश सदस्य अष्टभुजा पाठकले प्रदेशमा कोरोना परिक्षण विश्वासिलो नभएको गुनासो गरे । उनले तत्काल जनतालाई राहत दिने कामलाई प्राथमिकता दिन माग गरे । नीति तथा कार्यक्रममा कुनै नविन योजना नभएकोपाठकको भनाई छ ।

प्रदेश सदस्यहरु सुनिता कुमारी ठठेर , फखरुद्दिन खान, , धनकली चौधरी, जाल्पा पौडेल भुसाल, , द्धिर्घ नारायण पाण्डे, तुलाराम घर्ती मगर र पुर्मती ढेगा लगायतले नीति तथा कार्यक्रमका वारेमा धारणा राखेका थिए ।

सम्बन्धित शिर्षक :