प्रदेश ५का १२ जिल्ला मध्ये ८ जिल्लामा कोरोना संक्रमण फैलियो

बाँके, बर्दिया, दांग, रुपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम रअर्घाखाँची

स्वास्थ्यसमाचार /प्रदेश नम्बर ५ को पहाडी जिल्ला अर्घाखाँचीमा पनि कोरोना भाइरसको संक्रमण फैलिएको छ ।जिल्लाको पाणिनी गाउँपालिका –८, पालिको कमला माविको क्वारेन्टाइनमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका डाः कपिल गौतमले बताए ।

संक्रमितहरु केहिदिन अघि भारतबाट आएका थिए । यस अघि प्रदेश ५ को पहाडी जिल्ला गुल्मीमा पहिलो र दोश्रो पटक संक्रमित भेटिएका छन ।

प्रदेश ५ को ८ जिल्ला बाँके, बर्दिया, दांग, रुपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम जिल्लामा कोरोना संक्रमण फैलिएको छ । अर्घाखाँचीमा २ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ४ पुगेको छ ।

सम्बन्धित शिर्षक :