नेपालमा तयार भएको कोरोनाविरुद्धको खोपमा डब्लुएचओको चासो

स्वास्थ्यसमाचार / विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ ले हेटौँडास्थित त्रिवि वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो देखाएको छ। अध्ययन संस्थानका प्रा।डा।ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो। जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सबन्धमा छलफल गरेको प्रा।डा।दासले जानकारी दिए। प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण डब्ल्युएचओमा पठाएपछि डब्लुएचओले चासो देखाएको हो। अध्ययन संस्थानका प्राध्यापक दामोदर गैरेको सहयोगमा डब्ल्युएचओमा लिखित जानकारी पठाइएको र छलफलका लागि प्रयोगशाला…

आयुर्वेद औषधी उत्पादक संघद्धारा ज्याकेट र च्यावनप्राश हस्तान्तरण

स्वास्थ्यसमाचार /नेपाल आयुर्वेद औषधी उत्पादक संघले आइसोलेसन तथा कोरिन्टाइनमा गएर फ्रन्ट लाइनमा काम गर्ने आयुर्वेदिक चिकित्सक तथा स्वास्थ्य कर्मिलाइ ज्याकेट र कोरोना पीडितका लागि च्यावनप्राश हस्तान्तरण गरेको छ । प्रदेश ५का सामाजिक मन्त्री सुदर्शन वराललाई आयुर्वेदिक औषधी उत्पादक संघले हस्तान्तण गरेको हो। साम्रागी हस्तानतण कार्यक्रममा बोल्दै मन्त्री बरालले प्रदेश ५ सरकारले आयुर्वेदलाई प्राथामिकतामा राखेर काम गरेको बताए । उनले अहिले प्रदेश ५मा कोरोनाका बिरामीलाई पनि यो आयुर्वेद औषधी ब्यायम योग लगायका माध्यमबाट उनीहरुको उपचार गरिरहेको बताए ।मन्त्री बरालले आइसोलेसन तथा कोरिन्टाइनमा रहेर्का आयुर्वेदिक चिकित्सक तथा स्वास्थ्य कर्मिलाइ पहिचान हुने ज्याकेट…

असार १ गतेदेखी मुटुअस्पतालमा डायलाईसिस सेवा बन्द

स्वास्थ्यसमाचार/ सरकारबाट प्राप्त हुनुपर्ने रकम भुक्तानी नभएको भन्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले मृगौलाका विरामीहरुलाई उपलब्ध गराउंदै आएको डायलाईसिस सेवा बन्द गर्ने भएको छ । विपन्न वर्गका नागरिकलाई मृगौलाको डायलाईसिस तथा मुटु, क्यान्सर लगायतका विरामीलाई उपचारमा सहुलियत दिने सरकारको घोषणा अनुरुप मुटु अस्पतालले विगत ४ वर्षदेखि निशुल्क डायलाईसिस सेवा उपलब्ध गराउंदै आएको थियो ।विपन्न वर्गका विरामीलाई डायलाईसिस सेवा उपलब्ध गराए वापत अस्पतालले प्राप्त गर्नुपर्ने पौने आठ करोड रकम भुक्तानी हुन नसकेको अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्ष एजाज आलमले स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षको ११ महिनाको पौने ८ करोड रकम…

डाक्टर माथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै बुटबलमा चिकित्सकद्धारा प्रर्दशन

स्वास्थ्यसमाचार/नेपाल मेडिकल कलेजका चिकित्सक माथि हातपात गर्ने दोषिलाई कारबाहीको माग गर्दै बुटबलमा चिकित्सकहरुले प्रर्दशन गरेका छन । घटना भएको ६ दिन भइसक्दा पनि कारबाहीको लागि कुनै पहल नगरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन्।बुटबलमा लुम्बिनी प्रादेशिक अस्पताल,आम्दा अस्पताल, तथा बुटबलका अन्य सरकारी निजी अस्पतालहरुका चिकित्सकले चिकित्सकले अस्पताल परिसरमै प्ले कार्ड सहित प्रदर्शन गरे । उनीहरुले जेल विथ आउनट बेलको माग समेत गरेका छन्। यस क्षेत्रका करिब ६० जना चिकित्सकहरुको सहभागीतामा भएको प्रर्दशनमा बोल्दै लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा राजेन्द्र खनालले चिकित्सकमाथि भएको दुर्रब्यवाहर प्रति कडा आलोचना गर्दे घटनाको छानबिन गरि यथासिघ्र…

