बुटबलको कोरोना अस्पतालबाट १० जना निको भएर घर फर्किए

स्वास्थ्यसमाचार / बुटवलको कोरोना विशेष अस्पतालबाट पनि एकसाथ १० जना संक्रमित निको भएर घर फर्किएका छन्। निको भएका उनीहरू सबै कपिलवस्तुका हुुन्।

दुई साता अघि अस्पताल भर्ना संक्रमितको लगातार दुई पटकको रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुुटवल धागो कारखानस्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ट कन्सलटेन्ट डा. सुुदर्शन थापाले वताए उनले भने, ‘बिरामीलाई निको बनाएर पठाउँदा खुसी लागेको वताए ।

निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश पनि दिएको उनी बताउँछन्। अब आइसोलेसन नपाएर क्वारेन्टाइनमा राखिएको संक्रमितलाई राखिने जनाइएको छ। धागो कारखानको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराइरहेका थिए।

यस अघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर गइसकेको छन्। प्रदेश पाँचको कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै २ सय ७१ छ। जसमध्ये निको ३२ जना र २ जनाले ज्यान गुमाएका छन् ।लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालले मानिस अनुशासनमा बस्ने सकेमा कोरोना संक्रमण रोक्न सकिने बताए।

लकडाउनको पालना गरेर घरमै बस्नुपर्ने र सरसफाइमा ध्यान दिनु पर्ने खनालले बताए । हिजोमात्रै बाँकेको खजुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जनाको कोरोनो जितेको घर फर्किएका थिए ।

सम्बन्धित शिर्षक :