प्रदेश ५ सरकारले २ वटा शव बाहन एम्बुलेन्स खरिद गर्ने

स्वास्थ्यसमाचार/प्रदेश ५ सरकारले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव बोक्न शव बाहन एम्बुलेन्स खरिद गर्ने भएको छ । प्रदेशका २ जिल्ला रुपन्देही र वाँकेमा कोरोना संक्रमिति भई मृत्यु भएकाको दाह संस्कारमा समस्या परेपछि शव वाहन खरिद गर्ने निर्णय गरेको हो । बैठकले बांके स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल र दाङको तुलसीपुर स्थित राष्ट्रिय आयुर्बेदीक केन्द्रमा संचालित कोरोना अस्पतालमा प्रयोग हुने गरि शव बाहन खरिद गर्ने निर्णय गरेको हो । प्रदेशका प्रवक्ता भौतिक पुर्वाधार तथा यातायात मन्त्री बैजनाथ चौधरीले शव बाहन खरिदका लागि १५, १५ लाख छुट्याईएको वताए अस्पतालका लागि शव…

प्रदेश ५मा कोरोना संक्रमित ६ सय ४२ ,निको ७५ मृत्यु ३

स्वास्थ्यसमाचार/ प्रदेश ५ मा कोरोना संक्रमितकोे संख्या ६ सय ४२ पुगेको छ । यसमध्ये ४ सय ९५ जना उपचारमा रहेका छन भने ७५ जना निको भएर घर फर्किसकेका छन । बाँके, गुल्मी र अर्घाखाँचीमा १र१ जनागरी ३ जनाको मृत्यु भएको छ । प्रदेश ५ का सात जिल्लामा ६९ जना नयाँ संक्रमित थपिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । थप भएका सात जिल्लाहरुमा बाँके ७, कपिलबस्तु ४७, गुल्मी १, रुपन्देही २, पाल्पा २, नवलपरासी १, दाङ्गमा ९ जना रहेका छन् । अहिलेसम्म धागो कारखानामा ४६ जना भर्ना भएकोमा ३१ जनाको उपचार…

भिम अस्पताल बाट २५ जना कोरोना जितेर घर फर्किए

स्वास्थ्यसमाचार भैरहवाको भिम अस्पतालमा उपचारार्थ कोरोनासंक्रमित २५ जना निको भएर घर फर्किएका छन । रुपन्देही गैँडहवा गाउँपालिकाका १० जना, कपिलबस्तुका ५ जना, नवलपरासीका ३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५ जना, सिद्धार्थनगर नगरपालिकाका १ जना र भारतका १ जना गरि जम्मा २५ जना डिस्चार्ज भएको भिम अस्पतालका मेसु डा नबिन दर्नालले वताए । प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले डिस्चार्ज भएका बिरामीहरुलाई पुष्प र खादा ओडाई बिदाई गरे । बिदाई गर्दै मन्त्री बरालले कोरोनाका पहिलो स्टेजका बिरामी भएका कारण नआत्तिन आग्रह गरे ।कोरोना सक्रमित कोही पनि लुकेर नबस्नुहोस हामी…

पाल्पामा पहिलो पटक ३जनामा कोरोना संक्रमण पुष्टी

स्वास्थ्यसमाचार /प्रदेश नम्बर ५ को पाल्पामा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको नमुना परीक्षणमा ३ जनामा कोरोना पोजिटिभ पुष्टी भएको हो । पाल्पामा तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जिल्लाको माथागढी गाउँपालिकाको क्वारेन्टिनमा बसेका १८ वर्षीय पुरुष र रैनादेवी छहराको क्वारेन्टिनमा बसेका ३८ र ४० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पोजिटिभ स्वास्थ्य कार्यालय पाल्पाले पुष्टी गरेको छ ।एक साता अघि भारतबाट आएर तानसेनको बतासेडाँडाको होल्डिङ क्वारेन्टिनमा बसेका स्थानीय तहको क्वारेन्टाईनमा पठाईएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । माथागढीका संक्रमितको बतासेमै स्वाब…

बाजुराकी कोरोना संक्रमित दुई वर्षे बालिकाको मृत्यु

स्वास्थ्यसमाचार / कोरोना भाइरस को संक्रमण देखिएकी दुई बर्षीया बालिकाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित बिफ्रिङमा बाजुराकी दुई वर्षिया बालिकाको  मृत्यु भएको जानकारी दिए। उनको पिसिआर परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका ८ जनाको मृत्यु भएको छ।ती बालिकालाई ज्वरो, श्वासप्रस्वासको समस्या र पखला देखिएपछि बाजुरा अस्पतालमा भर्ना गरिएको थियो। उनको बाजुरा जल्ला अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। ती बालिका आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएको बताइएको छ।शनिबार दैलेख दुल्लु नगरपालिकाका ३५ वर्षीय पुरुषको…

बुटबलको कोरोना अस्पतालबाट ४ जना निको भएर घर फर्किए

स्वास्थ्यसमाचार / बुटवलको कोरोना विशेष अस्पतालबाट ४जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।  निको भएका उनीहरू मध्ये ३ जना कपिलवस्तुका र १ जना रुपन्देहीको सियारी गाउँपालिका हुुन्। अस्पताल भर्ना गरिएका संक्रमितको लगातार दुई पटकको रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालले बताए। निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश दिएको डा खनालले बताए । यस अघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा र कपिलबस्तुका १० जना निको भएर घर गइसकेको बुुटवल धागो कारखानस्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ट…